Friday, May 1News That Matters

उदयपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

पूर्णपुष्टि, साउन २२ । उदयपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाका चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया साहारा मगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार आइतबार दिउँसो कोशीपारीबाट बेल्टार आउने क्रममा चौदण्डीगढी–८ बेसारेमा प्र–००२–००४ ह ४०८१ नम्बरको अटो दुर्घटना भएको थियो। घाइते बालिकालाई तत्काल उद्धार गरी न्यूरो अस्पताल विराटनगर लगिएको थियो, जहाँ उपचारको क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेसारे स्थित सानो खोल्सीमा अप्ठ्यारो बाटो देखिएपछि चालक हरिबहादुर राईले अटो रोकी बाटो हेर्न गएको बेला दुर्घटना भएको हो। ३५ वर्षीय चालक राई हाल प्रहरी नियन्त्रणमा रहेका छन्। प्रहरीले चालक विरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ।