Monday, June 1News That Matters

Author: पूर्णपुष्टि खबर

धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

Breaking News 1, समाचार
  सुनसरी, श्रावण ०६ गते । सुनसरीको देवानगंज गाउँपालिका (२ रामजानकी मन्दिर परिसर भित्र आज धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ । हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३÷४ दिन देखि बस्दै आईरहेका ५५ बर्षिय बिलु यादबको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई बिहान ६ बजेतिर सोही स्थान बस्ने ५० बर्षिको महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय सुनसरीले जनाएको छ । हतियार प्रहारबाट यादबको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...

पार्टीको छतले किचेर २ जनाको मृत्यु

समाचार
पाँचथर, श्रावण ०६ गते । पाँचथरको हिलिहाङ गाउँपालिका (७ टारी स्थित  निर्माणाधीन पार्टीको छत खसेर सोमबार २ जनाको ज्यान गएको छ । करिब विहान ८ बजे तिर यलम्बर पार्क भित्र निर्माणाधीन अवस्थामा रहेको पाटीको ढलाई सेटिङ खोल्ने क्रममा छत खसेर ५१ बर्षिय रुद्र राई र ५० बर्षिय जगत राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीले घटनालाई कानुनी प्रक्रिया अनुसार अनुसन्धान गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पठाएको छ । भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जंगली च्याउ खाँदा १२ जना बिरामी

जंगली च्याउ खाँदा १२ जना बिरामी

समाचार
  उदयपुर/श्रावण ०५ गते । जंगली च्याउ खाँदा उदयपुरमा छुट्टाछुटै स्थानका ३ परिवारका १२ जना विरामी परेका छन् । त्रियुगा नगरपालिका(९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका(४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमती ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा २० बर्षे अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेकी हुन । यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवार सहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार र ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेर्की २० बर्षिय गंगाकुमारी तामाङ, १९ बर्षकी लक्ष्मी तामाङ र १७ बर्षकी समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बि...
पौडी खेल्दा डुवेर वालिकाको मृत्यु

पौडी खेल्दा डुवेर वालिकाको मृत्यु

समाचार
  सुनसरी/ श्रावण ०५ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका (५ की १४ बर्षीया बालिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । धनकुटाको छिन्ताङ (५ स्थायी घर भएकी पवित्रा श्रेष्ठकी छोरी अनु श्रेष्ठ ७÷८ बर्ष देखी शुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ५ स्थ्ति स्थानीय राजु अधिकारीको घरमा बस्दै आएकी थिइन् । घटना स्थलमा खटिएको महेन्द्र नगर प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया अनुसार शवलाई पोष्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धानमा प्रहरी टोली खटिएको पनि महेन्द्र नगर प्रहरीले बताएको छ ।  ...

लागु औषध सहित ४ जना पक्राउ

Breaking News 1, समाचार
त्रियुगा नगरपालिका १३ असारी किरात चोक स्थित लागु औषाध सहित ४ जनालाई जिल्ला प्रहरी कार्यलय उदयपुरले शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का २२ बर्षे रविन राई, सोहि ठाउँका १६ बर्षे सुगम राई, २४ बर्षे दिनेश दनुवार, र १५ बर्षे प्रदिप सुर्खेती रहेको छ । उनिहरुको साथ बाट फेनारगन १८ एम्पुल , लुपिजेसिक १८ एम्पुल र डाईजोल्याप १८ एम्पुल प्रहरीले बरामद गरेको छ । उनिहरुलाई बिषेश शुराकीको आधारमा सादा पोषाको प्रयोग गरी पक्राउ गरी गरिएको प्रहरीले बताए । थप अनुसन्धान गरी कानुन बमोजिमको प्रक्रिया चलाईने प्रहरीले जनाएको छ ।...
उदयपुरको दुर्गममा हेलिबाट चालम ल्याउन माग

उदयपुरको दुर्गममा हेलिबाट चालम ल्याउन माग

समाचार
उदयपुर, साउन ५ गते ।  सडक तहसनहस भएपछि उदयपुरको दुर्गम पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ । त्यस भेगका जनप्रतिनिधिहरुले हेलीकप्टरदेखि चालम ढुवानीको माग राखेका छन् । जिल्लाको समग्र क्षती र पिडितहरुको अवस्थाको बारेमा बुझन आएको प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको टोली समक्ष जनप्रतिनिधिहरुले गाईघाटमा आईतबार यस्तो माग राखेका हुन् । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ, ताप्ली गाउँपालिका पूर्णरुपले सडक विच्छेद भएपछि त्यस भेगमा खाद्यान्नको अभाव बढेको हो । गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका बासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकेप्टरबाट भएपनि ढुवानी गरिदिन लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले माग राखे । आफु पालिकाबाट दुईदिन पैदल हिडेर सदरमुकाम आईपुगेको भन्दै जनताले गाउँमा खाद्यान्न बोकेर लैजाने अवस्था कठिन रहेको भन्...
बाढी पिडित सुत्केरी र बृद्ध बृद्धालाई झनै कष्ट

