Monday, June 1News That Matters

Author: पूर्णपुष्टि खबर

पैनिमा डुबेर एकको मृत्यु एक जना बेपत्ता

पैनिमा डुबेर एकको मृत्यु एक जना बेपत्ता

समाचार
मोरङ, असार ३१ गते ।  मोरङको पथिरी शनिशचरेमा  पैनिमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएका छन् । पथरी शनिशचरे नगपालिका – ६ निबासी राजिव तामाङको ११ वर्षीय छोरी सृजना तामाङ र ईलाम दानाबारी – ९ निबासी तामाङकै घरमा बस्दै आएका कृष्ण तामाङको ८ वर्षीय छारी प्रिति तामाङ दिउँसो करिब पौने १ बजे कलभर्टमा साईकलबाट लडेर पैनिमा खस्दा बेपत्ता भएका  प्रहरीले जनाएको छ । बालिकाहरु पुफुको घर सुनबर्सी नगरपालिका हिडेका थिए । पैनीमा खसि बेपत्ता भएका मध्ये करिब एक सय मिटर तल प्रिति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । फेला नपरेको सृजनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, असार ३१ गते । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चिसङ्खुगढी गाउँपालिका – ६ निबासी २२ वर्षीय कविता आलेमगर घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । विहान करिब ६ बजे घर नजिकैको जंगलमा घाँस काट्न गएका मगर भिरबाट लडेर गम्भिर घाईते भएकी थिईन् । घाईते मगरको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...

ट्रयाक्टरमा चेप्टिएर एक जनाको मृत्यु

समाचार
सुनसरी, असार ३१ गते । सुनसरीको जमुवामा ट्रयाक्टरले चेप्टिएर एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–९ जमुवामा ट्रयाक्टरले चेप्ट्याएर २४ वर्षीय चन्दनकुमार मेहेताको मृत्यु भएको हो । खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फँसेपछि निकाल्न प्रयास गर्दा बिहान साढे ९ बजे को २ त ८३४० नम्बरको ट्रयाक्टरले चेप्ट्याएर मेहेता गम्भिर घाईते भएका थियो । घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
छौडिया खोलाको बाढीले ठूलो धनजनको क्षती

छौडिया खोलाको बाढीले ठूलो धनजनको क्षती

समाचार
उदयपुर, असार ३१ गते । छौडिया खोलामा एक्कासी आएको बाढीले रौतामाई गाउँपालिका ७ मुर्कुची बजारमा धनजनको क्षती पुर्याएको छ । एक बालकको मृत्यु, एक गम्भिर घाईते हुनेगरी मुर्कुची बजारमा पसेको बाढीले एक दर्जनमा क्षती पुर्याएको छ सयको हाराहारीमा घरपरिवार प्रभावित बनेकाछन् । खानेपानी योजनाको भवन बगाएको छ भने कृषि केन्द्र भवन र सव डिभिजन कार्यलयको भवनमा क्षती पुर्याएको छ । घरगोठ बगाएसंगै संगुर, राँगा, खसी बाख्रा बगाउनुका साथै धान रोपिसकेका खेतहरु बगरमा परिणत भएकाछन् । रातमाटे भन्ने ठाउँमा पहाड भत्किएर खोला थुनिएको र राती एक्कासी जमिएको पानी बाढीको रुपमा बग्दा मुर्कुची बजारमा ठूलो क्षती भएको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु र गाउँपालिकाका अध्यक्ष सहितको टोलीले विहान घटना स्थलको निरिक्षण गर्ने क्रममा उक्त कुरा पत्ता लागेको हो । बजारबासीले दिउसो खोलामा पानीकम देखे पनि वर्षाद घटेको ...
समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

समाचार, संसार
असार, ३१ गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौती ट्वीटमार्फत दिएका छन् । ट्रम्पले तीन पटक ट्वीट गर्दै खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीलाई समेत एक मुस्टमा प्रहार गरेका हुन् । अमेरिका समाजवादी र कम्युनिस्ट कहिलै हुन नसक्ने भन्दै यसबाट दुःखी हुनेहरु अमेरिका छाडे हुन्छ नत्र एक्लो छनौट हुने ट्रम्पले बताएका छन् । पछिल्लो समयमा आएर केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेकाले यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको ट्रम्पले बताएका छन् । वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता जघन्य कार्यलाई प्रोत्साहन दिन खोजेको ट्रम्पले आरोप लगाएका छन् । अमेरीकी सैनिक शक्तिको पुनर्गठन, सवै भन्दा कम बेरोजगारी, अहिलेसम्मकै उच्च स्टक मार्केट गर्नमा सफल भएकाले अमेरिका अहिलेजतिको बलियो ...
पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरीमा डुबेर एक बालकको मृत्यु

समाचार
सुनसरी, असार ३१ गते । सुनसरीको दुहवीमा एक बालक पोखरीमा डुवेर मृत्यु भएको छ । दुहवी नगरपालिका – २ निबासी सलिब मियाको ४ वर्षीय छोरा जुगेर मियाको पोखरीमा डुवेर मृत्य भएको हो । दिउँसोको करिब ५ बजे छिमेकीको विवाहमा जान भनी हिडेका बालक घर नजिकैको पोखरीमा डुवेपछि तत्काल उद्धार गरी उपचारको लागि सामुदायीक अस्पताल दुहवी लगी थप उचारको लागि विराट टिचिङ अस्पतालमा लगि उचारको क्रममा मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

