अपहरण गर्ने र पर्ने १५ वर्षपछि एकैठाउँ
पूर्णपुष्टि (खोटाङ), पुस ७ गते ।
श–सस्त्र द्धन्द्ध चरमोत्सर्कमा थियो । २०५९ सालताका नेकपा माओबादीका नेता मोहन खत्री ‘हेनरी’ खोटाङको एउटा ईलाकाका इन्चार्ज थिए । एमालेका नेता रामप्रसाद दंगाल एमाले जिल्ला कमिटि सचिवालय सदस्य थिए । अन्य पार्टीका लागि खुला गतिविधि एबं सांगठनिक काम गर्न सहज थिएन । चुनौतीका बावजुद एमाले नेता दंगाल पार्टीको ईलाका अधिबेसन गराउन छितापोखरी पुगेका थिए । अधिबेसन गराउन नपाउँदै दंगाल ‘हेनरी’ कमाण्डमा रहेको माओबादी कार्यकर्ताको अपहरणमा परे । एमालेको ईलाका अधिबेसन बीचैमा रोकिए । अपहरणको घट्ना २०५९ साल भदौ २४ गतेको हो । अपहरणकाक्रममा केही फायरिङ भए, एमाले कार्यकर्ताको प्रतिबादका वाबजुद छितापोखरीबाट दंगाल अपहरणमा परे । दंगाल भोजपुर, संखुवासभा, धनकुटा, सोलु लगायतका ठाउँमा छापामारशैलीमा हिँडाइए । ४० दिन बितेपछि उनी हेनरीबाटै सकुशल अपहरणमुक्त भए ।
उदयपुरका माओबादी नेता ख...









