उदयपुर, जेष्ठ २९ गते ।
उदयपुरको संगम पुस्तकालयले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ ।
पुस्तकालयका बालबालिकाको सक्रियतामा मासिक भित्ते पत्रिका प्रशान सुरु गरको हो ।
पत्रकारीताको क्षेत्रलाई भित्ते पत्रिका मार्फत समेत समेट्ने योयजनाको साथ प्रकाशन सुरु गरेको भित्ते पत्रिकाका अध्यक्ष एलिसा भट्टराईले बताईन् ।...
जयराम पूर्वछाने मगर
बेलका, जेष्ठ २८ गते ।
उदयपुरको बेलका नगरपालिका– ६ मा किरातिहरुको पूर्खा तथा प्रथम राजा यलम्वरको शालिक अनावरण भएको छ ।
जातिय पहिचान मात्रै नभई किरात सभ्यता भएकाले नगरपालिकाकी उपमेयर राजकुमारि चौधरिले सोमबार शालिकको अनावरण भएको हो ।
जनजाति आफ्नो पहिचान, इतिहास, भेषभुषा, कलाकारीतामा पालिका धनी रहेको उपमेयर चौधरीले बताईन् । उनीले कनुै पनि जात जाती पछाडि पर्न नहुने बताएकी छिन् ।
पर्यटनको आकर्षण बढाउन पर्यटकीय स्थानहरु निर्माण कार्य सुरु गरेको वडा अध्यक्ष वसन्त मगरले वताए । किराँतीहरुको पुर्खा तथा राजाका शालिकको शिलान्यास गत फागुन २ गते गरेका थिए । साथै वडाबाट २ लाख पचास हजार बिनियोजन समेत गरेका वडाध्यक्ष मगरले बताए ।
अध्यक्ष मगरले वडाको पुवारे थुम्कामा होमस्टे, अथिती आवास, टावर लगायतका कामहरु अघि बढिरहेको वडाध्यक्ष मगरले बताए । निकट भविष्यमा आफ्नो वड...
उदयपुर, जेष्ठ २८ गते ।
उदयपुरको थारुहट रङ्गशालामा छैटौँ उदयपुर गोल्डकप–२०७६ ३२ गतेबाट सुरु हुने भएको छ ।
सदरमुकाम गाईघाट स्थित रङ्गशालामा गोल्डकप शनिबारदेखि असार ७ गते सम्म संचालन हुने भएको हो ।
उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा छैटाँै उदयपुर गोल्ड कप २०७६ संचलान हुने मंगलबार एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
गोल्डक कपमा सशस्त्र प्रहरी बल काठमाण्डौँ, न्यू स्टार क्लव सुनसरी, मोरङ्ग ट्रेनिङ् सेन्टर मोरङ्ग, नेपाल पुलिस क्लव काठमाण्डौँ, झापा फुटबल क्लव झापा, गोर्खा व्वाईज क्लव रुपन्देही, संङ्कटा क्लव काठमाण्डौँ र आयोजक टिम सहित ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
...
उदयपुर, जेष्ठ २७ गते ।
उदयपुरको कटारीका एक युवतीले वडाध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएको छ । कटारी नगरपालिका–४ स्थाई ठेगाना भएकी धनमाया राईले वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा दोस्रो नागरिकता लिएको हो ।
साबिकको कटारी–३ हाल कटारी – ४ गबुवा निबासी २४ वर्षीय धनमाया राईले सिन्धुली र उदयपुरबाट दोहोरो नागरिकता लिएको खुलेको छ । २०५२ साल वैशाख ४ गते जन्म मिति र बुवा दर्वजीत राई आमा मनसरि राईकी छोरी धनमायाले पति र माईतीबाट नागरिकता लिएको खुलेको हो ।
पतिको नामबाट लिएको नागरिकतामा धनमाया राई उल्लेख भएको छ भने माईतीबाट लिएको नागरिकतामा सितल राई उल्लेख गरेको छ । उनीले २०६७ सालमा जातीय परम्परा अनुसार दुधौलीको प्रकाश राईसँग विवाह भएको थियो ।
विवाह गरेको करिब दुई वर्षपछि साविक ककुरठाकुर गाविस वडा नम्बर ६ हालको दुधौली नगरपालिकाबाट विवाह दर्ता गराएको थियो । उक्त विवाह दर्ता अनुसार श...
बिक्रम राई
गाईघाट/२७
किरातीहरुको महान पर्व साकेला उभौली गाईघाटमा ३० र ३१ गते धुमधामका साथ मनाईने भएको छ ।
किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति त्रिनपा ११, १२ र १३ को आयोजनामा यो बर्ष पनि भव्य रुपमा साकेला उभौलीली कार्यक्रम हुने भएको हो । किरातीहरुको महान चाँडको रुपमा मनाईने साकेला (उभौली) किरातीहरुको मौलीक भाषा, सांस्कृतिक, र परम्परालाई बचाईराख्ने उदेश्यले बिगतका बर्षहरु झै यो बर्ष पनि व्यापक रुपमा मनाउन लागि परेको आयोजकले बताए ।
यसै साकेला (उभौलीका) लागि त्रियुगा नगरपालिका ११ साकेलाटोलको साकेला भवन स्थित कार्यक्रमको लागि अन्तिम तयारी भईरहेको पनि आयोजकले बताएको छ ।
समितिको अध्यक्ष प्रकाश राईका अनुसार २ दिन हुने साकेला (उभौली ) ३० गते साकेला थानमा बिधिगत रुपमा पुजा आजा सहित साकेला नाचगान र ३१ गते साकेला शिल्ली प्रतियोगिता हुने छ ।
प्रतियोगितामा त्रिय...
