निमित्त प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जुवाडे पक्राउ

पूर्णपुष्टि, पुष १८
निमित्त प्रहशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जना जुवाडे जाजरकोटबाट पक्राउ परेका छन् । भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना पक्राउ परेका हुन् ।
जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उनीहरु सवै जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा तास खेलि रहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
जुवा खालबाट वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिईएको छ । उनीहरुको साथबाट २ लाख ५२ हजार नगद पनि बरामद भएको छ ।
त्यस्तै, भेरी ४ का सचिव प्रचण्डजंग शाह, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ का विकास विक, छेडागाड नगरपालिका–१३ का कर्ण खड्का, छेडागाड–५ का प्रकाशमान सिंह, भेरी नगरपालिका–८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेल, विकास विसी, बालकृष्ण बुढाथोकी जुवाखालबाट पक्राउ परेका हुन् ।
उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0