मृतक सबैको सनाखत, बालिकालाई बुबाको जिम्मा
पूर्णपुष्टि/कात्तिक १४ गते ।
उदयपुर-सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार भएको सुमो जीप दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठका अनुसार सनाखत भएका मृतकहरुमा ओखलढुंगा विसंखुगडी गाउँपालिका ७ का अन्दाजी ३२ बर्षिय इश्वर भट्टराई, सोही ठाउँकी अन्दाजी २४ बर्षिया अन्जना राई, सोही जिल्लाको बरुणेश्वर गाउपालिका ७ का १९ बर्षिय दिपक भित्रीकोटी, ओखलढुंगामा नेपाली सेनामा कार्यरत सप्तरी बैखा ६ का २५ बर्षिय रुपेन्द्र बर्मा, सोही जिल्लाको कबलासी ३ बस्ने गंगाराम साह, सोही जिल्ला पत्थरगाडा ४ का ३५ बर्षिय राधेश्याम महतो, सप्तरीकै मिथिलेस साह, उदयपुरको बेलका नगरपालिका ३ का अन्दाजी २० बर्षिय सन्देश किराती राई र कटारी नगरपालिका २ का चालक हरि कार्की रहेका छन् । दुर्घटनामा गम्भिर घाइते ओखलढुंगाको बरुणेश्वर गाउपालिका ...