उदयपुर, जेष्ठ २७ गते ।
वडा अध्यक्षको पहलमा दुर्गम गाउँका जनतालाई सेवा दिने उद्देश्यले एक गाउँपालिकाले दुई वडालई एम्बुलेन्स प्रदान गरेको छ ।
दुर्गम गाउँका मानिसहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै रौतामाइ गाउँपालिकाले ४ र ५ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेको हो ।
वडाको पहलमा पालिकाले एम्बुलेन्स प्रदान गरेको हो । पालिकाको ५ नम्बर वडाको आँपटार स्वास्थ्य चौकी र ४ नम्बर वडाको मालबासे स्वास्थ्य चौकीको लागि एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ ।
भौगोलिक विकटताले गर्दा स्थानिय जनताहरुले उपचार गराउन नपाई अकालमा ज्यान जाने भएको यस्ता भौपरि आउने समस्याको समाधान गर्ने उद्देश्यका साथ एम्बुलेन्स प्रदान गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
बच्चा जन्माउने, रुख, भिरबाट लडेर हुने विरामी लगायतका आपतकालिन विरामीहरुलाई छिटो छरितो ढङ्ले समयमै राम्रो उपचार ...
जेष्ठ २७ गते ।
१. एभोकाडो– यो फल सेवन गर्दा ग्लुटाथाईन तत्व उत्पादन गर्ने भएकाले कलेजो सफा गर्न सहयोग गर्छ ।
२. सागसब्जी – हरियो सागसब्जी काँचै, पकाएर वा जुस बनाएर जसरी खाएपनि हुन्छ । यसमा क्लोरोफिल्स तत्व पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न सहयोग छर्दछ । त्यसैले कलेजो स्वास्थ्य राख्न ठुलो सहयोग गर्दछ ।
३. कागती – यो फलमा सि भिटामिन पाईने भएकाले बिहान नियमित रुपमा कागती पानी सेवन गर्नाले कलेजोलाई राम्रोसंग काम गर्न सहयोग गर्दछ ।
४. प्याज– यसमा हुने अलाइसिन र सेलेनियम नामक प्राकृतिक तत्वले कलेजोलाई सफा राख्न मद्दत गर्दछ । यसले लिभर इन्जाइमलाई सक्रिय बनाई शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्दछ ।
५. स्याउ– यस फलमा पेक्टिन नामक तत्व पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ ।
६. जैतुनको तेल– यो तेल अरु तेल जस्तो होईन यस...
उदयपुर, जेष्ठ २७ गते ।
उदयपुरको बेतेनीमा टिपर दुर्घटना हुदा एक जनाएको मृत्यु भएको छ ।
कटारी नगरपालिका –११ बेतेनीको पानी ट्याङ्कीमा भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको हो ।
गत राती करिब ९.३० बजे घुर्मीबाट कटारी तर्फ आउदै गरको ना ३ ख ४१३० नम्बरको टिपर अनिन्त्रीत भई सडक दखि करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सोलुखुम्बु नेचा निबासी करिब २२ वर्षीय सुजन भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्र्टमाटमको लागि कटारी अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।...
बिक्रम राई
असारी/जेष्ठ २५
त्रियुगा नगरपालिका वडा नं १३ असारीमा शनिवार भब्य उभौली साकेला पर्व मनाईयो । त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँमा बसोवास गर्ने करातीहरुले सहभागी जनाउँदै उभौली मनाईएको हो । औपचारीक कार्यक्रम सँगै साकेलामा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो ।
किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीले साकेला उभौली तथा किरातीहरुको भाषा संस्कृती र पहिचानलाई संरक्षण गर्न योगदान पुराउने नरध्वज राईलाइ अभिनन्दन गरेका छन् । राईले किराती भाषा संस्कृती साकेला उभौलीको लागि १ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराई योगदान पुराएका थिए ।
राईलाई किरात राई भाषा सांस्कृतीलाईको जगेर्ना गर्नका निम्ती सहज वातावरण गराउन जग्गा उपलब्ध गराएको भन्दै अभिनन्दन गरिएको किरात राई भाषा तथा संस्कृती विकास केन्द्र असारीका सचिव कर्ण राइले बताए ।
खोटाङको चिप्रुङमा जन्मिएका राई ...
उदयपुर, जेष्ठ २६ गते ।
खोटाङ हलेसीका एक बालकको सनुकोशी नदिले बगाएर मृत्यु भएको छ ।
तुवाचुङ नगरपालिका– ३ निबासी १२ वर्षीय विजय राईलाई शनिबार नदिले बगउदा मृत्यु भएको हो ।
उदयपुरको खुमम्लटार स्थिता आफन्तकोमा आएकार घर फर्कने क्रममा नदिले बगाएरको प्रहरीले जनाएको छ । खोटाङ र उदयपुरको सिमाना पर्ने नदी तर्ने क्रममा बालकलाई बगाएको प्रहरीले जनाएको छ ।
बकालकलाई विहान किरब ९ बजे नदीले बगाएर बेपत्ता भएको थियो । प्रहरी चौकी रुपाटारका प्रहरी टोली र स्थानियको खोजतालासले दिउँसो करिब ४ बजे घटना स्थलदेखि केहि तल मृत अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...