Friday, September 25News That Matters

Author: पूर्णपुष्टि

उदयपुरमा घरेलु औद्योगिक महोत्सव सुरु (प्रदर्शनीका आकर्षणका भिडियोसहित)

उदयपुरमा घरेलु औद्योगिक महोत्सव सुरु (प्रदर्शनीका आकर्षणका भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २२ गते । उद्योग गरौं, उद्यमी बनौं – स्वदेशी बस्तुको प्रयोग गरौं” भन्ने मुल नाराका साथ उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा भएको महोत्सवमा घरेलु उत्पादनका विशेष प्रदर्शनी हुने शाखा अध्यक्ष मधुकर थापाले बताउनुभयो । विभिन्न जातीय भेषभुषा र जातीय झाँकीसहितको विशेष र्यालीले गाईघाटबजार परिक्रमा गरी सुरु भएको महोत्सवको एक विशेषसमारोहकाबीच महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले यस्ता प्रदर्शनीले साना घरेलु उद्यमीहरुलाई उद्यम गर्न र उद्यमी बन्न प्रोत्साहित गर्ने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग विकास समिति केन्द्रि...
प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा

Breaking News 1
https://youtu.be/xzdsYyzOSpA मिनि हङकङको परिकल्पनासहित १ नं. प्रदेशको राजधानी सुनसरीको बराहा र उदयपुरको बेलका नगरपालिको बीचमा । जहाँ, प्रदेश राजधानीका लागि आवश्यक ठूलठूला पूर्वाधार निर्माण मात्र हैन, अन्तराष्ट्रियस्तरको व्यापारिक केन्द्र, विश्वपर्यटन केन्द्र, अन्तराष्ट्रिय विमानस्थल, पानीजहाज सेवा सञ्चालनसम्मका लागि पर्याप्त जग्गाजमिन रहेको । सामाजिक, सांस्कृतिक, प्राकृतिक, पर्यवरणीय सबै हिसावले उचित र उपयुक्त वातावरण रहेको । प्रतिनिधिसभा सदस्य, सांसद सुरेशकुमार राई (हिमाल) संगको कुराकानी सुनेर Like, Comment, Share का साथै हाम्रो च्यानललाई Subscribe गरिदिन नविर्सनुहोला ।...
साकेला

साकेला

Breaking News 1
साकेला : नेपालका किराँत राई समुदायको महान् पर्व उधौली र उभौलीको मूख्य आकर्षण साकेला नाच हो । मंसीरे पूर्णेमा उभौली र बैंशाखे पूर्णेमा उधौली पर्व मनाइन्छ । विभिन्न सीली (शैली) मा नाचिने साकेला हेर्न अतिनै आकर्षक हुन्छ भने नाँच्न पनि त्यतिकै आनन्दीत र रमाईलो हुन्छ । खासगरी किराँत राई समुदायमा प्रकृति र पितृको पूजा गर्दै चेलीमाइती, आफन्तजन, नरनाता र छरभिमेक, पाहुनासबै संगै नाँचेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सयभन्दाबढी सीलीमा चराचुरुङ्गी, जनावरको नक्कलदेखि मानवीय गतिविधि विशेषगरी कृषिकर्म जस्तै धान रोपेको, काटेको, झाटेको, मकैं भाँचेको, कोदो रोपेको आदि गतिविधि सीलीमा नाचेर देखिन्छ, जुन अतिनै आकर्षक हुन्छ । गंगटा हिडेजस्तो, चरा उडेको आदि नक्कल गर्दै नाचिने सीलीले सबैको मन आकर्षण गर्छ । तर, पछिल्लो समय नयाँ पुस्तामा विदेशी संस्कृतिको प्रभावले आप्mनो साकेला नाचमा सीलीको अभाव देखिन्छ । पुरा...
हलेसीबजारमा आगलागीमा पाँच करोड एघार लाख क्षति

