Friday, May 22News That Matters

वरिष्ठ नेता मुकुन्द न्यौपानेद्धारा एकिकृत समाजवादी त्याग

पूर्णपुष्टि, चैत्र २५ । वरिष्ठ नेता मुकुन्द न्यौपानले नेकपा एकिकृत समाजवादी पार्टी त्यागेका छन् । शनिबार उनले काडठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी त्याग गरेको जानकारी गराएका हुन् ।

पार्टीले परिचय दिएपनि पहिचान दिन नसकेको र पार्टी अवसरवादमा गएको उनले आरोप लगाए । माधव कुमार नेपाल नेत्तृत्वको पार्टीमा सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै रहेको उनको दाबि गर्दै ‘उनले भने’ अब देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी छ ।

उनको दाबि अनुसार एकिकृत समाजवादीका सम्मानिय नेता झलनाथ खनालसमेत सम्मानित पद पाए एमालेमा फर्किने मनस्थितिमा रहेका छन् । सांसदहरूलाई पार्टीले ९–९ महिनामा मन्त्री दिने भनेर आश्वासन समेत दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नटिक्ने पनि दाबी गरे।