Author: पूर्णपुष्टि
दमदार गजल
खुलेआम मान्छे काटिएको छ, कहाँ छ कानुन ?
नारीको इज्जत फाटिएको छ, कहाँ छ कानुन ?
गरीबीको भारीमा भोकोपेट बोक्ने कान्छीको
पैसामा इज्जत साटिएको छ, कहाँ छ कानुन ?
फगत एकमुठी गाँसको निम्ति कतिको यहाँ
खुन र पसिना चाँटिएको छ, कहाँ छ कानुन ?
महंगीले आकास छोयो, अभावले छोयो
जनता दिनहु ढाँटिएको छ, कहाँ छ कानुन ?
बिनिता राया
त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडा उदयपुर
https://www.youtube.com/watch?v=FYzYqLO4Xr8
...
दँशै बजारमा घ्यू र पनिरमा छुट, आलु र प्याज पनि सस्तोमा पाईने
काठमाडौं – सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आईतबार आपूर्ति मन्त्री शिव कुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा दिईने छ ।
त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्य भन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोम प्रसाद घिमीरेले बताउनुभयो । ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा विक्री गर्ने व्यवस्था गरीने छ’ उहाँले भन्नुभयो ‘...
पहाडी भेगमा ढुवानी धान्दै आएका ट्याक्टरहरुको पिडा (फोटो फिचर)
तस्बिरहरु –भोटराज राई/पूर्णपुष्टि
उदयपुरको मुर्कुची-भुट्टार सडकमा विभिन्न अप्ठ्यारा उकालोमा ट्याक्टरको अघिल्लो भाग उचालिने भएपछि मानिस चडेर ओजन दिइ गुडाईन्छ । यो निकै जोखिमपूर्ण हुदाहुदै पनि ट्याक्टर गन्तब्यमा पुर्याउन यसो गर्न बाध्य छन् सहचालकहरु ।
पहाडमा जाने ट्याक्टरहरु प्रायः सबै संगै हिड्ने र बीचमा कुनै समस्या आईपरे, जस्तै सडक भत्किए, इन्जिन खराबी भए, सामुहिकरुपमा मिलेर समाधान गरेर गन्तब्यमा पुग्ने गरेका छन् ।
अप्ठ्यारो पार गरेको ट्याक्टरले पछाडिका ट्याक्टरलाई डोरी लगाएरसमेत तान्ने गर्छ ।
पहाडको अप्ठ्यारोमा पनि हिड्ने र सडक विगार्नेमा पनि एक नम्बरमा गनिने ट्याक्टरहरु दैनिक जसो यस्ता जोखिम मोलेर पहाडी गाउँपालिकाहरु रौतामाई र सुनकोशी क्षेत्रमा ढुवानीको काम गर्दै आएका छन् ।
दुबै गाउँपालिकाले हालैको गाउँ परिषद्बाट त्यस क्षेत्रका सडक स्तरोन्नतीका लागि विशेष बजेट छुट्याईएको छ । अव, ज...
खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास
गाईघाट –प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्नुभएको छ ।
उदयपुर र खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने साउने–धाप्लाङ–सुनकोसी पुल भदौ ३१ गते शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने वताउनुभयो । पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुने उहाँले बताउनुभयो । समयमा पुल निर्माणका लागि आफु लागी पर्ने र सवैले खवरदारी गर्नु पर्ने उहाँले बताउनुभएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का लगायत पनि शिलान्यास कार्यक्रममा सहभागि थिए ।
धाप्लाङघाटमा २२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाईको पक्की पुल निर्माण गर्न लागि...
जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्
दमन राई,
खोटाङ–भूमीगत होस् या खुला राजनितीमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन ।
राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले “जोखिम” मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ ।
प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् । लेखपढ नभए पनि सा...


