ऐतिहासिक स्थल चौदण्डिगढीमा सेनाको हाईकिङ, सिडियोसमेत सहभागी

पूर्णपुष्टि, मंसिर ९ ।
नेपालको राज्य एकिकरणको ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्धनमा नेपाली सेना लागी परेको छ । यसै क्रममा ऐतिहासिकस्थल चौदण्डीगढीको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन नेपाली सेनाको १८ नं. बाहिनीअड्डा भुल्के र श्री पशुपती प्रशाद गण बोक्सेको संयुक्त आयोजनामा आज हाईकिङ सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हाइकिङ गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । इतिहास पढेको चौदण्डीगढी क्षेत्रको घना जङ्गल हुदै भ्रमण गरेको र मनोरम दृष्यावलोकन गरेको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकको राम्रो सम्भावना देखिएको र भारत नजिक भएकोले भारतीय पर्यटकलाईसमेत आकर्षण गर्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।१८ नं. वाहिनीपति मनोजकुमार बैधवारले प्रधानसेनापतीको निर्देशन अनुसार नेपाली सेनाले पुराना ऐतिहासिक संरचना र धार्मिक स्थलहरु संरक्षण गर्ने, नेपाल एकिकरणका बेलाका पदमार्गहरुको पहिचान गर्ने अभियान अनुरुप चौदण्डीगढीमा हाइकिङ गरिएको बताउनुभयो । यहाँको पर्यटकीय महत्व र प्रचार गर्दै भावि पुस्ताका लागिसमेत हेर्न लायक बनाउने उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

स्थलगतरुपमा आइपुग्दा अत्यन्तै रमाईलो लागेको, पैदल यात्राको मिठो अनुभुती रहेको उहाँले बताउनुभयो । टाढाटाढासम्मको दृष्यावलोकन गर्न सकिने स्मर्णिय र सुन्दर वातावरण रहेको पाइएको बताउनुभयो । साइक्लिङ, हाइकिङका लागि अत्यन्तै उपयुक्त देखिएको उहाँले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी, बाहिनिपति, गणपती शिवप्रशाद वाग्ले, १ नं. वडाध्यक्षसहित ५० जनाको टोलीले करिव ७ किलोमिटर हाईकिङ गरेका हुन् । चौदण्डिगढिसम्मको हाईकिङमा उनीहरुले पैदलयात्राको आनन्द लिदै मनोरम् दृष्यावलोकन गरेका थिए । चिसो र स्वच्छ वातावरण, हिमालदेखि तराईसम्मको भुभाग दृष्यावलोकन गरे । ग्रामिण जनजीवनसंग साक्षत्कार गर्दै पर्यटन सम्भावनाको अध्यायनसमेत गरे ।

कार्यक्रमले पर्यटन प्रवर्धनमा टेवा पुगेको र स्थानीयमा उत्साह जगाउने काम भएको छ । १ नं. वडाध्यक्ष सिताराम राईले सेनाको हाइकिङ कार्यक्रमले चौदण्डीगढीको पर्यटकीय महत्व र प्रचारलाई बढाएको बताउनुभयो । यसरी सबैहो होस्टेमाहैसे भइदिदा पर्यटन प्रबद्र्धन हुने उहाँले बताउनुभयो । स्थानीय युगा जागिरमान राईले कार्यक्रम आयोजना गरेकोमा खुसी ब्यक्त गर्दै यसले स्थानीयलाई उत्साहित बनाएको बताउनुभयो ।

सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर दुरीमा रहेको सो स्थल पूर्व–पश्चिम मदनभण्डारी राजमार्गदेखि १५ किलोमिटरको दुरीमा पर्दछ । गाईघाट–बसाहा सडक खण्डको बिरेन्द्रचौकदेखि उत्तरतर्फ थोरै कालोपत्रे र बाँकी कच्ची सडकको यात्रा गर्नुपर्दछ । राजमार्ग नजिकै रहेकोले उक्त स्थलको अवलोकन गर्नेको संख्या बढ्दो रहेको स्थानीयको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0