नियोकले जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने
पूर्णपुष्टि/मंसिर ५ गते ।
उदयपुर–आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ ।
नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्रमा पर्यवेक्षण गर्ने तयारी गरेको हो । जिल्लामा रहने करिब दुई सय मतदान केन्द्रलाईनै समेट्नेगरी पर्यवेक्षणको कार्य अगाडी बढाएको नियोकका जिल्ला सभापति युवराज पराजुलीले बताए ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, सहज र आचारसंहिताको परिधिमा रही सम्पन्न गर्न नियोकले पर्यवेक्षण गर्ने र निर्वाचनको विश्वसनियतालाई अझ सफल बनाउन पर्यवेक्षण प्रभावकारी बनाउन पहल गर्ने बताए ।
नियोकले क्षेत्र नं.१ र २ गरी जम्मा २३ जना स्थानिय पर्यवेक्षकहरु परिचालन गर्ने तयारी गरेको जनाएकोछ । यसैक्रममा नियोक उदयप...








