आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

परिपक्कतापछि हरेक मानिसको अवस्था बुढेसकाल हुन्छ । जीवनकालमा अनेकौं जीवन संघर्ष गरेर देश र समाजका लागि थुप्रै काम र योगदानहरु गरिएका हुन्छन् भने पारिवारिक र व्यक्तिगत अनगिन्ति तितामिठा भोगाईहरु हुन्छन् । समय र परिस्थिति परिवर्तित छ । हिजोको पौराणीक काल छिचोलेर अहिलेको आधुनिकता र प्रविधीको समयलाई समेत नियालिरहेका ती बृद्धबृद्धाहरु हाम्रा बौद्धिक सम्पत्ति हुन् भन्दा फरक पर्दैन । परिपक्क त्यस्ता व्यक्तित्वहरुसंग हामीले थुप्रै बौद्धिक खुराकहरु पाउन सक्छौं । जुन खुराक नयाँ पुस्ताका लागि भाबी दिनमा मार्ग निर्देश बन्नसक्छ ।
तसर्थ, हामीले ७० वर्षभन्दा माथिका बृद्धाबृद्धाहरुसंग पाको कुरा राख्ने कामको थालनी गरेका छौं । कृपया, हेरेर, सुनेर सल्लाह, सुझाव राखिदिनुहोला । मन परेमा सेयर, लाईक र सब्स्क्राईब गरिदिनुहोला । प्रस्तुत छ पहिलो अंक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0