रौतामाई गाउँपालिकाको एमाले कमिटि अध्यक्षमा केशव राई

पूर्णपुष्टि, कार्तिक १०
रौतामाई गाउँपालिकाको एमाले कमिटि अध्यक्षमा केशव राई सर्वसहमत चयन भएको छ । हाल देशैभर भईरहेको एमाले अधिवेशन उदयपुरमा पनि जारी छ । यस अघि जिल्लाको कटारी, लिम्चुङबुङ र उदयपुरगढीले एमाले कमिटिका पालिका अध्यक्ष ढंगो लगाईसकेको छ ।

रौतामाईले पनि टुंगो लगाएपछि अब त्रियुगा, बेलका, चौदण्डीगढी र ताप्लीले अध्यक्ष टुंगो लगाउने प्रयासमा छ । सम्वत जिल्लाका अन्य बाँकी रहेको पालिकाहरुले पनि आजै एमाले पालिका अध्यक्षको टुंगो लगाउने निर्वाचन अध्यक्ष मण्डलका सदस्य महेश रोक्काले जनाए । रौतामाईमा एमाले कमिटि अधिवेशनले राईको नेतृत्वमा उपाध्यक्ष खिलराज राई, सचिवमा ललित मगर, उपसचिव देवीमाया दाहाल र चेतबहादुर थापा चयन गरेको सँगै कमिटीमा ७५ सदस्सीय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0