Sunday, May 31News That Matters

Author: पूर्णपुष्टि खबर

लगातारको बर्षाले आहालमय गाईघाट बजार

लगातारको बर्षाले आहालमय गाईघाट बजार

समाचार
  बिक्रम राई गाईघाट/असार २८ लगतार ५ दिन परेको बर्षाले गाईघाट बजार आहालमय बनेको छ । मुख्य बजार र रोडहरु नै आहालमय र खोल बनेपछि व्यापारी, यात्रु र त्यहाँका स्थानीयहरुलाई समस्या परेको छ । लगतार पानी पर्नाले पानीको वहाव बढेर रोड तथा वस्तीहरु नै डुवानमा परेको छ । यतिवेला बजार तथा आसपासका वस्तिहरु पानीले जोखिमपूर्ण वनेको छ । पसल तथा घर भित्रै पानी छिरेर घरको प्यासेजबाट खोला बगीरहेको स्थानीयहरुले बताएको छ । पुरानो सब्जी बजार आसपास असारी रोडमा पानी जम्ने र बग्नाले त्याहाँका होटल तथा पसलहरु पूर्ण रुपमा डुवानमा परी व्यापार गर्नै नसक्ने अवस्था रहेको व्यापारी कर्णशेर राईले बताए । सुरक्षित र व्यवस्थीत नाली नहुदा नाली भन्दा बढी क्षमताको पानीको वहावका कारण रोड, बस्ती र घरघरमै पानी छिर्नाले आफुहरुलाई समस्या भएको राईले बताए । बेलामै सम्बन्धित निकाय र स्थानीयले चासो नग...

खोलाबाढीले बगाएर एक जना बेपत्ता

समाचार
उदयपुर, असार २८ गते । बसाहाको काली खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएको छ । चौदण्डिगढी गाउँपालिका – ४ निबासी ३५ वर्षीय मनकुमार तामाङलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको हो । खोला पारी भएको कुकुरलाई लिन जादा तामाङलाई करिब १ बजे बाढीले बगाएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । अत्याधिक वर्षाले गर्दा बेपत्ता भएका तामाङको खोजि कार्यमा समस्या आएको प्रहरीले जनाएको छ । बाढीले बेपत्ता बनाएको तामाङलाई स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।...
बरुवा खोलाको बाँध फुट्दा जनजिवन प्रभावित

बरुवा खोलाको बाँध फुट्दा जनजिवन प्रभावित

समाचार
उदयपुर, असार २८ गते । सदरमुकाम गाईघाटको साकेला टोलमा बरुवा खोलाको बाँध फुट्दा स्थानियबासी प्रभावित भएका छन् । त्रियुगा नगरपालिका – ११ को साकेला टोलमा खोलामा बाढीले बाँध फुटाएपछि त्यस क्षेत्रका बासिन्दाहरु प्रभावित भएका हुन् । कुलोको मुहानमा लगाएको बाँध खोलाले फुटाएपछि स्थानीयबासी त्रासित भएका छन् । निरन्तर परेको वर्षातले विहिबारदेखि खोलाको बाँध भत्काउन थालेको स्थानियबासीहरुले बताएका छन् । बाँध भत्काउन थालेपछि शुक्रबार नगरपालिका, वडा र सुरक्षा निकायको संयुक्त टोलीले अस्थायी बाँध निर्माण गरेको त्रियुगा नगरपालिका – ११ को वडा सदस्य तारा राईले बताईन् । अघिलो दिन निर्माण गरेको बाँधदेखि करिब दुई सय मिटर माथि रहेको कुलोको मुखको बाँध भत्काई बस्ति तिर बाढी पसेको वडा सदस्य राईले बताईन् । बाँध भत्काउन थालेपछि तत्काल सशस्त्र प्रहरी, नेपाल प्रहरी  र स्थानियको सहयोगमा अस्थायी बाँध निर्माण गर...

ट्वाईलेटमा पुरिएर एकको मृत्यु

समाचार
भोजपुर, असार २७ गते ।  भोजपुरको ट्याम्केमयुममा पहिरोले ट्वाईलेटलाई पुर्दा एक बालकको पहिरोले पुरेर मृत्यु भएको छ । ट्याम्केमयुम गाउँपालिका – ९ ऐराङमा माथिबाट झरेको पहिरोले ट्वाईलेट भित्र रहेका १४ वर्षीय जनक विकको मृत्यु भएको हो । विहान करिब १० बजे अचानक माथिल्लो काल्ला भत्के पहिरो झरी ट्वाईलेट पुरेपछि ट्वाईलेट भित्र रहेको विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले ट्वाईलेमै पुरीएको अवस्थामा दिदीले देखेपछि स्थानियको सहयोगमा विकलाई उद्दार गरी घर लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्वाईलेट पुरी केहि मिटर सारेको छ । विकलाई उद्दार गरी घरमा ल्याएको केहि घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ ।...
पालिका र सुरक्षा निकायद्धारा बाँध निर्माण

पालिका र सुरक्षा निकायद्धारा बाँध निर्माण

समाचार
उदयपुर, असार २७ गते । उदयपुरको बरुवा खोलामा आएको बाढीले सोकला टोलको बाँध भत्काउन थालेपछि नगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले बाँध निर्माण गरेको छ । त्रियुगा नगरपालिका – ११ साकेला टोलको बाँध बाढीले भत्काउन थालेपछि नगरपालिका र नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बाँध निर्माण गरको हो । लगातार परेको पानीले खोलामा बाढी आई विहिबार बाँध भत्काउन थालेपछि वडा र पालिकाले जेसिवी लगाएर पानी अनेत्र फर्काउने काम गरको थियो । पुरानो बाँध भत्काउन थालेपछि उच्च जोखिममा रहेको साकेला टोल, पुरानो गाईघाट आसपासको दजनौँ टोलहरुका बासीन्दाहरु रातभरी डर त्रासको साथ बस्नु परेको थियो । बाढीले  करिब ५० मिटर बाँधको जाली भत्काएपछि वडा र पालिकाले दुई वटा जेसिवी लगाएर पानीलाई अनेत्र फकाउने कोसि गरी सुरक्षा निकायको संयुक्त टोलीले बाँध निर्माण गरेको त्रियुगा नगरपालिका – ११ का वडाध...

