Friday, September 25News That Matters

Author: पूर्णपुष्टि

निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित

निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित

समाचार
पूर्णपुष्टि/गाईघाट, पुस १५ गते । निर्वाचनमा खटिएका उदयपुरका ३ जना कर्मचारी सम्मानित भएकाछन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शनिबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरु सम्मान गरेको हो । सम्मानित हुनेमा कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट कार्य गरेवापत वेलका नगरपालिकास्थित कमलवारी माध्यमिक बिद्यालयमा मतदान अधिकृतकोरुपमा खटिएका मावि झिल्केपोखरी इनामेका माध्यमिक तहका शिक्षक दुर्गानन्द गुप्ता रहेकाछन् । त्यसैगरी निर्वाचनमा उत्कृष्ट कार्य गर्ने बालमन्दिर माध्यमिक बिद्यालय बोक्से ‘ख’ केन्द्रका मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला कार्की र नारद आदर्श माध्यमिक बिद्यालय बसाहाका मतदान अधिकृत ताराकुमार राई सम्मानित भएका हुन् । यसकासाथै निर्वाचनको व्यवस्थापनलाई सहज भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, प्रमुख सेनानी राजेन्द्र...
जाजारकोटमा जमिए गायक नविन पौडेल

जाजारकोटमा जमिए गायक नविन पौडेल

मनोरञ्जन
पूर्णपुष्टि/उदयपुर, पुस १५ गते । चर्चीत लोकदोहारी गायक नविन पौडेलले शनिबार जाजरकोटमा सांगितिक प्रस्तुती जमाए । मेची महाकालीका मेला महोत्सव मा अपरिहार्य भैसकेका लोक दोहोरी गायक पौडेलले पुसपन्ध्रको अवसरमा आयोजित दोश्रो जाजरकोट महोत्सवमा भब्य सांगितिक प्रस्तुती जमाएका हुन् । महोत्सव को चौथो दिन गायक नविनले जाजरकोटे हजारौँ हजार दर्सक श्रोतालाई धित मरुन्जेल नचाए । केटाकेटीदेखि बृद्दबृद्दासम्मले कम्मर मर्काई मर्काइ धित मरुन्जेल नाचे । गायक पौडेलले एक दर्जन बढी यथार्थपरक गीतहरु प्रस्तुत गरिरहदा महोत्सव को माहोल नै बेग्लै भएको थियो। आयोजक समितिका अध्यक्ष कर्ण खत्रीका अनुसार महोत्सवमा मान्छेलाइ नचाउन र दर्सकलाई व्यवस्थापन गर्न माहिर रहेछन नवीन । उध्योग बाणिज्य संघ जाजरकोटका निबर्तमान अध्यक्ष कमान खड्काले पनि सहि थामे । पौडेलले भर्खर बजारमा ल्याएको नया गीत “फुलेको तोरिलाइ, बैँस आको छोर...
चर्चीत गायक पौडेलको नयाँ गीत भिडियोसहित बजारमा

चर्चीत गायक पौडेलको नयाँ गीत भिडियोसहित बजारमा

मनोरञ्जन, समाचार
“फुलेको तोरीलाई, बैंसआको छोरीलाई जोगाउनै गाह्रो” पूर्णपुष्टि/उदयपुर, पुस १४ गते । चर्चीत लोकदोहोरी गायक नवीन पौडेलले नयाँ गीत बजारमा ल्याउनुभएको छ । विकृति र विसंगतीलाई चोटिलो व्यांग्य गर्दै “फुलेको तोरीलाई, बैंसआको छोरीलाई जोगाउनै गाह्रो” गीत भिडियोसहित बजारमा ल्याउनुभएको हो । उहाँले यसगीतमा महिला पुरुषबीचको विभेद, पितृसतात्मक समाजको असरलाई औल्याउदै अझ पनि महिलामाथिको असमानता कायमै रहेको देखाउनु भएको छ । महिलालाई खुल्लारुपले निस्किएर हिड्नलाई नकारात्मकरुपले हेरिने जस्ता साँगुरो सोचाईले महिलालाई अझ पनि अगाडी बढ््न गाह्रो बनाइरहेको तर्क दिनुभएको छ । पौडेल स्वयम्कै लय शब्द र स्वर रहेको “बैंस आँकी छोरी” गीतमा पूर्णकला बिसि र भुमिका शाहले स्वरमा साथ दिएका छन् । रक्षा म्युजिकले बजारमा ल्याएको यस गीतको भिडियोमा चर्चित हाँस्य कलाकार शिवहरी पौडेलको अभियन रहेको छ । आमाको भुमिकामा रेखा...
“छोरा यो भिडियो हेरौं भने, मलाई सम्झेर सम्पर्क गर है” बरर आँसु खसाल्दै भन्छिन् कमला

