संगम पुस्तकालयको सुनौलो कदम
पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते ।
सदरमुकाम गाईघाटको सबैभन्दा जेठो र ठूलो संगम सामुदायिक पुस्तकालयको सञ्चालक समितिमा नयाँ नेतृत्व आएसंगै सुनौला योजनाहरु आएको छ ।
करिब करिब बन्दजस्तो भइसकेको पुस्तकालयले भरत खड्काको नेतृत्वको नयाँ कार्यसमिति पाएपछि जिबन्त बन्नुका साथै पुस्तकालय सञ्चालनसहितका विभिन्न जीवन उपयोगी योजनाहरु ल्याएको हो । नयाँ नेतृत्वको पहिलो कदममा शुक्रबार महिला कम्प्युटर साक्षरता कार्यक्रमको उद्घाटन भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पानसमा बत्ति बाल्दै कम्प्युटरसमेत खोलेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
दैनिक सयजना महिलाहरुलाई कम्प्युटर सिकाउन सक्नेगरी कम्प्युटर साक्षरता कक्षा सञ्चालन गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्दै सबैका लागि पुस्तकालयको निर्माण गर्ने, जीवनपर्यान्त शिक्षाका लागि एक स्थानीय त...









