धमाधम, हरित अभियान
गाईघाट–नगरपालिकाको अगुवाईमा ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियान सन्चालन भएको छ । अभियान अन्तर्गत नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ ।
उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान पनि सन्चालन गरेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने उनले बताए । यो अभियानमा प्लाष्टिकलाई प्रतिवन्ध लगाइने छ । यसअधि नै प्लाष्टिक मुक्त नगर भनेर त्रियुगालाई घोषणा गरिसकिएको छ ।
फोहोरमैला व्यवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ...









