Thursday, May 28News That Matters

Author: पूर्णपुष्टि खबर

मिडिया संबाद सम्पन्न

मिडिया संबाद सम्पन्न

समाचार
उदयपुर, मंसिर २० गते । उदयपुरमा आमसञ्चार माध्यम तथा पत्रकार आचार संहिता सम्बन्धि एक दिने मिडिया संवाद कार्यक्रम भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको संयोजनमा बुधबार कार्यक्रम भएको हो । प्रेस काउन्सिल नेपालको कार्यवाहाक अध्यक्ष किसोर श्रेष्ठ र नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यको सहजिकरणमा कार्यक्रम भएको थियो । पत्रकार आफैले बनाएको अचार संहिता पालना गर्न र जनताको आवाज बन्नु पर्नेमा जोड दिदै राष्ट्र र आमनागरिकको हकहितको लागि अहोरात्र खटिरहनु पर्ने बताए । बरिष्ठ पत्रकार कौशल चेमजोङले पत्रकारहरु सर्बप्रथम आफु मर्यादामा बस्न सक्नुपर्ने बताए । यसो गरेमा धेरैजसो समस्या आफैबाट हल हुने उनले तर्क राखे । कार्यक्रममा सल्लाह, सुझाव र जिज्ञासा राख्दै नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले पत्रकारहरुले लोकतन्त्र...
करोडौँको चोरी

करोडौँको चोरी

समाचार
उदयपुर, मंसिर २० गते । उदयपुरको एक होटलबाट करोडौँको चोरी भएको छ । गाईघाट स्थित ए वान एलम्बर होटलबाट करोडौँको चारी भएको हो । बुधबार बेलुका अन्दाजी ६ः ३० बजेको समयमा चोरी भएको होटल संचालक सुनिता रेग्मीले बताईन् । सुत्ने कोठाको दराजमा राखीएको सुन र नगद सहित गरगहना चोरी भएको रेग्मीले बताइन् । दराज फुटाएर करिब १६ तोला सुन र एक लाख ३० हजार नगद सहित गरगहना चोरेको रेग्मीले बताईन् ।...
१२ लडाकू मारिए

१२ लडाकू मारिए

संसार
अफगानिस्तान सरकारी सुरक्षा बलको कारवाहिमा १२ तालिवान लडाकु मारिनुका साथै १८ जना पक्रेका छन् । पूर्वी प्रान्तमा तालिबान लडाकू विरुद्ध गरिएको कारबाहीमा १२ लडाकु मारिका छन् भने १८ जना पक्राउ परेका हुन् । खोगीआनी जिल्लाका विभिन्न गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलाई लक्षित गरि २४ घण्टे हवाई तथा स्थल कारबाही गरिएको प्रान्तिय सरकारका प्रव्क्ता आरेफ नुरीले जानकारी दिएका हुन् । कारबाहीमा पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले बताएका छन् ।...
जाडोले गाउँ छोड्दै

जाडोले गाउँ छोड्दै

समाचार
मंसिरको अन्त र पुसको आगमन सँगै चिसो बढ्न थालेपछि हिमाली जिल्लाका बासीन्दाहरुले जाडो छल्न गाउँघर छाड्न थालेका छन् । बाह्रै महीना जाडो हुने भएपनि मङ्सिरको अन्तिम देखि पुस र माघमा बढी जाडो हुने भएकोले जाडो छल्ने गाउँ छाड्न बाध्य भएका हुन् । संरक्षण क्षेत्रहरुमा भने बाह्य पर्यटकहरुको आगमन बढुदै गएको छ । चिसो याममा हिउ सँग खेल्न र रमाउनको लागि पर्यटकहरु आउने भएकोले पर्यटकको संख्या बढेको हो । जाडो जल्न स्थानियबासीहरु जिल्लाको तल्लो भाग र तराइका विभिन्न भागमा झर्ने गर्दछ भने बाह्य पर्यटक भने भित्रीने क्रम बढ्ने स्थानियबासीहरु बताउछन् । हिमाली जिल्लाको माथिल्लो भेगमा हिउँ पर्न शुरु भए सँगै गाउँघर रित्तो हुने गर्दछ । विद्यालयले समेत परीक्षा सकाएर विदा मनाउन अन्यत्र जाने गर्दछ । अधिकांशले घरमा ताला चाबी लगाउछन् भने केहिले घरकुरुवा मात्र बस्ने स्थानियहरुले बताउछन् । तर पशुचौपाय ...
ब्रेक्जिट सम्झौता सुरु

