
पूर्णपुष्टि, असाेज ९ ।
विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलहरुको भ्रमण तथा प्रचार प्रसारसहित कोरा साइक्लिङ २०२४ हुने भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजनामा आगामी १२ गते गाईघाटदेखि विभिन्न एकदर्जन बढि स्थलहरुको भ्रमण हुनेछ । विशेषगरी त्रियुगा नगरपालिकाको पौराणीयक महत्वको खाटमन्दीरको विशेष प्रचार गरिनेछ । करिब २५ किलोमिटरको यात्रा पुरा गरी गाईघाटमै आएर समापन हुने जनाइएको छ । यात्रामा करिब एकसय जना साइक्लिष्टहरुको सहयोगिता हुने जनाइएको छ । भदौ महिनामै आयोजना हुने कार्यक्रम वर्षा मौसमका कारण सरेको हो ।