Thursday, April 30News That Matters

त्रियुगामा गठबन्धन नगर्ने भन्दै कांग्रेस कोईराला पक्षको नाराबाजी

पूर्णपुष्टि, वैशाख २ गते ।
त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको कोइराला पक्षले अन्य दलसग चुनाबी तालमेल गर्न नहुने भन्दै नाराबाजी गरेको छ ।
त्रियुगामा नेपाली कांग्रेस आफै सक्षम रहेको भन्दै गठबन्धनको आवश्यक नरहेको र यसको बिरुद्धमा आफुहरुको बिरोध रहेको कांग्रेस नेता बसन्त बस्नेतले जनाए । आजै उनिहरुले रुखमै भोट हाल्न पाउनुपर्ने माग राख्दै जिल्ला सभापति हिमाल कार्कीलाइ ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

गठबन्धन बिरुद्ध पार्टी कार्यलयबाट नाराबाजी सुरु गरि पिपल चोक हुँदै बसन्त बस्नेतको घर पुगेको थियो। त्रियुगा नगरमा कोइराला पक्षका नेता कार्यक्रता गठबन्धनको बिपक्षमा रहेका छन भने संस्थापन पक्ष भने केन्द्रको निर्णय मान्ने पक्षमा देखिएको छ। आजको नाराबाजीमा त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरी , नेता बसन्त बस्नेत लगायतले नेतृत्व गरेका थिए ।