Saturday, May 30News That Matters

Author: पूर्णपुष्टि खबर

स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

स्थानीय तहमा ४ लाख ४० हजारको आवेदन

समाचार
असार १८ गते । लोकसेवा आयोगले स्थानीय तहको लागी खुलाईएका विज्ञापनमा चार लाख ४० हजार एक सय ६३ जनाले आवेदन दिएका छन् । स्थानिय तहमा रिक्त रहेका कर्मचारी पद पुर्ती गर्नका लागि जेठ १५ गते लोकसेवाले विभिन्न पदमा विज्ञापन खोलेको थियो । पाँच सय १५ वटा स्थानीय तहमा रक्त रहेका कर्मचारी पद पूर्तीका लागि विभिन्न पदमा लोकसेवाले करिब ९ हजारको संख्यामा विज्ञापन खुलाएको थियो । अत्याधिक मात्रामा समावेशी कोटामा आवेदन परेको लोकसेवा कार्यालयले जनाएको छ । जस मध्ये महिला तर्फ दुई लाख ९४ हजार पाँच सय ८० जना, आदीवासी जनजाती तर्फ एक लाख ३६ हजार एक सय ५३ जना, मधेशी तर्फ एक लाख दुई जार दुई सय ३६ जना, दलित तर्फ २१ हजार दुई सय २८ जनाले समावेशी कोटामा आवेदन दिएको लोकसेवा कार्यालयले जनाएको छ । लोक सेवा आयोगले खुलाएको विज्ञापनको आवेदन दर्ता गर्ने समयअवधि मंगलबारबाट सकिएको हो ।...
आयोगको पहिलो महिला प्रमुख

आयोगको पहिलो महिला प्रमुख

संसार
पहिलो पटक युरोपेली आयोगका प्रमुखमा एक जना महिलालाई प्रस्ताव गरिएको छ । युरोपेली संघ ईयूका नेताहरूल प्रमुख छान्ने क्रममा एक जना महिलालाई प्रस्ताव गरेको हो । जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको छ भने युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको हो । निमै लामो दिनका वार्ताले उक्त व्यक्तिहरुको नाम घोषणा गरिएको थियो । उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए ।  ...
चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

चारतल्लाबाट खसेर मेरुदण्ड भाँचिएको प्रदिपलाई उपचार खर्चको चरम अभाव

समाचार
भोटराज राई/उदयपुर, असार १७ ।  गरिबीको कारण मजदुरी गर्न काठमाडौं पुगेका थिए प्रदिप रोका । तर, त्यहाँ पैसा कमाउनुको साटो चारतल्लाबाट खसेर ढाडको मेरुदण्ड भाँचियो । यो घटना भएको ११ वर्ष वित्यो तर, पिडा अझैपनि ज्यूका त्यूँ छ उनको जीवनमा । उनले पिडादायी र कष्टपूर्ण जीवन बाँचिरहेका छन् । उदयपुरको रौतामाइ गाउँपालिका–४ मालबासेका २९ वर्षीय प्रदिप अहिले जोरपाटी (काठमाडौं)को अर्थपेटिक हस्पिटलमा भर्ना भएका छन् । तर, उपचार खर्चको अभावले उनी भौतारिरहेको उनका भान्जा उमेश बर्मशाखाले बताए । भान्जा उमेशका अनुसार गरिबीका कारण उपचारखर्च जुटाउन नसक्दा राम्रो उपचार गराउन सकेका छैनन् । दिनानुदिन उनलाई व्यथाले च्याप्दै गएको छ । पिडासहदै घरमै बस्दै आएका प्रदिप ब्याथाले पछिल्लो समय बढि नै च्यापेपछि अस्पतालमा गएका हुन् । प्रदिपको भिडियो कथा : https://www.youtube.com/watch?v=_7_5YzMTpgM विवाह गरेको तीन महि...

