Sunday, May 31News That Matters

Author: पूर्णपुष्टि खबर

गेउरिया खोलामा वेवारिसे शव फेला

समाचार
मोरङ, असार ३० गते । मोरङको गेउरिया खोला किनारमा वेवारिसे शव फेला परेको छ । रङगेली नगरपालिका – ९ को गेउरिया खोला किनारमा आईतबार दिउँसो साढे एक बजे वेवारिसे शव फेला परको हो । खोला किनारमा फेला परेको शव तराई मुलको जस्तो देखि अन्दाजी २८ वर्षीय पुरुषको भएको प्रहरीले जनाएको छ । वेवारिसे शवको कानुनी प्रक्रिया पुरा गरी शव परिक्षणको लागि रङगेली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अझै पनि शवको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...

नहरमा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, असार ३० गते  सुनसरीको हरिनगरामा नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका – २ निबासी अकबल मियाको १२ वर्षीय छोरा तोसिब मियाको नहरमा डुवेर मृत्यु भएको हो । भुटाह–सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा आईतबार दिउँसो चिप्लिएर पानीमा डुबि घाईते भएको मियाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नहरमा डुवेका मियालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा दिउँसो करिब ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।...
खोलाले बगाउँदा एक बालकको मृत्यु

खोलाले बगाउँदा एक बालकको मृत्यु

समाचार
झापा, असार ३० गते ।  झापाको मेचीनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु भएको छ । मेचिनगर नगरपालिका–१३  निबासी गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईलाई फुलवासा खोलाले बगाएर मृत्यु भएको हो । विहान करिब ७ बजे खेतमा गएका बुवालाई पछ्याउदै जाने क्रममा खोलाले बगाएको थियो । स्थानियले बालकलाई खोलाले बगाएको देखेपछि तत्काल उद्दार गरी उपचारको लागि विएण्डवी हस्पिटल विर्तामोड लगिएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
अविरल वर्षाले दर्जनौ सडक खण्ड अवरुद्ध

अविरल वर्षाले दर्जनौ सडक खण्ड अवरुद्ध

समाचार
असार ३० गते ।  अविरल वर्षाले आएको बाढी पहिरोले देशका दर्जनौ सकड अवरुद्ध भएको छ । वर्षाले आएको बाढी पहिरोले सडक भत्काएपछि सडक अवरुद्ध भएको हो । कटारी–घुर्मी–ओखलढु–शोलु जोड्ने सिद्धिचरण राजमार्ग, शान्ति लोकपथ भट्टेडाँडा–आग्राङ–टुङगुन, जनकपुर–जलेश्वर सडक खण्ड, सिस्नेरी–फर्पि–सडक खण्ड, सुर्खेत–कालिकोट–जुम्ला जोड्ने कर्णाली राजमार्ग, बेँसि सहर–मनाङ सडक खण्ड, भोजपुर–धनकुटा सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड, मध्यपहाडी राजमार्ग लगायतका राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरु मारमा परेका छन् ।...
बाढी पहिरोमा परि ६० जना बढीको मृत्यु

बाढी पहिरोमा परि ६० जना बढीको मृत्यु

समाचार
असार ३० गते । अविरल वर्षाका कारण देशको विविन्न ठाउँमा मृत्यु हुनेको संख्या ६० जना नाघेको छ । देशै भर परेको अवरल वर्षाले आएको बाढी पहिरोमा परि ६५ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परि मृत्यु हुने मध्ये ४१ जना पुरुष र २४ जना महिला रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बढी भोजपुर, ललितपुर र रौतहटमा पाँच–पाँच जना, ओखलढुङ्गा,सिन्धुली, मकवानपुर र सिरहामा चार–चार जना, काठमाण्डौ, काभ्रे, धनुषा र खोटाङमा तीन–तीन जना, उदयपुर, झापा, बारा, पर्सा, महोत्तरी, धादिङ र डोल्पामा दुई–दुई जना, सुनसरी,ईलाम, पाँचथर लगायतका जिल्लाहरुमा मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ भने एक हजार चार सय ४६ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण अधिकांश तराईका जिल्लाहरु डुवानमा परेकाले विस्...
बलम्तामा दलित परिवार विस्थापित, विद्यालय जोखिममा

