Wednesday, September 23News That Matters

Author: पूर्णपुष्टि

मृतकको संख्या ९ पुग्यो, २ गम्भिर

मृतकको संख्या ९ पुग्यो, २ गम्भिर

समाचार
पूर्णपुष्टि, कात्तिक १३ गते । उदयपुर–सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा भएको सुमो जीप दुर्घटनाका मृतकको संख्या ९ पुगेको छ । एक चारबर्षिया बालिकासहित दुईजना गम्भिर घाइते छन् । कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिका – ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा दुर्घटना भएको हो । टिकट काउन्टरबाट प्राप्त जानकारी अनुसार सुमोमा सवार रहेकाहरुमा सन्देश किराती इश्वर भटटराई, मिथिलेसकुमार साह, राजेन्द्र बर्मा, दिपक शिवाकोटी, अन्जना राई, चालक हरि कार्की लगायत ११ जना सवार थिए । मृतक चालक कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो । घाइते अन्जना राईलाई कटारी अस्पतालबाट रेफर गरी उपचारार्थ विराटनगर लगिएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी महेन्द्र श्रेष्ठका अनुसार दुर्घटनास्थल अ...
दुर्घटनामा ८ को मृत्यु, ३ गम्भिर घाइते

दुर्घटनामा ८ को मृत्यु, ३ गम्भिर घाइते

समाचार
पूर्णपुष्टि, कात्तिक १३ गते । उदयपुर–सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार सुमो दुर्घटना हुदा ८ को घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी दीपक श्रेष्ठका अनुसार कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको सुमो जीप उदयपुरको कटारी नगरपालिका ११ लेखानी गाउँको खाँदी भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेकोले घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एकजना कटारी नगरपालिका २ का अन्दाजी २५ बर्षिय चालक हरी कार्की, एक चारबािषर््य बालिका र एक महिला रहेको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताए । घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाइने उनले बताए । नाजुक अवस्था रहेको उक्त राजमार्गमा सडक भिरालो र साँघुरो रहेको ठाउँमा दुर्...
सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १२ गते । उदयपुर–खेलकुद विकास परिषद्का सदस्य सचिव केशब विष्टले छ महिनामा व्याड्मिन्टन कवर्डहल निर्माण गर्ने भनी गरेको प्रतिबद्धता नौं महिना वितिसक्दा पनि अधुरै बनेको छ । चौथो उदयपुर गोल्डकपको उद्घाटनको सिलसिलामा गतबर्षको माघमा आएका सदस्य सचिव विष्टले जिल्ला खेलकुद विकास समितिको कार्यालय परिषरकै खाली जग्गामा कवर्डहलको सिलान्यास गर्दै छ महिनामा निर्माण सम्पन्न गर्नेगरी ३० लाख रुपैया बजेट विनियोजनको प्रतिबद्धता गरेका थिए । सिलान्यास समारोहमा प्रतिबद्धता गरिरहदा सबैको ताली खाएका विष्टले भने अनुरुप प्रतिबद्धता पुरा नगरेपछि आजभोली गाली पाउन थालेका छन् । जिल्ला व्याड्मिन्टन संघ र जिल्ला खेलकुख विकास समितिको पहलमा निर्माण गर्न लागिएको व्याड्मिन्टन कवर्डहल, ३० लाख बजेट मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने स...
उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छानिए

समाचार
पूर्णपुष्टि, कात्तिक १० गते । गाईघाट–जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उदयपुरमा म्यादी प्रहरी छनौट कार्य सुक्रबार सम्पन्न गरेको छ । सुक्रबार म्यादी प्रहरी छनौटको अन्तिम परिणाम सार्बजनिक भएको छ । म्यादी प्रहरी छनौटका लागि असोज २४ देखि ३० गतेसम्म आवेदन आव्हान गरेको जिल्ला प्रहरीले उदयपुरमा ९ सय ३९ जना म्यादी प्रहरी छनौट गरेको जनाएको छ । १ सय ८७ जनाको नाम बैंकल्पिकमा निस्किएको छ । म्यादी प्रहरीका लागि २ हजार २ सय १९ जनाले फारम भरेका थिए । फारम भरेकालाई उचाई, तौल नाप्नुका साथै स्वस्थ्य परिक्षण, सेटअप, पसअप, रनिङ गराइएको थियो । त्यसमा पास हुनेहरुलाई लिखित र मौखिक परिक्षा लिई अन्तिम परिणाम निकालिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । म्यादी प्रहरी छनौट भएकाहरुलाई तालिम दिईने जनाइएको छ । उनीहरुलाई जिल्लाको कटारी, बेल्टार, रामपुर ठोक्...
दायित्वबाट कोही विचलित नहुन प्रमुख परियारको आग्रह (भिडियोसहित)

दायित्वबाट कोही विचलित नहुन प्रमुख परियारको आग्रह (भिडियोसहित)

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट–जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले केन्द्रिय, प्रान्तिय र स्थानीय गरी तीनवटा तहको सरकार निर्माण गर्ने उद्देश्य अनुरुप स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र अब प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचन हुन लागेको भन्दै यसलाई पनि भयरहित शान्तिपूर्वक सम्पन्न गराउन सबै लागी पर्नुपर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख परियारले सो कुरा बताएका हुन् । लोकतन्त्रको सुन्दर पक्ष विधिको शासन भएको र विधिको शासनले नै मुलुकको उन्नती प्रगति हुने भन्दै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने महान अभियानलाई पूर्णता दिन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अपरिहार्य रहेको बताए । जिल्ला समन्वय समितिसंगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै आप्mनो...
के भन्छन, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा ? (भिडियोसहित)