ब्रेक्जिट सम्झौता सुरु

संसार
बेक्जिट सम्बन्धि पाँच दिने बहस सुरु भएको छ । बहसमा ब्रिटेनको प्रधानमन्त्रि टरिजा मे ले संसदमा औपचारीक रुपमा युरोपेली संघ (ईयु) बाट बाहिरिने प्रस्तुत सम्झौतालाई पारित गर्ने वा नगर्ने या बेक्जिट नै नहुने मध्येको एक विकल्प छान्न चेतावनी दिएकी छिन् । ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्नु अघि छलफल गर्न ईयू सँग समय र चाहना नभएको मे ले बताईन् । भने यस अघि भएको ईयू र ब्रिटेन बीच ब्रेक्जिट सम्झौता ब्रिटेन संसद्ले समर्थन गर्नु पर्ने हुन्छ । सन् २०१६ मा भएको ब्रेक्जिट मतदानपछि हाल मे ले ल्याएको प्रस्ताव एउटा सम्मानजनक सम्झौता भएको बताएकी छन्। ब्रिटेन ईयुबाट सन् २०१९ को मार्च २९ मा बाहिरीदै छ । तर ब्रिटेनको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे मे द्वारा प्रस्तावित ब्रेक्जिट सम्झौता माथि ब्रिटेन तल्लो सदन हाउस अफ कमन्समा बहसहरू भइरहेको छ । नोभेम्बरमा बसेको लामो छलफल पश्चात् २७ बटा ई...
संघीयता कुनै पनि हालतमा फर्कदैन : सभामुख महरा

संघीयता कुनै पनि हालतमा फर्कदैन : सभामुख महरा

समाचार
उदयपुर, मंसीर १८ गते । संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशमा संविधान र संघीयता कार्यन्वयमा कठिनाई रहेपनि संघीयता कहिल्यै पछि नफर्कने बताएका छन् । जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यन्वय र अन्तरसम्बन्ध विषयक अन्तरक्रियामा बोल्दै सभामुख महराले यस्तो बताएका हुन् । संघीयता फर्किएला की भनेर चिन्ता लिन जरुरी नरहेको भन्दै संघीयता परिमार्जन र विकसित चाँही हुने बताए । उनले सरकारका कामहरु नै कठिनाई रहेकाले केही आलोचनाहरु आएको भएपनि सरकार सहि दिसाबाट अगाडी बढिरहेको बताए । सरकारलाई खबरदारी गर्ने र संविधान र संघीयता कार्यन्वयनको पाटोमा सहयोग गर्ने दायित्व अनुरुप काम भईरहेको बताए । सत्तापक्ष र प्रतिपक्ष दुबै राजनीतिक दलले संविधान र संघीयताका कार्यन्वयनमा अहम भूमिका खेल्न आव्हान गर्दै स्वार्थसिद्धि कुरामा नअल्झिन आग्रह गरे । उनले कार्यक्र...
सभामुख महरा उदयपुरमा

सभामुख महरा उदयपुरमा

समाचार
उदयपुर, मंसिर १८ गते । संविधान र संघियता कार्यन्वयन र अन्तरसम्बन्ध विषयकको एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न सभामुख कृष्ण बहादुर महरा उदयपुरमा आईपुगेको छ । जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा हुने अन्तरक्रियालाई सम्बोधन गर्न सभामुख महरा उदयपुर आईपुगेको हो । उच्च सुरक्षाको स्कटीङ्मा विराटनगर हुदै सोमबार राती उदयपुर आईपुगेका हुन् । उदयपुर सिमेन्ट उद्योगको अतिर्थि गृहमा बसेका सभामुख महरा सवै सुरक्षाका विचमा रहेका थिए । उनले आज ८ बजे देखि जिल्ला समन्वयन समितिको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा जिल्लाको ८ वटै पालिकाको मेयर, उपमेयर,अध्यक्ष, उपअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जिल्लाको सरकारी कार्यालयको प्रमुख, पाटी प्रमुख लगायतको उपस्थिती रहने जिल्ला समन्वयन समितिले जनाएको छ ।...
२७ औँ अन्तराष्ट्रिय दिवस मनाए धुमधाम