बाढी पिडित सुत्केरी र बृद्ध बृद्धालाई झनै कष्ट

Breaking News 1
  उदयपुर/असार, ५ बाढी बाट प्रभावित सुत्केरी नानीको आमा र बृद्ध बृद्धाहरु झनै बढी प्रभावित हुने गरेको छ । खान लाउन, सहज तरिकाले ज्यान बचाउन र स्वास्थ्य रहन अति समस्या आईपरेको पिडीतहरुले बताईन् । वस्ति डुवानमा परेपछि विस्थापित हजार दिने आमा तथा बृद्ध बृद्धा परिवारहरुले आफुहरुलाई अन्य भन्दा बढी नै समस्या भएको बताउँछ । बच्चाको खानपिन, स्याहार सुसार र बस्ने ठाउँको ठेगान नहुदा बच्चाहरुमा प्रत्यक्ष असर परेको ४ महिने बच्चाको आमा रोनी नेवारले बताईन् । शनिवार बाढी प्रभावित क्षेत्र बेलका नगरपालिका वडा नं १ स्थित सम्बन्धित निकाय तथा सरकारवालाहरुले गरेको अनुगमनको क्रममा नेवारले विस्थापित परिवारमा पनि नानीको आमा र बृद्ध बृद्धाहरु सबै भन्दा बढी प्रभावित हुने गरेको कुरा सुनाए । यतिवेला विस्थापित परिवारको आमा र बृद्ध बृद्धाहरुलाई समस्यानै समस्या छ । घर छैना, खाने, लाउने, सुत्ने वस्ने लग...
बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरण

बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरण

Breaking News 1
  उदयपुर/असार, ४ उदयपुरको बेलका नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रहरुमा अनुगम तथा राहत वितरण गरिएको छ । २२ घर जोखिममा परेका मध्ये बेलका नगरपालिका १ नं वडा स्थित पलारटोल र अम्वासीका अति जोखिम घरपरिवारलाई राहत वितरण गरिएको हो । बेलका नगरपालिकाका बिभिन्न कटान क्षेत्रहरुको अनुगमन सहित पिडित परिवारहरुलाई व्यवस्थापन गर्न राहत वितरण गरिएको हो । जिल्लाका विभिन्न सम्बन्धित निकायहरु जिल्ला समन्वय समिति, संघसंस्था, नगरपालिका, गाउँपालिका, प्रदेश सदस्य, उद्योग वानिज्य संघ लगाएतका संयुक्त टोलीले अनुगमन तथा राहत वितरण गरेका थिए । त्रियुगा नदीले डुवानमा पारेका पलार टोलका सिता श्रेष्ठ, नयन्द्र श्रेष्ठ, रोनी नेवार, वविता श्रेष्ठ, माधव न्यउपाने, सिता देवि श्रेष्ठ, तारा श्रेष्ठ गरी ७ परिवारलाई राहत वितरण गरिएको छ भने अम्वासीमा बिर बहादुर तामाङ, टिका माया राई, रामु लुईटेल, पूर्ण बहादुर ...
लिटिल आईकनको अडिशन गाईघाटमा

लिटिल आईकनको अडिशन गाईघाटमा

समाचार
उदयपुर, साउन ३ गते । मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणका लागि गाईघाटमा अडिशन हुदैछ । साउन १० देखि ३२ गतेसम्म हुने प्रतियोगिताका लागि साउन ४ गते पहिलो अडिशन गाईघाटमा राखिएको हो । आयोजक ताल डान्स हाउसका सञ्चालक मिथुन ठाकुरले पहिलो अडिशन शनिबार बिहान १०ः०० बजेदेखि गाईघाटको जगतभवनस्थित ताल डान्स हाउसकै हलमा हुनेछ । ताल डान्सको सातौ वार्षिकोत्सवकै अवसर पारेर साउन ३२ गते प्रतियोगिताको ग्राण्ड फिनाले राखिएको पनि सञ्चालक ठाकुरले जानकारी दिए । सहभागीमध्ये विजयी र फस्र्ट रनरअप र सेकेन्ड रनरअपले ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका पाउनेछन् ।...
लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

लिम्चुङबुङ संकटग्रस्त पालिका घोषणा, खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

समाचार
उदयपुर, साउन ३ गते । लामो समय सम्मको खडेरीको मारमा परेको लिम्चुङबुङ गाउँपालिका  फेरी अबिरल बर्षाका कारण सं सकटग्रस्त बनेको छ । पालिकाभित्रका सडक लगायत सदरमुकाम गाईघाटबाट गाउँपालिकासंग जोडिएका मुख्य सडकहरु क्षतीग्रस्त बनेका छन् । गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त छ । त्यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त रहेको स्थानीयले बताएका छन् । पहिरो र भेलले सडक क्षतीग्रस्त पारेकाले कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचलेपछि त्यसभेगका बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् । शुक्रबारमात्र पालिका अध्यक्ष लगायतको टोली लिम्चुङबुङबाट दुईदिनको पैदल यात्रापछि सदरमुकाम गाईघाट...