श्रीमतीको सम्झनामा एल्बम सार्वजानिक

मनोरञ्जन
गायक तथा संगितकार राज खम्वुले श्रीमतीको स्मृति दिवसको अवसरमा अमेरिकामा एल्वम सार्वजानिक गरेको छ । गत बर्ष निधन भएकी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसको अवसर पारेर एिल्बम सार्वजानिक गरेको हो । बिभिन्न बिधामा आधारित ६ ओटा गित एल्बममा समावेश गरिएको छ । आधुनिक, लोक, मारुनी जस्ता गितहरुलाई एल्वममा समेटिएको गायक तथा संगितकार राज खम्वुले बताए । एक औपचारिक कार्यक्रम गरी बरिष्ट गायक प्रताप सुब्बा, रविन शर्मा, बरिष्ट. गायिका सपना श्री, बरिष्ट साराङगी बादक श्याम नेपाली लगाएतले एक मुष्टमा एल्बमको सार्वजानिक गरेको हो । सार्वजानिक कार्यक्रममा कवि, रचनाकार, सँगित प्रेमी साहित्य प्रेमी लगाएतको बाक्लो उपस्थिति रहेका थिए ।    ...
प्लाष्टिकको वैकल्पिक झोला बारे अन्तरक्रिया कार्याक्रम

प्लाष्टिकको वैकल्पिक झोला बारे अन्तरक्रिया कार्याक्रम

समाचार
उदयपुर, असार १७ गते ।  प्लाष्टिकका झोलाको विकल्पको रुपमा वैकाल्पिक झोला प्रयोगलाई प्रर्वद्धन तथा प्रदुषण नियन्ण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीको आयोजना र १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा मंगलबार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । “नेपाल स्वच्छ वातावरण महाअभियान – २०७५” भन्ने मुल नाराको साथ १ न.प्रदेशको तीन वटा जिल्लामा प्लाष्टिक झोला फोहोर मैला नियन्त्रण र प्लाष्टिक झोलाको साटो वैकल्पिक झोलाको प्रयोगलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्र सम्बन्धि कार्यक्रम संचालन गरेको आयोजक हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीका अध्यक्ष विनिता दाहालले बताईन् । प्लाष्टिक जन्य वस्तुले खोला, नाला, सडक, वन, जंगल, सार्वाजनिक स्थलहरु प्रदुषीत बनाएकाले यसले प्राकृतिक प्रकोप समेत निम्त्याउने भएकाले यसको न्युनिकर...
अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

अपराधीको अनुहारबाटै सहि गलत छुट्याउने यन्त्र

समाचार, संसार
असार १७ गते । सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुले साचो बोल्छन् वा बोल्दैन अनुहार हेरेर नै पत्ता लगाउने भएको छ । बेलायतका एक स्टार्टअप फेससफ्टले आर्टिफिसियल इन्टेलीजेन्स सिस्टमबाट अनुहार हेरेर अपराधीले सहि बोलेको या गलत पत्ता लगाउने भएको हो । यस सिस्टममा सफट्वयरले अपराधीको अनुहार स्क्यान गरेर बोलेको कुरालाई सहि या झुटो पत्ता लगाउने छ । यसको ट्रायल बेलायत र भारतको मुम्बई प्रहरीले परिक्षण गर्ने भएको छ । एआई सिस्टममा ३० करोड भन्दा बढि अनुहारका भाव समेटिने भएको छ । मान्छेको मष्तिकमा खेलि रहेका कुराहरुलाई अनुहारमा प्रस्ट देख्न सकिन्छ । मनोवैज्ञानिकहरुले पहिलो पटक सन् १९६० मा यस्ता तथ्य पत्ता लगाएका थिए । वैज्ञानीकहरुले आत्महत्या गर्ने प्रयास गरेको केही व्यक्तिमा परीक्षण गरेको थियो । सिस्टमले कुनै मानिस अपराधीको अनुहारमा देखिने स्वभावलाई रेकर्ड गर्ने भएको छ ।...
गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

गाईघाटमा मुख्य मन्त्रि प्रदेश लिग सुरु

खेलकुद
  गाईघाट/असार १६ १ नं प्रदेश स्तरीय मुख्य मन्त्रि लिग गाईघाटमा आज बाट सुरु भएको छ । थारुहट रंगशालाको खेल मैदान स्थित १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिकमत कार्कीले खेलको उद्घाटन गरेको हो । आज पहिलो र दोस्रो खेल गरी ४ टिमले खेलेको छ । । पहिलो चरणको खेलमा खोटाङ र मोरङले खेलेका थिए । भने दोस्रो चरणमा उदयपुर र सोलुखुम्वुले खेलेका थिए । मोरङ र खोटाङले १/१ अंक बाँड्दै बराबरी अंक प्राप्त गरेको छ । मोरङको तर्फ बाट १ गोलले टिमलाई अग्रता दिरहदा खेलको अन्तिम समयमा खोटाङको तर्फ बाट पनि १ गोल गर्दै अंक बराबरी बनाएका थिए । दोस्रो चरणको खेलमा भने उदयपुरले ३ अंक प्राप्त गरेका छन् भने सोलुखुम्बुको शुन्य अंक रहेको छ । उदयपुरको तर्फबाट ५ गोलले टिमलाई अग्रता दिदै सोलुखुम्वुलाई शुन्य वनाएको थियो । पछि सोलोखुम्वुको तर्फ बाट १ गोल फर्काउदै १ गोल घटाएका थिए । भोलीको खेल ओखलढुङग...
सुरक्षीत पठनपाठनका लागि भवन मर्मत

