ध्वनी प्रदुषणमुक्त सहर बनाउदै ट्राफिक, अटेर गर्नेलाई कडा कारवाही हुने (भिडियोसहित)
विक्रम राई, असोज ११ गते ।
उदयपुर - ध्वनीप्रदुषणमुक्त क्षेत्र बनाइ सहरलाई शान्त र स्वच्छ बनाउन ट्राफिक प्रहरीले उदयपुरमा अभियान सञ्चालन गरेको छ । अभियानकै क्रममा सदरमुकाम स्थित त्रियुगा नगरपालिका गाईघाटको मूख्यचौकमा “हर्न निषेधित क्षेत्र” लेखिएको ठूलो होर्डिङबोर्ड बिहिबार राखिएको छ ।
राजधानी लगायत देशको विभिन्न जिल्लामा यो अभियानले व्यापकता पाएसंगै प्रदेश नं. १ लाई असोज १ गतेदेखि हर्न निषेधित प्रदेश घोषणा गरिएको छ । सोही अनुरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आफ्नो क्षेत्रमा अभियान सञ्चालन गरिरहेको जिल्ला ट्राफिक इन्चार्ज शैलेन्द्र गच्छदारले बताए ।
विशेषगरी सवारी चालकहरुलाई सचेत गराई हर्न बजाउने कार्यलाई बन्द गर्ने र सहरलाई ध्वनी प्रदुर्षणमुक्त बनाउने अभियानको उद्देश्य रहेको छ । विगतमा अत्याधिकमात्रामा हर्न बनाई ध्वनी प्रदुर्षण हुने गरेको थियो । एकाविहानैदेखि दिनभर, रात...









