बढ्यो यात्रुको चाँप-सकेसम्म सुविधा दिने हिमाली संघको प्रयास/सडकको नाजुक अवस्था, राज्यको वेवास्ता
विक्रम राई
उदयपुर-दशैंमा गाउँघर फर्किने यात्रुहरुको चाप उदयपुरमा बढेको छ । दशैं आउन पाँच दिनमात्र बाँकी रहदा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप अत्याधिक बढेको हो । विभिन्न ठाउँबाट गाउँघरतर्फ हिडेका यात्रुहरु गाईघाट हुदै जाने हुँदा अत्याधिक चाँप बढेको हो ।
देशको विभिन्न ठाउँमा रोजागारी, व्यापार व्यवसायी गर्ने देखि विदेशसम्मका यात्रुहरु गाईघाट हुदै पहाडी क्षेत्रमा जाने गर्दछन् । उदयपुरकै पहाडीभेग र खोटाङ क्षेत्रका यात्रुहरु जानेगर्दछन् ।
यात्रुको चाँपलाई धान्न हिमाली यातायात व्यवसायी संघलाई धौधौ परेको जनाएको छ । संघले त्यसक्षेत्रका लागि २५ वटा बसहरु सञ्चालनमा ल्याएको छ । विहानदेखि दिउसोसम्म सञ्चालन गरिने ती बसहरुमा यात्रु खचाखच भरिने गरेका छन् । भनेजस्तो सिट नपाउने र समयमा बस नपाउने समस्या यात्रुहरुको रहेको छ । यात्रुहरु बसको प्रतिक्षामा गाईघाटको पिपलचौकमा जम्मा हुने गरे...









