पहाडमा भब्य मनाउदै होली
उदयपुर, चैत्र ६ गते ।
एक विशेष पर्वको रुपमा मनाईने होली मनाउन पहाडमा भब्य तयारी भएको छ ।
पहाड र तराई गरी दुई दिन मनाईने होली अघिल्लो दिन पहाडमा मनाउने गरिएकाले भब्य तयारी भएको हो ।
आफन्त जन, साथीभाइ सँग भेटघाट गरि सब्य र भब्य रुपमा सप्तरङ्गी रङ (फागु) खेलेर होली मनाउने चलन परम्परा देखि चलिआएको पाईन्छ ।
नेपालमा धेरै चाड पर्वहरु मध्ये विशेष एक पर्वको रुपमा होलीलाई पनि लिईन्छ । दुई दिन मनाईने होलीमा आफन्तजन तथा साथीभाईहरु भेटघाट गरि फागु खेल्ने, होली विशेष विभिन्न कार्यक्रहरु गरी होलीको शुभकामना आदान प्रदान गर्नेगर्दछ ।
होलीमा फागु मात्रै नभई विभिन्न सास्कृतिक कार्यक्र गरि शुभकामना आदान प्रदान गर्ने गरिन्छ । अन्य चाड पर्व जस्तै होलीलाई पनि भब्य रुपमा दुई दिनै मनाउने गरिन्छ । होली हिमाल देखि तराईका सवै जात जाती, धर्म, भाषाका मानिसले खेल्ने गरेको पाईन्छ ।
धेरै जा...