सुरक्षीत पठनपाठनका लागि भवन मर्मत

शिक्षा, समाचार
मिरा विक / प्रशिक्षार्थी पत्रकार ताम्लिछा, असार १६ गते । लिम्चुङ्बुङको ताम्लिछामा विद्यालयको तीन कोठे भवन मर्मत भएको छ । लिम्चुङ्बुङ गाउँपालिका – २ को पूर्वआधारभुत विद्यालय ताम्लिछा डाँडागाउँका भवन तथा खेल मैदान निर्माण र घेराबेरा निर्माण भएको हो । चालु आर्थीक वर्षमा पालिकाले १० लाख बजेट विद्यालयको लागि  विनियोजन गरेको थियो । यस बजेटबाट तीन वटा कक्षा कोठाको मर्मत भई सकेको छ भने खेल मैदान र घेराबेरा निर्माण कार्य भईरहेको विद्यालयका प्रधानध्यापन लालबहादुर विकले बताए । भवन र्मर्मत पश्चात व्यावस्थित पठनपाठन गर्न सकिने र खेलमैदान तथा घेराबेरा बनेपछि विद्यालय समय भित्र विद्यार्थीहरु सडक दुर्घटनाबाट जोगीने भएकाले प्रअ विकले बताए । वैशाख २६  गतेबाट सुरु भएको विद्यालयका काम असार मसान्त सम्ममा सवै पुरा गरिसक्ने विद्यालय व्यावस्थापन समितिको अध्याक्ष तेजबहादुर मगरले बताए । विद्यालयलाई व...
साउनेमा ग्लोबल बैँकको शाखा रहित सेवा सुरु

साउनेमा ग्लोबल बैँकको शाखा रहित सेवा सुरु

आर्थिक, समाचार
उदयपुर, असार १६ गते । त्रियुगाको साउनेमा ग्लोबल आइएमई बैंकले शाखा रहित सेवा सुरु गरेको छ । त्रियुगा नगरपालिका – १४ साउनेमा सोमबारबाट बैँकले बैँकिङ सेवा संचलान गरेको हो । पहाडी क्षेत्रका ग्राहकहरुलाई विशेष बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा रहित सेवा संचलान गरेको ग्लोबल बैक गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले बताए । साउनेमा संचालन भएका ग्लोबल आइएमई बैंकका शाखा रहित बैँक सेवाको प्रतिनिधी मिनबहादुर राई रहेको प्रबन्धक दाहालले बताए ।...
खडेरीले मकै सखाप

खडेरीले मकै सखाप

समाचार
अनिसा थापामागर / प्रशिक्षार्थी पत्रकार ताम्लिछा, असार १६ गते । बारीमा छरेको मकै खडेरीले मर्न थालेपिछ लिम्चुङ्बुङका कृषकहरु चिन्तित बनेका छन् । सुनकोशी किनार आसपास र माथिल्लो भेगका गाउँहरुमा खडेरीले मकै सुकेर ढोड बनेपछि कृषकहरु चिन्तित बनेका हुन् । पहाडी भेगको मुख्य बालीको रुपमा लगाईने मकै खडेरीले विरुवामै सुकेर सेताम्य भएपछि गाउँलेहरु चिन्तित बनेको स्थानिय कृषक टेकबहादुर मगरले बताए । निकै लामो समयदेखि बेँसी सुनकोशी किनार आसपासमा पानी नपरि खडेरी लागेको भएपनि अहिले भने लेकमा समेत मकै मर्न थालेको कृषक मगरले बताए ।   बारिमा छरिएका मकै मरेर सखाप भएको छ भने पानीको मुहान सुखेपछि खेतमा रोप्नलाई राखिएको धनको विउ (व्याड) समेत मर्न थालको कृषक मगरले बताए ।  धेरै वर्ष पहिले यस्तो खडेरी लागेको थियो तर यति लामो खडेरी लागेको थाहा नपाएको कृषक मगरले बताए । खाउँला भनेर छरेको मकै बा...