Saturday, May 30News That Matters

Author: पूर्णपुष्टि खबर

आदिवासी जनजाती कम्युटर तालिम सम्पन्न

आदिवासी जनजाती कम्युटर तालिम सम्पन्न

समाचार
  गाईघाट/जेष्ठ, १९ आदिवासी जनजातिहरुलाई लक्षित गरी संगम पुस्ताकलयमा सञ्चालीत ३ महिने कम्युटर तालिम सम्पन्न भएको छ । एक समापन कार्यक्रमको आयोजनामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र हस्तन्तरण गरी तालिमको समापन गरिएको हो । ११ नं वडाको सहयोग, आदिवासी जनजाती कम्पुटर उपभोक्ता समितिको आयोजना तथा संगम पुस्ताकालयको व्यवस्थापनमा ३ महिने तालिम सञ्चालन समापन गरिएकोे समितिको अध्यक्ष शान्ति राईले बताईन् । आदिवासीजनजातीहरुको क्षमता बृद्धि गर्ने भन्दै सञ्चालन गरेको तालिममा ब्यसिक र अफिस प्याकेज कोर्ष सिकाईएको थिए । जसमा २४ जना आदिवासी जनजातीहरुलाको सहभागी रहेका थिए । सहभागीहरुले सुलभ दरमा कम्पुटर सिकाईले ब्यसिक र अफिस प्याकेज कोर्षमा सहजता भएपनि अन्य कोर्षका लागि भने अन्योल रहेको बताएका छन् । उनिहरुले अन्य कोर्षहरुमा पनि यस्तै सुलभ र सहज वातावरण बनाउन वडा सँग अपेक्षा राखेको छ । ...
नातिनी र हजुरबुवा एउटै विद्यालयमा

नातिनी र हजुरबुवा एउटै विद्यालयमा

शिक्षा, समाचार
जेष्ठ १९ गते ।  दार्चुलामा एक हजुरवुवा चार वर्षीया नातिनीसँगै विद्यालयमा भर्ना भएको छ । नातिनीलाई विद्यालयमा भर्ना गराउन पुगेको ६५ वर्षीय लालसिंह विष्ट आफै कक्षा एकमा भर्ना भएको होे । शैल्यशिखर आधारभूत विद्यालय ठुलशैनमा नातिनीलाई भर्ना गराउन पुगेका विष्टलाई एकाएक पढाई प्रति चाहाना जागेपछि उनले कक्षा एकमा भर्ना गराएको विद्यालयले जनाएको छ । सात जनाको परिवार भएको विष्टले पढ्ने चाहाना जागेपछि परिवारमा घरसल्लाह गरि सवैको सहमतमा कक्षा एकमा नाम लेखाएको थियो । विद्यालयमा भर्ना भएपछि विष्ट र उनका नातिनी सँगै विद्यालय जाने आउने र घरमा गृहकार्य समेत सँगै गर्ने गरेको उनको परिवारले जनाएको छ । विष्ट नाति नातिनी सरहको बालबालिका सँग सँगै पढ्दा एकदमै खुसी देखिन्छ । बालबालिकालाई भन्दा उमेर छिपिएकालाई पढाउन अलिक सहज हुने शिक्षक शिक्षकाले महशुस गरेको विद्यालयले जनाएको छ । विष्ट विद्यालय जान थालेपछ...
प्रदेश स्तरिय प्रथम उपमेयर कपको उपाधी झापालाई

प्रदेश स्तरिय प्रथम उपमेयर कपको उपाधी झापालाई

खेलकुद, समाचार
उदयपुर, जेष्ठ १८ गते । उदयपुरमा संचालन भएको प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीताको उपाधी झापाले चुमेको छ । सदरमुकाम गाईघाट बोक्सेको नयाँबस्तीे खेलमैदानमा भएको फाईनल खेलमा भोजपुरलाई झापाले १३–२५ अङ्कले पछि पार्दै उपाधी चुमेको हो । फाईनल खेलमा १५–२५, २५–१२, १५–२५ र १३–२५ अङ्कले भोजपुरलाई झापाले पछि पार्दै विजेटा भएको छ भने उपविजेता भोजपुर भएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल, ट्रफि प्रदान गरिएको छ । सर्वोउत्कृष्ठ खेलाडी झापाका तमिना गौतमलाई नगद ४ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ  भने सर्वोउत्कृष्ठ सर्वर खेलाडी भोजपुरकी सिमा राई , उत्कृष्ठ डिफेन्डर खेलाडी तथा उदयमान खेलाडी उदयपुरकी रचना राई , उत्कृष्ठ स्पाईकर खेलाडी झापाकी झर्ना राजबंशी, उत्कृष्ठ लिफटर खेलाडी भोजपुरकी मिना तामाङ...
क्वाटरमा आगलागी हुदा २२ लाखको क्षति

क्वाटरमा आगलागी हुदा २२ लाखको क्षति

समाचार
पाँचथर, जेष्ठ १८ गते । पाँचथरमा आग्लागी हुदा करिब २२ लाखको क्षती भएको छ । फालेलुङ गाउँपालिका – ५ स्थित कालिका माध्यमीक विधालयको क्वाटरमा आग्लागी हुदा करिब २२ लाखको क्षती भएको हो । मध्येन्न करिब ११ः४५ बजे अचानक विद्युत सर्ट भई आगो लागेको विद्यालयले जनाएको छ । स्थानियबासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ । विद्यालयको शिक्षक बस्ने तीन कोठे भवनमा आग्लागी हुदा क्वाटरमा रहेको फर्निचर, भाडा वर्तन, मोवाईल २ थान र नगद ८ हजार सहिति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...
नक्कली नोट सहित एक युवा पक्राउ

नक्कली नोट सहित एक युवा पक्राउ

समाचार
जेष्ठ १८ गते । बाराको कोवली नगरपालिकामा नेपाली एक हजारका नक्कली नोट सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट मौलापुर नगरपालिका–९ सोनरनिया निबासी २७ वर्षीय शिवदयाल महतोलाई १० थान नक्कली नोट सहित विहिबार प्रहरीले पक्राउ गरेको हो । साँझ करिब ५ बजे निजगढबाट ना ९ प ५४५२ नम्बरको मोटरसाईकलमा सवार महतोलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोट सहित पक्राउ गरेका महतोलाई खोटाचलन मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप गरि थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...
भोजपुर र झापा फाइनलमा प्रवेश

भोजपुर र झापा फाइनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, जेष्ठ १७ गते । उदयपुरमा जारि प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीतामा भोजपुर र झापा फाइनल खेलमा पुगेको छ । सदरमुकाम गाईघाट बोक्सेको नयाँबस्तीे खेलमैदानमा संचालित दोस्रो दिनको खेलमा भोजपुर र झापा फाइनल खेलमा प्रवेश गरेको हो । झापा १० अङ्क ल्याएर शिर्ष स्थानमा रहेको छ भने भोजपुर ७ अङ्क ल्याएर द्धितिय स्थानमा छ । त्यसै गरि उदयपुरको ६ अङ्क सनुसरीको ५ अङ्क ल्याएको आयोजकले जनाएको छ । दोस्रो दिनको खेलमा झापा र सुनसरी विचको खेलमा २३–२५, २५ –२२ र २५–१५ अङ्कले झापाले जितेको थियो भने उदयपुर र भोजपुर विचको खेलमा १७–२५ र १७–२५ को सिधा अङ्कले जित हात पारेको थियो । त्यसै गरि मोरङ र झापा विचको खेलमा २५–८, २६–२८ र २५–१६ अङ्कले जितेको थियो । त्यसै गरि भोजपुर र सुनसरी विचको खेलमा २०–२५, २५–८ र २३–२५ को अन्तरले जित हात पारेको थियो भने उदयपुर र झापा विचको खेलमा १६–२५ र २१ ...
रोजगार मेलामा ठामको ठाम रोजगार प्राप्त