खोलाले बगाउँदा एक बालक बेपत्ता

समाचार
पाँचथर, असार २७ गते ।  पाँचथरको मिक्लाजुङमा ९ वर्षीय बालकलाई खोलाले बगाउँदा बेपत्ता भएको छ । विद्यालय जाने क्रममा नुवाखोलाले मिक्लाजुङ गाउँपालिका – ४ निबासी लोकबहादुर राईको छोरा दिवन राईलाई बगाएर बेपत्ता बनाएको हो  । विहान करिब ९ः५० बजे जादुसँग  विद्यालय तर्फ जादै गर्दा खोला तर्ने क्रममा दिवनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वेपत्ता भएको बालकको नेपाल प्रहरी र स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...

पहिरोले घर पुरीदा आमा छोरा बेपत्ता

समाचार
खोटाङ, असार २७ गते ।  खोटाङको बाक्पचाङमा एक घर पहिरोले पुरीदा आमा र छोरा बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका – २ बाक्पचाङ गोपिनी निबासी विष्णुकुमार राईको घर राती आएको पहिरोले पुरीदा उनको श्रीमती र छोरा बेपत्ता भएका हुन् । केहि दिनदेखि निरन्तर परेको वर्षाले विहान करिब ४ बजे सुती अवस्थामा घर माथिबाट पहिरो आएर घर पुरीदा ३० वर्षीय राईलाई स्थानियले घाईते अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ । बेपत्ता भएको आमा र छोराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...

घरको गाह्रोले किचेर एक जनाको मृत्यु

समाचार
भोजपुर, असार २७ गते ।  भोजपुरमा घरको गाह्रोले किचेर एक जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका – ७ बासिखोरामा घरको गाह्रोले किचेर ६६ वार्षीय जगतबहादुर राईको मृत्यु भएको हो । केहि दिनदेखि परेको अविरल वर्षाले आएको भेलले घरलाई भत्काउदा गाह्रोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राई एक्लै बस्दै आएकाले २५ गते राती कति बजे घटना घटेको भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ । स्थानियले प्रहरीलाई २६ गते जनाकारी गराएपछि प्रहरी टोली घटना स्थलमा पुगी कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
चार दिनको लगतार पानीले गाईघाट डु्वान

चार दिनको लगतार पानीले गाईघाट डु्वान

समाचार
  गाईघाट/असार, २७ लगतार परेको पानीका कारण गाईघाटको बिभिन्न ठाउँहरु डुवानमा परेको छ । गाईघाट स्थित मुख्य चोकहरु र मुख्य सडकहरु नै डुवानमा परेको छ । मेनचोक, पुरानो तरकारी बजार र वरुवा पुल आसपासका वस्तिहरु पूर्ण रुपमा डुवानमा परेको छ । बजार लगाएतको मुख्य चौक र सडकहरुमा पानी बग्ने र जम्ने भएपछि व्यापारी तथा स्थानीयहरु समस्यामा परेको छ । घर छिर्ने र व्यापार गर्ने समेत ठाउँ नरहँदा समस्या परेको व्यापारी कर्णशेर राईले बताए । उचित नालीको व्यवस्थापन नहुदा पानी रोड बाट बग्ने गरेको राईले बताए । खासै पानी ठुलो नभएता पनि पानीको क्षमता अनुसारको नालीको व्यवस्था नहुनाले पानी माथी बाट बग्ने गरेको राईले बताए । यता मेनचोकमा पनी पानीले समस्या पारेको छ । रोडमा बगेको पानी सिधै नालीमा जाँदा रोड र आसपासका व्यापारीहरुलाई मारमा पारेको छ । स्थानीय तथा व्यापारी जय नेपाल श...
१५ दिने फेसन डिजाईन तालिम सम्पन्न

१५ दिने फेसन डिजाईन तालिम सम्पन्न

समाचार
उदयपुर, असार २६ गते । उदयपुरमा संचालन भएको १५ दिने फेसन डिजाईन तालिम सम्पन्न भएको छ । सिलाई कटिङ्लाई स्तरउन्नती गर्ने उद्देश्यले संचालन गरेको तालिम विहिबार सम्पन्न भएको हो । “सिलाई व्यावसायी एकता, हाम्रो प्रतिबद्धता, उत्पादनमो नयाँ सिर्जनशिलता, आजको आवश्यता” भन्ने मुल नाराको साथ नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको सहयोगमा तलिम संचालन भएको थियो । तालिममा व्यासिक र डिप्लोमा तहको सिलाई कटिङ्  सिकेका ३५ जनाले डिजाईनको तालिम  पाएको थियो । तालिमको प्रशिक्षक दोलाखाका शान्ति श्रेष्ठ र जितबहादुर श्रेष्ठले गरको थियो । सधै र धेरै पटक सिलाई कटिङ्को मात्रै तालिम संचालन भएकाले यसको स्तर उन्नती गर्ने उद्देश्यले डिजाईनको तालिम आयोजना गरेको नेपाल कपडा तथा सिलाई व्यावसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रदानले बताईन् । यस व्यावसायलाई स...