७७ वर्षीय हजुरआमाको हत्या गरि खाल्डोमा पुर्ने नाती पक्राउ

पूर्णपुष्टि, असार १३ गते ।
खोटाङको चिसापानीकी ७७ वर्षीया तुलसा खड्काको हत्या गरी खाल्डोमा पुर्ने नाती पक्राउ परेको छ । जिल्लाको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने खड्काको हत्या गरी खाल्डोमा पुर्ने उनकै नाती पक्राउ परेको हो ।
हजुरआमाको हत्या गरी खाल्डोमा पुरेको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निरबहादुर खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदी किनारको बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो वेवारिशे शव फलेला परेको थियो । उक्त शव तुलसाको भन्ने पहिचान भएपछि घटनाको अनुसन्धान गर्ने क्रममा उनकै नाती निरबहादुरले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल–भारत सिमा क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निरबहादुरले हजुरआमा तुलसालाई गते वैशाख २६ गते इटहरीबाट खोटाङको चिसापानीतर्फ लैजादै गर्दा दुधकोशी नदी किनारको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको निरबाहादुरमाथी कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0