बलम्तामा दलित परिवार विस्थापित, विद्यालय जोखिममा

समाचार
उदयपुर, असार २९ गते । उदयपुरको बलम्तामा पहिरोले एक दलित परिवार विस्थाति भएको छ । लिम्चुङ्बुङ गाउँपालिका – ४ बलम्ता निबासी तिखे दमाईको घर जग्गा शनिबार पहिरोले बगाएपछि विस्थापित भएको हो । पाँच दिनदेखि लगातार परेका वर्षाले आएको पहिरोले विस्थापित भएका दमाईको परिवार भाईको घरमा आश्रय लिएर बसिरहेको लिम्चुङ्बुङ गाउँपालिका – ४ का वडाध्यक्ष यन्दप्रसाद राईले बताए । त्यस्तै मजमबहादुर राई, कुमारसिंह राई र ज्ञानेन्द्र राईको घर पनि पहिरोको उच्च जोखिममा परको छ । अविरल वर्षाले पहिरो जान थालेपछि घर उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए । पर्शुराम पद्मा राई माध्यामिक विद्यालयको घेराबेरा लगाएको पर्खाल पहिरोले बगाएको छ । उत्तर र पश्चिमपटीको पर्खा र तारबार पहिरोले बगाएको स्थानियले बताएका छन् । घेराबेरा पहिरोले बगाएपछि विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष राईले बताए । त्यसैगरी निर्म...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
ताप्लेजुङ, असा २९ गते ।  ताप्लेजुङको फुरुम्बुमयुममा भिरबात लडेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपलिका – १० का फुरुम्बुमयुमको भिरबाट लडेर मृत्यु भएको हो । फुरुमबुमयु ससुराली बस्दै आएका फक्तालुङ गाउँपालिका – ४ ईखाबु निबासी ६३ वर्षीय कर्णबहादुर ल्याबुङ ससुरालीबाट गाउँ जाने क्रममा बेपत्ता भएको थियो । बेपत्ता भएपछि खोजि तलास गर्ने क्रममा बाटोदेखि करिब एक सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएका ल्याबुङको शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको प्रहरीले जनाएको छ ।...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

समाचार
सुनसरी, असार २९ गते । सुनसरीको ईनरुवामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका – ३ विजुली अफिस अगाडी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । गत राती ९ः४५ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले विपरित दिशा तर्फ जादै गरेको को ५७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र पछाडी सवार दुवै जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक ईनरुवा – ६ निबासी ३७ वर्षीय भोगेन्द्र घिमिरे र उक्त निबासी २७ वर्षीय अनिलऋषिदेव सदा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।  घाईतेहरुलाई जिल्ला अस्पताल ईनरुवामा सामान्य उपचार गरी थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लाने क्रममा घिमिरेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक, मोटराईकल र चालक प्रहरीको नियन्त्रणमा...
अविरल वर्षाले पहाडी भेगका सडक अवरुद्ध

अविरल वर्षाले पहाडी भेगका सडक अवरुद्ध

समाचार
उदयपुर, असार २९ गते ।  पाँच दिनदेखि लगातार परेको वर्षाले उदयपुरको पहाडी भेगका सडक अवरुद्ध हुदा  यातायात ठप्प भएको छ । जिल्लका पहाडी भेगका पालिका र छिमेकी जिल्ला जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायता बन्द भएको हो । सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची लगायतका बजारबाट जिल्लाका विभिन्न पहाडी पालिकाहरु र छिमेकी जिल्ला खोटाङ, ओखलढुङ्गा, शोलु जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायात बन्द भएको छ । गाईघाट–रानिबास–पोखरी–फोक्सिन्टार–रसुवा–बलम्ता–बाराहा–बासबोटे, गाईघाट–रानीबास–रौता–सल्ले–भुट्टार–लाफागाउँ, गाईघाट–साउने–धाब्लाङ, कटारी–घुर्मी–खोटाङ, कटारी–घुर्मी–ओखलढुङ्गा–शोलु, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–रुपाटार, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–ओख्ले–ईनामे, मुर्कची–पुवारेभञ्ज्याङ–माझखर्क–बाराहाह–बासबोटे, मुर्कची–पुवारेभञ्ज्याङ–भुट्टार–लाफागाउँ, बेल्टार–चौदण्डीगढी–...
बाढीले २ घर भत्काए, दर्जनौ बस्ति डुवान

बाढीले २ घर भत्काए, दर्जनौ बस्ति डुवान

समाचार
उदयपुर,असार २८ गते । उदयपुरका त्रियुगाको मुसहर बस्तिमा भेलबाढीले दुई घर भत्काएको छ । त्रियुगा नगरपालिका – ८ उत्तराई टोलका मुसहर बस्तिमा शनिबार भेलबाढीले घर भत्काएको हो । त्रियुगा नदी, सरस्वती खोला र साईखोलको विच टापुमा रहेको बस्तिमा भेल बाढी आउँदा जागेश्वर सदा र पप्पु विकको टाटले बारेको कुशको छाना भएको घर पूर्ण रुपमा भत्काई क्षती पु¥याएको संचारकर्मी डिएन चौधरीले बताए  । निरन्तर परेको वर्षाको कारण खोलामा अत्याधि भेलबाढी आएको स्थानियहरुले बताएका छन् । सदरमुकाम गाईघाट, बेल्टारको वलाहा, बेलकाकाको अम्साल, कटारीको सुकुम्बासी बस्ति, उदपुरगढीको नेपालटार लगायतका दर्जनौ बस्ति डुवानमा परेको छ । त्रियुगा नदी, बरुवा, सरस्वती, ककरु खोलाले बाँध भत्काएको छ भने बैद्यनाथ खोला पहिरोले थुनिएको छ । सदरमुकाम गाईघाटको बरुवा खोलामा आएको बाढीले बाँध फुटाएपछि साकेला टोल, पुरानो गाईघाट, त्रिवेणी टोल ...