Monday, June 29News That Matters

Author: पूर्णपुष्टि

जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

Breaking News 1
दमन राई, खोटाङ–भूमीगत होस् या खुला राजनितीमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले “जोखिम” मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ । प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् । लेखपढ नभए पनि सा...