अज्ञात रोगले बलबहादुर झनै सिकिस्त
उदयपुर, जेष्ठ २४ गते ।
उदयपुरको नामन्ताका समाल मगर जातीमा देखिएका अज्ञात रोगले बलबहादुरलाई झनै सारो पर्दै गएको छ ।
रौतामाई गाउँपालिका – ६ नामन्ता गाउँका समाल मगर जातीमा मात्र देखा परेको अज्ञात रोगले ३० वर्षीय समाल मगरलाई झन सारो पार्दै गएको हो ।
गत बैशाख १६ गते गाउँका ७ जनालाई एकै साथ विरामीले भेटाएपछि जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याईएको थियो । जिल्ला अस्पतालमा रोगको पहिचान हुन नसकेपछि विरामीहरुलाई विहिर रेफर गरिएको थियो ।
जिल्ला अस्पतालबाट केहि हुन नसकेपछि उनीहरु विराटनगरको न्यूरो हस्पिटलमा भार्ना भएका थिए । तर विराटनगरमा पनि रोगको अहिले सम्म पनि पहिचान हुन नसकेको परिवारले बताएका छन् । यस रोग वंशानुगत भएको हुन सक्ने अनुमान अस्पतालले लगाएपनि पहिचान गर्नका लागि विदेश पठाउनु पर्ने अस्पतालले जनाएको परिवारजनले जनाएको छ ।
अस्पतालबाट बैशाख १९ गते फर्किएका विरामीहरु अरु मध्ये ६ ...








