उदयपुरमा बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा

पूर्णपुष्टि, असार १३ गते ।
देशैभर सञ्चालन भएको बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान उदयपुरमा पनि घोषणा भएको छ । आइतवार पिपल चोकमा त्रियुगा नगरपालिकाको उप–मेयर महेश्वरी राईलाई बलात्कार विरुद्धको ध्यानार्कषण पत्र ज्ञापन गरेर अभियानको सुरुवात भएको थियो । ओरेक नेपालको नेतृत्वमा “कानुनी तथा सामाजिक न्यायको अधिकार हिसां रहित समाजको आधार ” भन्ने नाराका साथ सयुक्त रुपमा अभियान घोषणा भएकोे हो ।
ओरेक नेपाल , महिला मानव अधिकार रक्षक संजाल, गैसस, महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरले संयुक्त रुपमा बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान घोषणा गरेको छ ।
जिल्लाको प्रत्यक नगरपालिकामा बलात्कारको घटना घटेको छ । महिलाहरु नत घरमा नत समुदायमानै सुरक्षित छन् । बलात्कृत महिलालाई न्याय दिने ठाउँमा दोषी बनाईन्छ र बतात्कारीलाई सुरक्षा दिइन्छ । यसता महिला माथि हुने जस्तोसुकै हिंसा विरुद्ध आवाज उठाउने तथा पिडीतलाई न्याय दिलाउने नगरको उपमेयर तथा न्यायीक समिती सधै तत्पर रहने राई बताउनुभयो ।
ओरेक नेपाल उदयपुरका कार्यक्रम अधिकृत बालिका कार्किका अनुसार बलात्कार प्रभावितहरुको मानसिक आघात तथा अवस्था, प्रभावित तथा पीडक बिचको शक्ति सम्बन्धका कारणले गर्दा विद्यमान कानूनी हदम्याद (घटना घटेको मितिबाट १ बर्ष) हिंसा प्रभावितहरुको न्यायीक प्रक्रियाको लागि बाधक बनेको ओरेक नेपाल उदयपुरका कार्यक्रम अधिकृत बालिका कार्कीले बताउनुभयो ।
अभिायनामा महिलाअधिारकर्मी,समाजिक संघ सस्थाका प्रतिनिधी,समाजिक अभियान्ता ,युवा महिला किशोरीहरु सञ्चारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0