Thursday, September 24News That Matters

Author: पूर्णपुष्टि

मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते । उदयपुरको मतगणना कार्य सिसि क्यामेराको निगरानीबाट हुने भएको छ । मत गणनास्थल सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यालयको भवनका मतगणना प्रायोजनका लागि तयार गरिएको १० ओटा कोठामै सिसि क्यामेरा जडान गरिएको छ । ३ ओटा कोठा स्टोर, १ ओटा सिसि क्यामेरा कन्ट्रोल र बाँकी ६ ओटामा मतगणना हुने मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । स्थानीय प्रशासन, मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्बाचन, सुरक्षा निकायहरुको समन्वयबाट मतगणनालाई छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउन सिसि क्यामेरासमेत जडान गरिएको उहाँले बताउनुभयो । सिसि क्यामेराको मद्दतबाट सम्बन्धीत अधिकारीहरुले मतगणना कार्यको निगरानी, अनुगमन सहजरुपले गर्नसक्ने र कुनै वादविवाद वा समस्या आएमा सहजिकरण गर्न सजिलो हुने भएको छ । सिसि क्यामेराको भिडियोलाई सकेसम्म सर्बसाधाणका ल...
उदयुरमा ६१ प्रतिशत मत, तीन ठाउँमा बम

उदयुरमा ६१ प्रतिशत मत, तीन ठाउँमा बम

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते । प्रतिनिधि/प्रदेश सभाको बिहिबार (आज) सम्पन्न मतदानमा उदयपुरबाट ६१ प्रतिशत मत खसेको छ । १ लाख ९३ हजार ९१३ मतदाता रहेको उदयपुरमा गत स्थानीय तहको दाँजोमा १२ प्रतिशतले कमी हो । । मतदाताहरुमा स्थानीय तहको दाँजोमा यो निर्बाचनमा उत्साह देखिएन । तथापी, मतदान कार्य शान्तिपूर्ण र भयरहितढंगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । २ प्रतिनिसभा र ४ प्रदेशसभाका लागि उदयपुरमा भएको निर्वाचनमा ९८ स्थानमा २३३ मतकेन्द्रबाट मतदान भएको थियो । मतदानमा पुरुषभन्दा महिलाको संख्या बढि देखिएको छ । जसमा ५५ हजार १ सय ८६ पुरुष तथा ६२ हजार २ सय ५३ जना महिला र एकजना तेस्रो लिंगी गरी एकलाख १७ हजार ४४० जनाले मतदान गरेको सुरक्षास्रोतले जनाएको छ । जसमा पुरुष, महिला र अशक्तहरुका लागि छुट्टाछुट्टै व्यवस्था मिलाईएको थियो । सबै मतकेन्द्रमा समयमै मतदान ...
जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना

जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना

Breaking News 1
यही मिति २०७४ साल मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिर्इ मतदान गर्ने अधिकारको सदुपयोग गर्नुहुन सम्पुर्ण मतदाताहरुलार्इ अनुरोध छ । मतदाता परिचयपत्र लिएर मतदान गर्न बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म तोकिएको मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदानको लागि मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएकाहरुले आफ्नो फोटो सहितको परिचय खुल्ने नागरिकता, लालपुर्जा जस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्र लिएर आउनु पर्नेछ । यस निर्वाचनको बारेमा थप जानकारी लिन प्रत्येक मतदान केन्द्रको लागि एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाइएकोले उहाँहरु सँग जानकारी लिनुहुन साथै जिल्ला निर्वाचन कार्यालय उदयपुरमा सम्पर्क गर्न सक्नु हुनेछ । जिल्ला निर्वाचन कार्यालय, उदयपुर, ०३५-४२०२६२...
दिक्तेल–भोजपुर सिधा यातायात सुचारु

दिक्तेल–भोजपुर सिधा यातायात सुचारु

समाचार
केदार मगर/खोटाङ, मंसीर १९ गते । खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुचारु गरिएको छ । वर्षाद्को पानीले सडक खण्डमा पारेको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुचारु गरिएको हो । करिब ९१ किलोमिटर लम्बाई रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ : १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताउनुभयो । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ । हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडक खण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने...
सबै ठाउँमा सुरक्षाकर्मी, कर्मचारी र  सामग्री पुगेको मुख्य निर्बाचन अधिकृतको भनाई, ढुक्कले मतदान गर्न सकिने प्रजिअको भनाई

