पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ छठपूजा तयारी
पूर्णपुष्टि, कात्तिक ८ गते ।
गाईघाट–मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी गरिरहेको छ । केही वर्षयता यो पर्वलाई पहाडी समुदायका सबै जातजातीले पनि विशेषरुपले मनाउन थालेका छन् । यसले धार्मीक अस्तित्वलाई उजागर गर्नुका साथै जातीय सद्भावलाई बढाएको बुद्धिजिविहरु बताउछन् ।
गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्फ समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाइने गरिएको छ ।
त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी...









