विश्वयुद्ध लडेका जीउदो सहिदको सम्मानसहित पुर्खा दिवस मनाइयो
काठमाडौं, चैत २२ गते ।
नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा आज नेपालमा पुर्खा दिवस भब्यरुपले मनाइएको छ । गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै देश–विदेशमा रहेका नेपालीहरुले पूर्खा दिवस मनाउदै आएको छ । पर्वकै रुपमा दिवसलाई मनाउदै विश्व शान्तिका लागि प्रथम र दोस्रो विश्वयुद्ध तथा क्षेत्रीय युद्ध लड्दा जीवन गुमाएका बीर गोर्खालीहरुको स्मरण गरी सम्मान गरिएको थियो भने दोस्रो विश्वयुद्ध लडेका, जिउदो सहिद भनेर परिचित मानबीर लिम्बुलाई अभिनन्दन गरिएको थियो ।
ललितपुरको सातदोबाटोस्थित नेपाल कराँते महासंघको कवर्डहलमा भएको कार्यक्रम, नेपाल सशस्त्र प्रहरीका पूर्वआइजिपि दुर्जकुमार राई, राष्ट्रिय गीतको रचनाकार ब्याक...









