Wednesday, May 20News That Matters

2054 SLC गाईघाट ब्याजीहरुबाट जिल्ला कृकेट संघ उदयपुरलाई खेलकुद सामाग्री सहयोग

पूर्णपुष्टि, ९ फागुन ।
स्वास्थको लागी खेलकुद, देशको लागि खेलकुदू भन्ने मुलनारालाई मनन गर्दै त्रियुगा माध्यमिक बिधालय गाईघाट २०५४ slc ब्याजी साथीहरुको आर्थिक सहयोगमा जिल्ला कृकेट संघ उदयपुरका अध्यक्ष एल्विन बस्नेत मार्फत रु ७२००० र ( बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

सम्पुर्ण उदयपुरे खेलाडीहरुलाई हौसला प्रदान गर्न एवं जिल्लामा रहेका कृकेट खेल तथा खेलाडीहरुलाई सहयोग होस भन्ने हेतुले करीब ७२ हजार बराबरको खेलकुद सामाग्री आज एक कार्यक्रम गरि हस्तान्तरण गरिएको थियोे । यस कार्यक्रमबाट जिल्ला कृकेट संघ उदयपुर मार्फत उत्कृष्ट खेल एवं खेलाडी उत्पादन गर्ने छ भन्ने आशा एवं अपेक्षा गरिएको छ ।

खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा ब्याजीको तर्फबाट कुमार अविरलले जिल्लामा रहेका सम्पुर्ण कृकेट खेलाडीहरुलाई सहयोग पुग्ने अपेक्षाको साथमा आफ्नो भनाइ राख्नु भएको थियोे भने हस्तान्तरण कार्यक्रममा यति ठुलो सहयोगको लागि सम्पुर्ण  ब्याजी साथीहरुलाई अध्यक्ष एल्विन बस्नेतले धन्यवाद प्रकट गर्नु भएको थियोे। सामाजिक सेवाको कार्यमा यस ब्याजीले बिगत लामो समयदेखि सहयोग गर्दै आइरहेको छ ।