उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ चम्पेडाँडा बस्ने ६८ बर्षीय केदार भन्ने ओमानसिंह भुजेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार दिउँसो ११ बजे आफ्नै घरको सुत्ने कोठामा मोबाईल फोन चार्जमा राखेर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर भुजेलको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ९डिएसपी० हरिन्नदन चौधरीले जानकारी दिए ।

डिएसपी चौधरीका अनुसार भुजेल मृत अवस्थामा फेला परेको भन्ने टेलिफोन मार्फत जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटार उदयपुरबाट प्रसनिको टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रनि सहितको प्रहरी टोलि घटनास्थलमा खटी अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0