२७ औँ अन्तराष्ट्रिय दिवस मनाए धुमधाम

समाचार
उदयपुर, मंसिर १७ गते । “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता” भन्ने मुल नाराको साथ उदयपुरमा पनि एक कार्यक्रम गरि २७ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाएको छ । अपाङ्ग विकास संघ उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका, नेपाल रेडक्रस सोईटि र ओरक नेपालको सहयोगमा विभिन्न कार्यक्रम गरि सोमबार दिवस मनाएको हो । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा आँखा र कानको एक दिने शिविर समेत संचालन गरेको अपाङ्ग विकास संघ उदयपुरले जनाएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लाहानले शिविरमा भेटिएको जटिल विरामीहरुको निःशुल्लक अप्रेश गरिदिने राईले बताए । आँखा उपचार केन्द्र उदयपुरमा शिविर संचालन गरेको थियो । कतिपय अपाङ्गहरु आर्थिक अभावको कारणले निको हुने रोग समेत बोकेर बस्नु पर्ने बाध्यतालाई मधय नजर राख्दै दिवसको अवसरमा अपाङ्गहरुलाई सहज र सरल तरिकाले सेवा पु¥याउने उद...
मिस प्रदेश बनिन रमिला

मिस प्रदेश बनिन रमिला

मनोरञ्जन, समाचार
उदयपुर , मंसिर १६ गते । प्रदेश स्तरिय मिस प्रदेश २०१८ उदयपुरकी रमिला बस्नेतले हात पारेकि छिन् । चौदण्डीगढी नगरपालिका बेल्टार निबासी बस्नेतले प्रदेश नं १ को मिस प्रदेश २०१८ उपाधी चुम्न सफल भएकी हुन् । उपाधि चुमेकी बस्नेतलाई क्राउन, स्कुटर र अवार्ड हात पारेकी हुन् । भने । मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भएकी छिन् । गिरीले क्राउन, अवार्ड सँगै नगद ५० हजार पाएकी छिन् । सेकेन्ड रनरप ताप्लेजुङकी निशा गुरुङ्गले हात पारेकी छिन् । गुरुङ्गले क्राउन, अवार्ड र नगद २५ हजार हात गरेकी छिन् । भुमिका मेरिना तुम्साको कोरियोग्राफर रहेको प्रतियोगिताको संयोजक भक्तिराज राई रहेको थियो । भने प्रदेश नं १ को मिस प्रदेश २०१८ आयोजना पूर्वाञ्चल बागिना कला केन्द्र धरानले गरेको थियो ।...
अध्यक्ष राई केन्द्रिय सदस्यमा निर्वाचीत

अध्यक्ष राई केन्द्रिय सदस्यमा निर्वाचीत

समाचार
उदयपुर , मंसिर १६ गते । उदयपुरको महेश्वरी राई गैरसरकारी संस्था महासंघको नवौ महा अधिवेशनमा प्रदेश नं १ बाट महिला केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन् । गैसस उदयपुरको अध्यक्ष राई मंसिर १४/१५ गते काठमाण्डौमा भएको २४ औँ साधारण सभा तथा ९ औँ अधिवेशनबाट निर्विरोध केन्द्रिय सदस्य भएकी हुन् । “दिगो विकास,समृद्धि सुशासनका लागि अर्थपूर्ण साझेदारी आजको आवश्यकता,सामाजिक रुपान्तरणको लागि सबल सक्षम र सशक्त नागरिक संगठन हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ काठमाण्डौमा भएका २४ औ साधारण सभा तथा ९ औ महाधिबेसनबाट राई निर्वाचित भएको होे...