रोजगार मेलामा ठामको ठाम रोजगार प्राप्त

समाचार
उदयपुर, जेष्ठ १७ गते । उदयपुर सदरमुकाम गाईघाटमा सुक्रबार आयोजित बृति परामर्श तथा रोजागर मेलामा ठाउँको ठाउँ २३ जनाले रोजगार पाएका छन् । सीप र क्षमता सुहाउदो उद्योग तथा व्यवसायमा रोजगार पाएपछि उनीहरु खुसी भएका छन् । “रोजगारको आसले मेला आउदा रोजगार पाईयो ।” खुसी व्यक्त गर्दै सबुरलाल चौधरीले भने “धेरै खुसी लागेको छ, अब भोलीदेखि नै काममा जान्छु ।” मोवाईल नम्बरसमेत लेखेर मेलामा बेरोजगार सूचना फारम भरेका चौधरीले केहीबेरमै रोजगारदाताको फोन पाएर तुरुन्त सम्पर्कमा पगेका थिए । पाँच कक्षासम्म मात्र पढेकाले हेल्परका लागि रोजगारी फारम भर्नुभएका उहाँलाई गाईघाटस्थित त्रियुगा काष्ठ फर्निचर उद्योगले ठाउँको ठाउँ रोजगार दिएको हो । उद्योगका प्रोपाईटर कृष्ण शर्माले मेलास्थलमै छोटो अन्तरवार्ता लिएपछि रोजागर लिनुदिनु पक्का भएको हो । यही प्रक्रियाले अन्यले रोजगारी मेलैबाट प्राप्त गरेका छन् । ...
प्रदेश स्तरिय टेबुल टेनिस प्रतियोगीता सुरु

प्रदेश स्तरिय टेबुल टेनिस प्रतियोगीता सुरु

खेलकुद, समाचार
उदयपुर, जेष्ठ १७ गते । उदयपुरको गाईघाटमा प्रदेश स्तरिय टेबुल टेनिस प्रतियोगीता सुरु भएको छ । सदरमुकाम गाईघाटको बोक्से कवड हलमा आजबाट सुरु भएको प्रतियोगीताको उद्घाटन १ नम्बर प्रदेशका समाजिक विकास मन्त्रि जीवन घिमिरेले गरे । तीन दिनसम्म संचालन हुने प्रतियोगीतामा शोलु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ईलाम, ताप्लेजुङ्, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लाका खेलाडी टिमले प्रतियोगीतामा सहभागिता जनाएको आयोजकले जनाएको छ । समाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजना तथा पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको  यावस्थापन र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा प्रतियोगीता संचालन भएको आयोजकले जनाएको छ ।...
सानै उमेरमा १७ प्रतिशत किशोरी आमा

सानै उमेरमा १७ प्रतिशत किशोरी आमा

समाचार, स्वास्थ्य
नेपालका १७ प्रतिशत किशोरीहरू अझै पनि सानै उमेरमा आमा बन्ने गरेको तथ्याङ्कले देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोर किशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्ष समुहका १७ प्रतिशत किशोरीहरु आमा बन्ने गरेको उल्लेख गरेको हो । सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षणले नेपालमा १७ प्रतिशत किशोरीहरुको विवाह औसत उमेर भन्दा कमै हुने गरेको देखाएको छ । उमेरै नपुगी विवाह गर्नाले बालविवाह र सानै उमेरमा आमा बन्नेको सङ्ख्यामा कम हुन नसकेको देखिन्छ । सर्वेक्षणले १५ देखि १९ वर्षका किशोरीहरूको उमेर अनुसारको प्रजनन् दर एक हजारमा ८८ जना देखिएको छ भने  २०११ को तथ्याङ्कमा एक हजारमा ८१ देखिएको थियो । परिवार नियोजनको आपूर्ति तथा  माग २४ प्रतिशत देखिन्छ तर यो माग १५ देखि १९ वर्षका किशोरीहरुमा बढेर ३५ प्रतिशत पुगेको देखिएको छ ।  २०१६ को सर्भेक्षणले गर्भनिरोधक साधनहरुको उ...
मोटरसाईकल दुर्घटनामा ३ जना घाइते

मोटरसाईकल दुर्घटनामा ३ जना घाइते

समाचार
उदयपुर, जेष्ठ १६ गते ।  उदयपुरमा मोटरसाईकल दुर्घटना हुदा तीन जना घाईते भएका छन् । चौदण्डीगढी र बेलका नगरपालिकाको सिमा क्षेत्र देउराली जंगलमा विहिबार भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् । दिउँसो करिब २ बज गाईघाटबाट बेलका तर्फ जादै गरेको स १० प ४१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकलमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बेलका नगरपालिका ७ निबसी चालक ३० वर्षिय दुर्गा राई, २३ वर्षिय शम्भु राई र ३० वर्षिय पलराज राई घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको विपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा तीन जना सवार रहेकाले घुम्ति मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...