बाढीमा बेपत्ता बालक मृतक फेला

समाचार
उदयपुर, असार ३१ गते । उदयपुरको घट्टामा छौडिया खोलाको बाढीले बगाएर बेपत्ता भएका एक बालक त्रियुगा नदि किनारमा मृत अवस्थामा फेला परेको छ । रौतामाई गाउँपालिका – ७ घट्टाको  १४ वर्षीय आर्यन तामाङलाई गत राती आएको बाढीले बगाएर बेपत्ता बनाएका बालक मंगलबार विहान प्रहरीले त्रियुगा नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । गत राती आएको बाढीले घरसँगै बालक र उनको आमा सुनिता तामाङलाई बगाएको थियो । बाढीले बगाएपछि स्थानीय र प्रहरीको सहयोगमा सुनितालाई उद्धार गरेको प्रहरीले जनाएको छ । बाढीले बगाएर बेपत्ता बनाएको बालकको खोजतलास गर्ने क्रममा विहान ८ बजे त्रियुगा नगरपालिका–६ मोहनपुरका त्रियुगा नदि किनारमा मृत अवस्थामा बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
भिषण बाढी पहिरोले २ जना बेपत्ता

भिषण बाढी पहिरोले २ जना बेपत्ता

समाचार
उदयपुर, असार ३१ गते । उदयपुरको रौतामाई गाउँपालिका – ७ र ८ को विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि दुई जना बेपत्ता भएका छन् । ७ नम्बर वडाको घट्टामा छौडिया खोलमा आएको बाढीले बगाई १५ वर्षीय आरयन तामाङलाई बेपत्ता बनाएको छ भने उनको आमा सुनिता भुजेल तामाङ गम्भिर घाईते भएकी छिन् । त्यस्तै ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा करिब ५५ वर्षीया रणमाया रिखाम मगर बेपत्ता भएकी छिन् भने उनको छोरा छोरा घाइते भएको प्रहरीले जनाएको छ । गत राती करिब १०ः१५ बजे एक्किासी आएको बाढी घरमा पसेपछि बाख्रा, सुंगुर लगायतका पशुचौपायलाई सुरक्षीत स्थानमा सार्ने क्रममा आमा छोरालाई बाढीेले बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको स्थानियले थाहा पाएपछि आमालाई उद्दार गरी उपचारको लागि सिभिल अस्पताल गाईघाट ल्याई थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । बेपत्ता भएको बालकको खोजी कार्य भई रहेको प्रहरीले ज...
गैरकानूनी रुपमा विदेश पुगेका तीन सय ११ को उद्धार

गैरकानूनी रुपमा विदेश पुगेका तीन सय ११ को उद्धार

समाचार
असार ३० गते । वैदेशिक रोजगारीको नाममा मानव बेचविखन तथा ओसारपसारमा परेका तीन सय ११ जनालाई उद्धार गरी नेपाल फर्काईएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलयले जनाएको छ । यस वर्ष कुवेत, साउदी लगायतका देशहरुमा राम्रो रोजगारी लगाई भन्दै दलालहरुको फन्दामा परि विचल्लीत भएकाहरुलाई उद्धार गरेको मन्त्रलयले जनाएको हो । भारतको विभिन्न बाटो हुदै मानव बेचविखन गर्ने उद्देश्यले तेस्रोत मुलुक तर्फ लैजान लागेका एक सय ७९ जना उद्धार गरीएको मध्ये ३२ पुरुष र एक सय ४७ जना महिला रहेको मन्त्रलयले जनाएको छ । पछिल्लो समय गैरकानुनी रुपमा विभिन्न प्रलोभनमा परी नेपाली महिला विदेशमा पु¥याई विचल्ली बनाउने गिरोह बढेपछि सरकारले निन्त्रण गर्न कदम चालेको मन्त्रलयले जनाएको छ । राम्रो काम र कमाइको प्रलोभवमा पारी भारत, म्यानमार, कुवेत लगायतका देशहरुमा मानव बेचबिखन तथा ओसारपसारको घटन बढेपछि नियन्त्रणका लागि कदम चालि...
सिञ्चाई ईन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

सिञ्चाई ईन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

समाचार
भोजपुर, असार ३० गते ।   भोजपुरको सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ परेको छ । जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीको टोलीले पक्राउ गरेको हो । प्रमुख ईन्जिनियर यादवले उपभोक्ता समितिबाट घुस लिंदै गर्दा घुस पैसा सहति रङ्गे हात दिउँसो करिब १२ बजे अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । षडानन्द नगरपालिका – १३ को छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस रकम लिएको अख्तियारले जनाएको छ । करिब ९८ लाख रुपैयाँ लागत रहेको आयोजनाको चालु आर्थीक वर्षमा १७ लाख ८७ हजार एक सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उक्त आयोजनाको कामका २० प्रतिशत कमिशन ईन्जिनियर यादव...