सबै ठाउँमा सुरक्षाकर्मी, कर्मचारी र सामग्री पुगेको मुख्य निर्बाचन अधिकृतको भनाई, ढुक्कले मतदान गर्न सकिने प्रजिअको भनाई

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १९ गते । मंसीर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश शभाको निर्बाचनका लागि दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको उदयपुरका सबै मतदान केन्द्रहरुमा मंगलबारदेखि मतदाता परिचय पत्र वितरण तथा मतदाता शिक्षा दिने कार्य सञ्चालन भएको छ । मूख्य निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद शर्माका अनुसार दुईसय ३३ वटा मतदान केन्द्र रहेको उदयपुरमा सबै मतदान केन्द्रहरुमा मतदाता अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र मतदानका सामग्रीहरु पुगेसंगै मतदाता परिचय पत्र वितरणका कार्य सन्चालन भएको हो । उदयपुरको क्षेत्र नं. १ अन्तर्गत रहेका एकसय वटा मतदान केन्द्र र क्षेत्र नं. २ मा एकसय ३३ वटा मतदान केन्द्र रहेकोमा ती सबै दुबै क्षेत्रका केन्द्रहरुमा मंसीर २१ गतेको मतदान कार्यका लागिसमेत अन्तिम तयारी भएको उहाँले बताउनुभयो । निर्बाचनका लागि जिल्लाभरमा एकहजार ८ सय ६४ जना कर्मचारीलाई नियुक्त...
स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह

स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह

समाचार
पूर्णपुष्टि/गाईघाट, मंसीर १९ गते । दल विशेषभन्दा पनि स्वतन्त्रपुर्वक, निर्भिक र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न यहाँका सरोकारवालाहरुले जोड दिएकाछन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार सदरमुकाम गाईघाटमा भएको आचारसंहिता बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले पत्रकारको तठस्थतामाथि प्रश्नचिन्ह गर्ने वातावरण नवनाउन सुझाब दिएका हुन् । विशेषगरी निर्वाचनका मुखमा केहि सञ्चारमाध्यम दलगत स्वार्थमा डुव्दा आमनागरिकले सत्यतथ्य समाचारहरु पाउन नसकेको प्रति संकेत गर्दै उनीहरुले दल र तिनका उमेदवारभन्दा पनि नागरिकको अभिमतलाई बुझ्न आग्रह गरे । उनीहरुले निर्वाचनमा सञ्चारमध्यमले थोरै स्वार्थ राख्दा जनता सहि सूचनाबाट वञ्चित मात्र नभई त्यसले ठुलै अप्रिय घटनासमेत हुने भएकाले आचारसंहिताको ख्याल गरी कलम चलाउन आग्रह गरे । सहभागिहरु...
अपांगता भएकाहरुका लागि राज्यले विशेष पहल कदमी लिनुपर्नेमा जोड

अपांगता भएकाहरुका लागि राज्यले विशेष पहल कदमी लिनुपर्नेमा जोड

समाचार
पूर्णपुष्टि/गाईघाट, मंसीर १७ गते । विश्वभरी अन्तिराष्ट्रिय अपाङ्ग दिवस मनाई रहँदा उदयपुरमा पनि यो दिवस मनाईएको छ । अपाङ्ग विकास समिति उदयपुरको आयोजनामा आईतबार गाईघाट स्थित शिक्षक संगठनको सभाहलमा दिवससँगै अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ । “सबैका लागि दिगो र समानतामूलक समाज उन्मुख रुपान्तरण” भन्ने मुल नारालाई सम्मान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको आधारभुत आवश्यकता र बाँच्नलाई सहज वातावरणको व्यवस्था अझै पनि राज्यबाट पूर्ण रुपमा नभएको भन्दै सम्बन्धित निकायहरुबाट यसको पहल होस भन्ने उदेश्यका साथ अन्तक्रिया कार्यक्रम भएको थियो । नेपालको सन्दर्भमा करिब २४ लाखको हाराहारीमा रहेका अपाङ्गता व्यक्तिहरु समाज र राष्ट्रमा नै सबैभन्दा सम्वेदनशिल अवस्थामा रहेको भएता पनि उनिहरुले घरपरिवार, समाज तथा राष्ट्रबाटसमेत तिरस्कृत हुनु पर्ने अवस्थाको अझै पनि अन्त्य नभैसको बताइएको छ । यो समयमा पनि गाउ...
सिरहामा पहिलोपटक साकेला पर्व मनाइयो (फोटो फिचरसहित)