“छोरा यो भिडियो हेरौं भने, मलाई सम्झेर सम्पर्क गर है” बरर आँसु खसाल्दै भन्छिन् कमला

Breaking News 1
थाहा छैन, उनी धर्मपुत्र भएर जान मानेको थियो कि थिएन । एक झलक आमाको मुखसम्म देख्न नपाई, लगिएछ । यता जन्मदिने आमाको पनि उस्तै हालत । नौं महिना गर्भमा राखेर, ७ बर्षसम्म काखमा हुर्काएको छोरो थाहै नपाई विदेशीको धर्मपुत्र पारियो । कमलाकै भाषामा भन्ने हो भने विदेशीलाई बेचियो । हो, आज त्यहि आमा, कमला सुवेदी छोरो नभेटेसम्म मन शान्ति नहुने अवस्थामा पुगेकी छिन् । पलपल तड्पिदै छटपटिरहेकी छिन् । गौरबलाई कुन देश लगिएको भन्ने प्रस्ट नभएपनि स्पेन हो की भन्ने छ । धर्मपुत्रकै रुपमा विदेश लगिएको हो भने, उनको छोरो गौरब पनि विश्वको कुनै ठाउँमा होला । विश्वभरी मानिस छन् । मानिसले सञ्चारको सञ्जाल विश्वभर फिजाएका छन् । चाहे त्यो सामाजिक सञ्जाल होस्, चाहे त्यो सञ्चार माध्यम, जुनसुकै होस्, संसार सञ्चारदेखि अलग छैन । त्यसैले हाम्रो एउटै मात्र ध्येय हो– यो भिडियो हेरेर, एउटी आमाको पिडालाई महशुस गरेर, सकेसम्म धेरैभ...
आमालाई थाहै नदिई, छोरो विदेशीलाई धर्मपुत्र दिएपछि …

आमालाई थाहै नदिई, छोरो विदेशीलाई धर्मपुत्र दिएपछि …

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस १३ गते । एक आमा १३ बर्षदेखि आफ्नो सन्तानलाई भेट्न भौतारिरहनु भएको छ । आफ्नै आमा (माईतीतर्फ) लाई विश्वास गरेर काठमाडौं पढ्न पठाएको छोरो गौरब सुवेदीलाई थाहै नदिइ धर्मपुत्र बनाएर विदेशीलाई पठाईएपछि उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेकी कमला सुवेदी भौतारिरहनुभएको हो । कमलाकी आप्mनै आमा ६२ बर्षिया टंकमाया रेग्मीले काठमाडौंमा राम्रो शिक्षादिक्षा दिलाउछु भनेपछि विश्वासका साथ जिम्मा लाएको छोरो धर्मपुत्रको रुपमा विदेशीलाई दिइएको थाहा पाएपछि छाँगाबाट खसे झै भएको ४२ बर्षिया कमलाले बताउनुभयो । २०६१ सालमा लगेको छोरोलाई काठमाडौं नक्सालको बालमन्दिरमा पढाउदै गरेको भन्दै आमा टंकमायाले दुई दशैं घरमा ल्याएपनि त्यसपछिको अवस्थामा विदेश पढ्न गएको भनी सम्पर्क र भेट नगराएको कमलाले बताउनुभयो । २०६४ सालमा विदेशको तस्बिर पठाइदिएको तर, त्यसपछिको अवस्थामा तस्बिरसमेत नपाएको उहाँले ब...
कला, सँस्कृति तथा साहित्यको प्रवद्र्धन गर्न माग

