बेल्टारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न
उदयपुर, चैत १७ गते ।
चौदन्डिगढी नगरपालिका वडा नम्बर ७ सिटिहलमा आधारभूत पत्रकारिता तालिम बिहिवार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ उदयपुरको समन्वय, नगरपालिकाको सहयोग र चौदण्डिगढी मिडिया प्रा। लि।को आयोजनामा तालिम भएको हो । तालिममा २५ महिलासहित ३५ जना सहभागी थिए ।
तालिमको प्रमुख प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष तथा पूर्णपुष्टिका सम्पादक भोटराज राईले गरेका थिए ।
सहभागिहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले पत्रकारिताको महत्त्व धेरै रहेको भन्दै यसको धर्म र मर्मभित्र रहेर भुमिका खेल्नु पर्ने बताए ।
पालिकाका युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने काममा अगाडि बढेको भन्दै पत्रकारितामा पनि केहीले रोजगारी पाउने बताए । उपमेयर रिता चौधरीले सहि सत्यान कुरा...