के भन्छन, उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा ? (भिडियोसहित)

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट–नेपाल सरकारको तर्फबाट निर्बाचन सम्पन्न गर्ने र न्याय परिषद, सर्बोच्च अदालतको तर्फबाट न्याय सम्पादन गर्ने दुई मुख्य जिम्मेवारी रहेको भन्दै उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले सबैसंग सहयोगको आग्रह गरेका छन् । दोस्रो चरणमा मंसीर २१ गते उदयपुर सहित ४५ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई परिवर्तन व्यवस्थानको संज्ञा दिदै सबैले आप्mनो सिप र शैली प्रयोग गरेर प्रयोगमा ल्याउन आग्रह गरे । उनले बस रोकिदा सबै एकैचोटी पोको परेर पस्नु भन्दा लाईनमा बसेर चढ्दा छिटो हुने उदाहरण दिदै सोही ढंगले निर्वाचन व्यवस्थापन गरिनुपर्ने तर्क राख्दै उनले राजनीतिक दललाई लोकतान्त्रिक विधी र पद्धतीमा चलिदिन आग्रह गरे । साथै लोकतान्त्रिक विधी र पद्धती अनुरुप नै व्यवस्थापनमा जुट्ने उनले बताए । सुरक्षा प्रमुखहरु, मिडिया, कर्मचारीलाई सक्रिय ...
सूर्य उपासनाको पर्व : छठ

सूर्य उपासनाको पर्व : छठ

Breaking News 1
अजयकुमार साह नेपाल बहुजातीय, बहुभाष्ािक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । विविध जातजाति, भेषभूषा, रीतिरिवाज, धर्म, सँस्कृति, रहनसहन र परम्पराहरु यहाँका सम्पदा हुन् । नेपालमा असंख्य चाडपर्वहरु मनाइने गरिन्छन । यी चाडपर्वहरुमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, साँस्कृतिक एवम सद्भाव बढाउने पर्व हो । यो पर्व नेपालको तराई–मधेशमा मात्र नभएर काठमाडौं उपत्यकालगायत नेपालका धेरैजसो शहरी क्षेत्रमा धुमधामका साथ मनाइन्छ । यस पर्वलाई छइठ, छठी, डाला छठ वा सूर्य षष्ठी व्रत पनि भन्ने गरिन्छ । सृष्टिको शुरुआतदेखिनै सूर्यको उपासना गरिदै आएको पाइन्छ । हिन्दूहरुको प्राचीन ग्रन्थ ऋग्वेदमा पनि सूर्य उपासनाको उल्लेख भएको छ । ऋग्वेदको चौधौं अध्यायमा सूर्यलाई विश्वको आत्मा मानिएको छ । अर्थववेदमा सूर्यलाई ब्रह्माको साकार रुप मानिएको छ, सूर्यलाई नै भगवान भ...
निर्वाचन अधिकृतको कार्यालय स्थापना, २२ हजार ४ सय ५२ मतदाता थपिए

निर्वाचन अधिकृतको कार्यालय स्थापना, २२ हजार ४ सय ५२ मतदाता थपिए

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट-प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विहिबार उदयपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय एकसाथ स्थापना गरिएको छ । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन गर्न लागेको ४५ जिल्ला मध्ये उदयपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समिति उदयपुरको कार्यालय भवनको दुईओटा कोठामा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उदयपुरमा मुख्य निर्वाचन अधिकृत न्यायधिस तेजेन्द्रप्रसाद शर्मा तोकिएका छन् । उनले मुख्य निर्बाचन अधिकृतको भुमिका संगै क्षेत्र नं. १ र त्यस अन्तर्गतका २ वटा प्रदेशको जिम्मेवारी सम्हाल्ने छन् । क्षेत्र नं. २ र त्यस अन्तर्गतका २ वटा प्रदेशका लागि निर्वाचन अधिकृत सर्बोच्च अदालतका उपसचिव सन्देश श्रेष्ठलाई तोकिएको छ । कार्यालय स्थापनासंगै मुख्य ...
ट्याक्टरचालक मृत भेटिए, हत्याको आशंका

ट्याक्टरचालक मृत भेटिए, हत्याको आशंका

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते । गाईघाट–उदयपुरमा विहिबार विहान एकजना ट्याक्टर चालक मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उदयपुरगडी गाउँपालिका ७ र रौतामाई गाउँपालिका ९ को सिमानामा पर्ने चिहानेखोला नजिकै त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी ३० बर्षिय शिवकुमार सदा मृतअवस्थामा फेला परेको हो । स १ त ५९६० नम्बरको ट्याक्टरका चालक ट्याक्टरकै छेउमा मृतअवस्थामा भेटिएको र ट्याक्टरको साईड लाईटसमेत बलिरहेको भेटिएको घटनास्थल नै पुगेका एसपी भट्टले बताए । ट्याक्टर दुर्घटनाकै कारण उनको मृत्यु भएको जस्तो देखिएपनि घटनालाई प्रहरीले हत्याको आशंका गरेको छ । घटनास्थलको प्रकृति मुचुल्का उठाएको प्रहरीले गहिरो अनुसन्धान थालेको जनाएको छ ।...
उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने

उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते गाईघाट-मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई उत्कृष्ठ ढंगले सम्पन्न गर्ने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी पुरा गरेको छ । गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्पmको घाटमा समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाएको छ । त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी व्यवस्थित पूजास्थान र बसाई व्यवस्थापन मिलाइएको छ । साथै समितिको अफिसियल कोठा, ब्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम मञ्च, चर्पी आदिको छुट्टाछुट्टै व्यवस्था गर्नुका साथै स्वयमसेवक...