
पूर्णपुष्टि, साउन २२ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ बस्ने २७ बर्षीय पंकज बस्नेत रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार त्रियुगा नगरपालिका–६ लालपत्ताबाट खटिएको प्रहरी टोलीले देश २–०१–००१प २२२७ नम्वरको स्कुटर चालक बस्नेतलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित ३० एम्पुल, ४४ पिस क्यापसुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