हलेसीबजारमा आगलागीमा पाँच करोड एघार लाख क्षति

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस १९ गते । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मङ्गलबार भएको आगलागीमा रु पाँच करोड एघार लाख १५ हजार क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसीबजारका व्यवसायी मगम राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । महादेव गुफाको दक्षिणी क्षेत्रमा साँझ साढे ७ बजेबाट शुरु भएको आगोले मगम राईको दुईवटा घर जल्दा ८० लाख, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर जल्दा एक÷एक करोड, जगदिस दासको होलसेल पसल जल्दा एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार आगलागीमा आंशिक रुपमा घर क्षति भएको प्रकाशचन्द्र गिरीको १५ लाख, रेगिन्द्र राईको एक लाख, गोविन्द राईको पाँच लाख, सरनसरी राईको पाँच लाख, सरनकुमार राईको एक लाख ५० हजार, महानन्द राईक...
मानवअधिकारको रणनैतिक कार्ययोजना सम्बन्धी छलफल, तोकेको ठाउँमा नजाने कर्मचारीप्रति सरकार कठोर हुने

मानवअधिकारको रणनैतिक कार्ययोजना सम्बन्धी छलफल, तोकेको ठाउँमा नजाने कर्मचारीप्रति सरकार कठोर हुने

समाचार
पूर्णपुष्टि/गाईघाट, पुस १९ गते । प्रधानमन्त्री एवंम मन्त्रीपरिषदको कार्यालयले चौथौ मानवअधिकार राष्ट्रिय कार्ययोजना र दोश्रो लैगिंक हिंसा अन्त्य तथा लैगिंक सशक्तिकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाका सवालमा जिल्ला स्तरमा सुझाब संकलन गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा अनुशिक्षण कार्यक्रमको आयोजना गर्दै कार्यालयले सवालहरुमा थप्नु पर्ने र परिमार्जन गर्नु पर्ने बिषयमा सरोकारवालासँग छलफल गरेको हो । कार्यक्रममा सहभागिहरुले योजना धेरै बनाउनुभन्दा पनि कार्यान्वयन तहलाई दरिलो बनाउन सुझाब दिए । उनीहरुले अघिल्ला कार्ययोजनाको समिक्षा गर्दै नयाँ योजनालाई परिमाजर्न गर्दै अगाडी बढ्न आग्रह गरे । सहभागिहरुले संघिय संरचनाअनुसार गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि साक्षात्कार गर्दै स्थानीय तहका काम, कर्तव्य अधिकार, विकास निर्माण्णका सवालमा मानवअधिकार मैत्री वातावरण ब...
भुट्टार पहिलो सरसफाइ वडा घोषणा (फोटो फिचरसहित)

भुट्टार पहिलो सरसफाइ वडा घोषणा (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/भुट्टार, पुस १८ गते । उदयपुरको रौतामाई गाउँपालिकाको वार्ड नं २ भुट्टारलाई सोमबार जिल्लाकै पहिलो पूर्ण सरसफाइ वार्ड घोषणा गरिएको छ । यससँगै भुट्टार प्रदेश नं १ अन्र्तगतको दोस्रो पुर्ण सरसफाइ वार्ड घोषित भएको हो । पूर्ण सरसफाइका लागि सबै सुचक पुरा गरेको भुट्टारलाई प्रतिनिधिसभा–२ का सांसद एवंम नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य शुरेसकुमार राई (हिमाल)ले सरसफाइ वार्ड घोषणा गर्नुभयो । सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ राष्ट्र घोषणा गरिसक्ने सरकारको लक्ष्यअनुरुप भुट्टारलाई जिल्लाकै पहिलो पुर्ण सरफाइ वार्ड घोषणा गरिएको हो । हालको वार्डनं २ भुट्टार संघिय संरचना बन्नु अघि भुट्टार गाबिस थियो । संरचना बन्नु अघि नै घोषणा गर्ने गरी ग्रामिण खोनपानी तथा सरसफाइ कोष विकास समिति (फनवोर्ड)को सहयोग र डिवाससिसीको समन्वय तथा शान्ति समाज केन्द्र पेसोकको सहजिकरणमा यो अभियान सुरु भ...
ख्याटुङ र डिल्लिबरबासीको बत्ति बाल्ने सपना साकार