कला, सँस्कृति तथा साहित्यको प्रवद्र्धन गर्न माग

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस १२ गते । खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आएका कलाकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कला, सँस्कृति, सँगीत तथा साहित्यको प्रवद्र्धन एवम् संरक्षण गर्न ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राई (पासाङ)लाई कान्तिपुर फिल्म एकेडेमी मैतीदेवी काठमाडौंमा बुधबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा कलाकारले जिल्लाको कला, सँस्कृति, सँगीत र साहित्यको प्रवद्र्धनमा सहयोग गर्न ध्यानाकर्षण गराएका हुन् । राजधानीमा बसेर कलाकारितामा संलग्न कलाकारले कलाकारिताको प्रवद्र्धनमा कसैको चासो पुग्न नसकेको भन्दै खोटाङमा हरेक वर्ष राष्ट्रिस्तरको खोटाङ हलेसी महोत्सव आयोजना गर्न, नाटक, लघुनाटक मञ्चन, साहित्यिक भेला गर्न साँस्कृतिक भवन बनाउन एवम् संग्रहालय, स्रष्टाहरुको प्रतिमा र मौलिक होमस्टे सहितको नमु...
रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम ७० प्रतिशत पूरा

रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम ७० प्रतिशत पूरा

समाचार
पूर्णपुष्टि/खोटाङ, पुस १२ गते । पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजानको ७० प्रतिशत काम सकिएको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गर्न २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजानको हालसम्म ७० प्रतिशत काम पूरा भएको हो । नदी किनारमा मेसिन राख्ने पम्प हाउस निर्माण, पानी सङ्कलन ट्याङ्की, नदी र गाउँकोबीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसि ट्याङ्की निर्माण भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको एक हजार २०० मिटर जिआई पाईप वेल्डिङ गरेर जडान गरिसकिएको छ । सुख्खाग्रस्त क्षेत्र मानिएको उक्त क्षेत्रमा पाईप अड्याउने १०० वटा पिलर पनि बनाइसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि निर्माण...
अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

Breaking News 1
दुर्घटनाका गम्भिर घाइतेहरुको सामान्य उपचार पनि हुन नसक्दा जिल्ला अस्पताल उदयपुरको लापरवाही छताछुल्ल भएको छ । प्रमुख जिल्ला अधिकारी, सम्बन्धीत व्यक्ति र सर्बसाधारणसंग कुरा गरेर अस्पतालको लापरवाहीको बृतान्त पाठक, स्रोता, दर्शक सामु राखेका छौं । यसप्रति सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । स्थानीय तहले जनप्रतिनिधि पाएको छ, तर यहाँका जनताले सामान्य स्वस्थ्य सेवा पनि पाउन सकेका छैनन् । यसप्रति जनप्रतिनिधि पनि गम्भिर हुन जरुरी छ । विस्तृतका लागि तल क्लिक गर्नुहोस् । https://youtu.be/dCZVqtFZC6w...
दुर्घटनाका गम्भिर घाइतेहरुले उदयपुरमा डाक्टरको मुख देख्न पाएनन, अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

दुर्घटनाका गम्भिर घाइतेहरुले उदयपुरमा डाक्टरको मुख देख्न पाएनन, अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ११ गते । जिल्ला अस्पताल उदयपुरको चरम लापरवाहीका कारण मंगलबार बोलेरो जीप दुर्घटना भई गम्भिर घाइते भएकाहरुले उपचार पाउन सकेनन् । एकजनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनाका तीनजना गम्भिर घाइतेहरुलाई अस्पताल ल्याइएपनि डाक्टर नहुँदा उपचार पाउन नसकेको हो । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटनामा त्रियुगा नगरपालिका १० का कमल मगरको मृत्यु भएको हो भने चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ । अस्पतालमा डाक्टर नभेटेकामा घाइतेका आफन्तहरुले अस्पतालमा आक्रोस व्...
सितेनीमा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ गम्भिर

सितेनीमा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ गम्भिर

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ११ गते । उदयपुरमा मंगलबार एक बोलेरे दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै तीनजना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० का कमल मगर रहेका छन् । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउदै गरेको स १ च १२२८ नम्बरको बोलेरो जीप रौतामाई गापा ६ स्थित सितेनी भन्ने ठाउँमा भएको दुर्घटना हुदा चालक रौतामाई गापा ४ का ३५ बर्षिय रत्न राई, यात्रुहरु रौतामाई गापा ४ कै ४० बर्षिया निर्मला राई र ४५ बर्षिय भक्तबहादुर सार्की गम्भिर घाइते भएका हुन् । अर्का एक यात्रु १४ बर्षिय बालक सन्देश राई भने हामफालेर सकुशल हुन सफल भएको प्रहरीले जनाएको छ । ५ जना यात्रु चढेको बोलेरो अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेको प्रहरी चौकी साउनेले जनाएको छ । दिउसो करिब डेड बजेको समयमा भएको दुर्घटनाको खबर लगत्तै घटनास्थलतर्फ...