Saturday, June 6News That Matters

Month: २ महिना अगाडि

उदयपुरे छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को पोस्टर सार्वजनिक

उदयपुरे छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को पोस्टर सार्वजनिक

Breaking News 2, मनोरञ्जन, समाचार
२२ चैत्र, २०८२ । काठमाडौं <span;>उदयपुरको छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र 'तरङ्ग'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । यो चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् । चलचित्रको कथा निर्देशक चौधरीको नै हो  । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रमा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको 'तरङ्ग'मा ...
उदयपुरमा छुट्टाछुट्टै दुई दुर्घटना

उदयपुरमा छुट्टाछुट्टै दुई दुर्घटना

Breaking News 2, समाचार
पूर्णपष्टि, चैत्र २२ । उदयपुरमा आज छुट्टाछुट्टै दुई दुर्घटना हुँदा एकजना घाइते भए भने पसल सहितको एक घर क्षति भएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको कार आज बिहान मदन भण्डारी राजमार्गको गाईघाट बेल्टर सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका १ फुलजोरमा दुर्घटना हुँदा एकजना घाइते भएका हुन् । भारतीय नम्बर प्लेट डब्लुबी ७४१३ एम ५०२२ नम्बरको कार विपरीत दिशाको किनारामा पोलमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा भारतीय नागरिक कर्साङका ३८ वर्षीय पुन्चोक शेर्पा घाइते भएका छन् । घाइतेको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक दार्जिलिङका ४३ वर्षीय विवेक रोक्का सहित चारजना सवार थिए । सवार अन्यको अवस्था सामान्य रहेको छ । कारको अघिल्लो भाग र बाहिरी भाग क्षति पुगेको छ । कार एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । त्यसैगरी कटारी नगरपालिका–५ बलाहामा आजै बिहान मालवाहक ट्रक दुर्घटना भई घर...
कालिका अटो लिङ्कले ल्यायो नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे

कालिका अटो लिङ्कले ल्यायो नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि संवाददाता १८ चैत, २०८२ । उदयपुर बजाज दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका आधिकारिक वितरक कालिका अटो लिङ्क प्रा.लि. ले आज उदयपुरको गाइघाटमा नयाँ बजाज वेगो इलेक्ट्रिक तीन पाङ्ग्रे सार्वजनिक गरेको छ । ​नयाँ बजाज वेगो इलेक्ट्रिक स्वरोजगार, कम खर्चिलो, वातावरण मैत्री, आधुनिक डिजाइन, उत्कृष्ट प्रविधि, आरामदायी यात्रा, सहज सवारी अनुभव प्रदान गर्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ । शहरभित्रको दैनिक आवत -जावतका लागि उपयुक्त तीन पाङ्ग्रेले अधिकतम यात्रा आधुनिक स्टायल, न्यूनतम खर्च, उत्कृष्ट प्रदर्शन र विश्वसनीयता प्रस्तुत गर्ने जनाइएको छ । नयाँ बजाज वेगो इलेक्ट्रिक लिथियम आयन ब्याट्री प्रणालीद्वारा संचालित छ जसको सिस्टम भोल्टेज ४८ भोल्ट र ब्याट्री क्षमता ५.९ किलो वाट रहेको छ । यसमा शक्तिशाली PMSM इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ जसले मोटर ४.५ किलोवाट निरन्तर पावर तथा ३६ एनएम टर्क उत...
कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/

कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता १८ चैत्र, २०८२ । उदयपुर उदयपुरको कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी भएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारनाथ दोङका अनुसार हिजो सवारी साधनहरूको चेकजाँच गरी त्यस्ता चालकहरुको खोजी भएको हो । उहाँका अनुसार कटारी क्षेत्रमा सञ्चालन हुने यात्रावाहक सवारी साधनका चेकजाँच गर्ने क्रममा दुईजना चालक मादक पदार्थ सेवन गरेका र एकजना सहचालक लागू पदार्थ सेवन गरेका फेला परेका हुन् । उनीहरू यात्रुको जीवनमा गम्भीर लापरवाही गर्ने चालकमा पर्दछन् । कटारी नगरपालिका, प्रादेशीक अस्पताल कटारी, इ.प्र.का.कटारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सवारी साधनमा लापासे र मापासे चेक गरिएको थियो। चेकजाँच टोलीमा इ.प्र.का.कटारी उदयपुर प्रमुख प्र.ना.उ. केदारमान दोङको टोली,   जि.ट्रा.प्र.का.उदयपुर प्रमुख प्र.नि. दान बहादुर मिरिङचिङको टोली, कटारी ...