मन्त्री र अध्यक्षको पुत्ला जलाइयो, आरक्षण फिर्ता नगरे कडा आन्दोलनको चेतावनी दिदै गाईघाटमा प्रदर्शन
उदयपुर, साउन ३ गते ।
लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा विरोध गर्दै उदयपुरमा सुक्रबार प्रदर्शन भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला दहनसमेत गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा नेपाल प्रहरी र प्रदर्शनकारीबीच पुत्ला खोसाखोस भएको थियो । पुत्ला जलाउन रोक लगाएको प्रहरीले खोस्न जाँदा प्रदर्शनकारीले छेकेका थिए । प्रदर्शनकारीको बीचमा जलाईएको पुत्ला नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको थियो । बलजप्mती प्रदर्शनकारीलाई हटाउदै प्रहरीले पुत्ला खोसेको थियो । पुत्ला खोसेपनि प्रदर्शनकारीले लोकसेवाको आरक्षण हटाउने निर्णय कागज जलाएका थिए ।
मुख्यचौकमा जलाउदै सरकार विरुद्ध चर्को नाराबाजी गरेका प्रदर्शनकारीले आदिबासी, जनजाती, अपांग, दलित लगायतको आरक्षण कोटा हटाएर स्वयम...