सिरहामा पहिलोपटक साकेला पर्व मनाइयो (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १७ गते । सिरहाका किराँत राई समुदायले पहिलोपटक जिल्लामा साकेला नाचेर उधौली पर्व मनाएका छन् । किँरात उत्थान मञ्च, सिरहाले धनगडीमाई नगरपालिका १३ असारीमा उधौली साकेला कार्यक्रमको आयोजना गरी जिल्लामै पहिलोपटक किराँत राई समुदायको महान् पर्व उधौली मनाएको हो । धनगडीमाई नगरपालिका क्षेत्रका राई समुदायको उल्लासमय उपस्थितिमा ढोल, भ्mयाम्टा बजाउदै विभिन्न सिलीका साथ साकेला नाचिएको थियो । बालबालिकादेखि बृद्धबृद्धासम्मले ढोल भ्mयाम्टाको तालमा चौरी गाईको पुच्छर र सेउली नचाउदै साकेला नाचेका थिए । कार्यक्रममा उदयपुरका साकेला नाच समुहको आतिथ्य उपस्थिति रहेको थियो । पशुपन्छीको चालढाल, कृषिकर्म र मानवीय आदर्श क्रियाकलापलाई सिलिमा उतारेर नाचिने साकेला अत्यन्तै मनमोहक हुन्छ । उक्त साकेलामा राई जाती मात्र नभई अन्य जातीहरुसमेत नाचेर साथ दिएका थिए । साकेलालाई अन्य समुदायले पनि नाचेर ...
रियाज प्रधानको “हन्ड्रेड सब्सक्राईबर्स प्रोग्राम”

रियाज प्रधानको “हन्ड्रेड सब्सक्राईबर्स प्रोग्राम”

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १६ गते । नौं बर्षदेखि निरन्तर सांगीतिक साधनामा रहेका नव उदीयमान युवा गायक रियाज प्रधानको सांगितिक सम्भावना फराकिलो बन्दै गएको छ । त्रियुगा नगरपालिका ११ संगमटोल निवासी प्रधानले यतिबेला युट्युव च्यानललाई प्रचारको माध्यम बनाउदै आफ्ना प्रतिभा सबैसामु पस्किरहेका छन् । “Reeyajj Pradhan” नाम रहेको उनको युट्यव च्यानलमा आफ्ना प्रतिभाहरु अपडेट गरिरहेका छन् । सात भन्दा बढि प्रस्तुतीहरु अपडेट गराईसकेका उनको छोटो समयमै सब्सक्राईबर्सको संख्या सय नाघिसकेको छ । त्यसैअवसरमा शनिबार भने उनले आप्mनो युट्युव च्यानलको प्रचारसहित सब्सक्राईब बढाउने उद्देश्यले सेलिब्रेसन हन्ड्रेड सब्सक्राईबर्स कार्यक्रम नै राखेका थिए । साथीहरु, सहयोगी, शुभचिन्तक तथा परिवारजनको उपस्थितिमा भएको कार्यक्रममा सब्सक्राईब गर्न सबैसंग आग्रहसहितको भिडियो तयार गरिएको थियो । गीत संगीतबाटै देशको निम्त...
बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने एमाले अध्यक्ष ओलीको दावी

बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने एमाले अध्यक्ष ओलीको दावी

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १६ गते । पूर्व प्रधानमन्त्ती एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार आयोजित संयुक्त बाम गठबन्धनको बृहद चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाम गठबन्धनको नेतृत्वको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको हो । उहाँले स्थायी सरकारबीना देश समृद्धिमा नजाने तर्क राख्दै देशको आवश्यकता अनुरुप बाम एकता गरेको र त्यसले चुनावी परिणाम पनि स्थायी सरकारको ल्याउने बताउनुभयो । उहाँले निर्बाचन विरोधी गतिविधिलाई रोक्न आग्रह गर्दै बम पड्काउदैमा अधिकार प्राप्त नहुने बताउनुभयो । जनता नै सार्भमौम सम्पन्न रहेकोले अहिलेको चुनावमा जनताले देशलाई अग्रगतिमा लैजाने बाम गठबन्धनलाई भोट दिएर जिताउन अनुरोध गरे । कांग्रेसको सत्तामा राम्रो सिट नै नहुने भएकोले भोट दिएमा खेरो मात्र जान...