बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजोबाट सुरु

पूर्णपुष्टि, कार्तिक १४
त्रियुगा नगरपालिका ४ बगाहामा तेस्रो वडा स्थरीय फुटवल प्रतियोगिता हिजो शनिवार बाट सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ हरेक बर्ष गर्दै आएको प्रतियोगिता यो बर्ष पनि गरिएको हो । प्रतियोगितामा ८ टिम सहभागी रहेको आयोजक सिर्जनशिल समूहका अध्यक्ष महेन्द्र कट्टेलले जनाए ।

हिजो भएको सुरुवाती खेलमा सिसुवारीले विजयी सुरुवात गरेको छ । पारिजात क्लवलाई ट्राईबेकरमा हराउँदै सिसुवारीले जित सुरुवात गरेको हो । आजको खेल आयोजक सिर्जनशिल युवा क्लव र ढल्के युवा क्लव बिच हुने भएको छ भने, अर्को टिम सुर्यदय युवा क्लव र बगाहा गरी जम्मा चार टिमले प्रतिस्पर्धा गर्ने क्लवका संस्थापक अध्यक्ष भवन कटुवालले जनाए ।

खेल कार्तिक १७ गते सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमलाई १२ हजार र दोस्रो हुने टिमलाई ६ हजार नगद ट्रफि दिईने कटुवालले जनाए ।
हरेक दिन म्यान अफ द म्याच छनोट गरिने र उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजकले जनाएको छ । खेलको उद्घाटन वडा अध्यक्ष सुवास निरौलाले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: