१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी कटारीलाई

  • अभिमन्यु लामिछाने/कटारी, माघ २७ ।

बिहीबार देखि कटारीको त्रिवेणी माविमा सञ्चालन भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा ३१ स्वर्ण २० रजत र २० काँस्य गरि कुल ७१ पदक जित्दै कटारी नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ ।
जिल्लाका ८ पालिका मध्य प्रतियोगितामा ६ वटा पालिकाले स्वर्ण पदक सहित अन्य पदक हात पारेको छ भने १ पालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेन। लिंचुङबुङ गाउँपालिका भने प्रतियोगीतामा सहभागी भएन। प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा बिभिन्न कवड्डी महिला
पुरुष ,कराते ,तेक्वान्डो, उसु, एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० x ४ रिले र ४०० x ४ रिले लगाएतका खेलमा ७ पालिकाका ६ सय ४ खेलाडीहरुले बिभिन्न ६ खेल बिधामा प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै प्रतियोगितामा २५ स्वर्ण १७ रजत र ३५ काँस्य गरि कुल ७७ पदक जित्दै त्रियुगा नगरपालिका दोस्रो भएको छ भने उदयपुरगढी गाउँपालिका ४ स्वर्ण १ रजत र २ कास्य गरि कुल ७ पदक जित्दै तेस्रो स्थान हासिल गरेकोछ । भलिबल पुरुष तर्फ त्रियुगा नगरपालिका प्रथम र चौदण्डी नगरपालिका दोस्रो भयो । महिलातर्फको भलिबलमा त्रियुगा नगरपालिका प्रथम , कटारी नगरपालिका दोस्रो भयो । यस्तै कपर्दी पुरुषतर्फ त्रियुगा नगरपालिका प्रथम , कटारी नगरपालिका दोस्रा भयो भने महिलातर्फ कटारी नगरपालिका प्रथम , त्रियुगा दोस्रो भयो । एथ्लेटिक्समा कटारी न.पा. प्रथम, त्रियुगा न.पा. दोस्रो भए । जिल्ला खेलकुद बिकास समिती, उदयपुरको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । जिल्ला प्रतियोगिताबाट छनौट भएका ९८ जना खेलाडी यहि फागुन २४ गतेदेखी सुनसरी इटहरीमा आयोजना हुने प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन जाने खेलकुद बिकास समिति कार्यालय प्रमुख राम बाबु यादवले बताए । बिजयी खेलाडीहरुलाई कटारी नगरपालिकाका प्रमुख राजेश्चन्द्र श्रेष्ठले पुरस्कार बितरण गदै खेलकुदले अनुशासन बनाई जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताए । श्रेष्ठले खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको कुरामा जोड दिदै प्रत्येक खेल बिधाले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गदै खेलकुदको बिकासमा सबै क्षेत्रको भुमिका अहम रहनु पर्ने बताए ।
पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि श्रेष्ठ प्रतियोगितामा विशिष्ट अतिथि कटारी नगरपालिका उप प्रमुख गीता खड्का, जिल्ला समन्वय समिति सदस्य विष्णु कटुवाल,कटारी २ वडा अध्यक्ष प्रेम बहादुर थापा , कटारी ३ वडा अध्यक्ष पुष्कर खड्का, त्रिवेणी माविका प्र.अ. बालकृष्ण कार्की, एमाले कटारी नगर कमिटी अध्यक्ष संजीव कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष मणिराज दाहाल लगायतले पुरस्कार, प्रमाणपत्र ,पदक तथा ट्रफी प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0