ख्याटुङ र डिल्लिबरबासीको बत्ति बाल्ने सपना साकार

समाचार
पूर्णपुष्टि/पुस १८ गते । उदयपुरको पहाडी गाउँ ख्याटुङ र डिल्लिबरका बासिन्दाहरुले घरघरमा बत्ति बालेर बर्षौको सपना साकार पारेका छन् । शहरबजारमा मात्र विजुली बत्ति बलेको देखेका रौतामाई गाउँपालिका वडा नं. ८ अन्तर्गतका दुई गाउँका २८ घरपरिवारको बत्ति बाल्न पाएर सपना साकार भएको हो । फलामेखोला सुधारिएको पानीघट्टा सामुदायिक विद्युतीकरण आयोजनाबाट गाउँमा बत्ति बाल्न पाएका हुन् । उपभोक्ता आफैलेसमेत प्रतिघर १४ रुपैयाका दरले ५ लाख ८१ हजार ४० रुपैया आर्थिक संकलन गरिएको आयोजना, दातृनिकाय जीआईजेडबाट ४ लाख ५० हजार, रौतामाई गाउँपालिकाबाट २ लाख र जनश्रमदान ३ लाख, ४० हजार २२० रुपैयागरी कुल १५ लाख ७१ हजार २६० लागतमा निर्माण सम्पन्न भएको स्थानीय हस्तबहादुर बलम्पाकीले बताउनुभयो । आरेक नेपाल उदयपुरको सामाजिक परिचालन तथा ग्रामिण उर्जा तथा प्रविधी सेवा केन्द्रको प्राविधिक सहयोगमा तीन महिनाभित्रै योजना सम्प...
सामीद्वारा पत्रकारसंग अन्तरक्रिया

सामीद्वारा पत्रकारसंग अन्तरक्रिया

समाचार
पूर्णपुष्टि/गाईघाट, पुस १६ गते । सुरक्षित आप्रवासन परियोजना (सामी)ले उदयपुरमा गरेको गतिविधिको बारेमा जानकारी राख्दै पत्रकारहरुसंग अन्तरक्रिया आइतबार गरेको छ । जिल्ला समन्वय समितिको हलमा पत्रकारहरुसँगको अन्तक्रिया तथा छलफल कार्यक्रममा पहिलो बर्षमा गरिएको गतिबिधि र अव गरिने बिभिन्न कार्ययोजनाहरुको बारेमा परियोजनाका उदयपुर संयोजक सोनम राईले जानकारी दिनुभयो । बिदेशमा पुगेर नेपालीहरुले दुख पाउने, ठगिने र कतिको ज्यानैसमेत जाने खालको असुरक्षित प्रवृतिको अन्त्यका लागि सामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तरपनि त्यस्ता समस्याहरु अझैपनि रहेको अवस्थालाई हटाउन पत्रकारहरुको सहयोग अपरिहार्य र महत्वपूर्ण रहेको संयोजक राईले बताउनुभयो । सहभागि पत्रकारहरले सामीले बैदेशिक रोजगारको समस्यालाई जिल्लामा न्युनिकरण गर्न सफल भएको प्रतिक्रिया दिदै अझ प्रभावकारीढंले अगाडी बढ्न...
नरेटारमा शान्तिमेला सम्पन्न (फोटो फिचरसहित)

नरेटारमा शान्तिमेला सम्पन्न (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/भलायडाँडा, पुस १६ गते । उदयपुर गढी गाउँपालिका वडा न. ८ नरेटारमा शान्ति युवा समूहको आयोजना तथा एसियन एकेडेमी फर पिस एण्ड रिसर्च र चेलीबेटी क्लव उदयपुरको सहयोग/साझेदारीमा शनिबार शान्ति मेला तथा नृत्यकला प्रदर्शनी तथा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । समाज र देशको विकास तथा परिवर्तनका निम्ति युवा परिचालन गर्नु पर्नेमा जोड दिदै एकदिवसीय कार्यक्रमको आयोजना गरिएको हो । युवाहरुलाई देशको खम्बा भन्ने गरिएपनि खम्बाको रुपमा युवाहरु परिचालन नहुदा देशले लामो समयसम्म शान्ति र विकासको गति पाउन नसकेको भन्दै कार्यक्रमका वक्ताहरुले अवका दिनमा युवालाई अगाडी बढाउनु पर्ने र युवाहरुको भुमिकानै महत्वपूर्ण हुने बताए । कयौँ युवाहरु लागुऔषध, मादक पदार्थ सेवन जस्ता कुलतमा फसेको र त्यसले समाज र देशलाई ठूलो असर पुर्याउनेप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरुले विकृति विसंगतीको विरुद्धमा युवाहरु ...