ट्रे्डमार्क र वित्तिय क्षेत्र पहुँच सम्बन्धि उद्योगी व्यवसायीहरु बिच गाईघाटमा अभिमुखिकरण

पूर्णपुष्टि, पुष १७
उदयपुर स्थित गाईघाटमा उद्योगी व्यवसायीहरुको सहभागीमा ट्रेडमार्क र वित्तिय पहुँच सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजनामा जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्ला भरीका कृषक, उद्यमी, व्यवसायीहरु र त्यस क्षेत्र सँग सम्बन्धित रहेर काम गर्ने व्यक्ति संघ संस्था तथा कार्यालयहरुको उपस्थिति रहेका थिए । साथै बैँक वित्तिय र बौद्धिक सम्पत्ति संरक्षणका अत्रिवक्ता समेत उस्थिति थियो ।

कार्यक्रमले उद्योगी व्यवसायी तथा उद्यमीहरुलाई सफल बनाउन आवश्य पर्ने बिभिन्न सल्लाह तथा प्रक्रियाको बारेमा यस कार्यक्रमले ठुलो सहयोग पुराउने घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँले बताउनुभयो ।

खाले उदयपुरमा रहेका धेरै उद्यामी व्यवसायीहरुलाई उद्यमका लागि आवश्यक प्रक्रिया, ऋण र उद्योगका नितिनियममाहरुमा परेको समस्या सहज गराउनै अभिमुखिकरण कार्यक्रमको अयोजना गरिएको बताउनुभयो । यस्तै उद्यमीरुलाई बैँकले दिने ऋणको बारे प्रक्रिया र सुविधाहरुको बारेमा बाणिज्य बैँक गाईघाटका प्रवन्धक बिषणु भट्राईले उद्यमीहरुलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा समन्वय समितिका प्रमुख खड्ग परियार तथा बेलका नगरपालिकाकी उपप्रमुखको उपस्थिति रहेका थिए । यता आयोजकले भने सम्पूर्ण पालिका तथा पालिकाका उद्योग व्यवसायी अधिकृत सबैलाई कार्यक्रममा बोलाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0