Thursday, May 28News That Matters

Author: पूर्णपुष्टि खबर

चन्दको मेरी ज्यानु बजारमा

चन्दको मेरी ज्यानु बजारमा

मनोरञ्जन
मायामा डुब्ने मायालुहरुको भावलाई समेटेर तयार पारिएको कलाकार तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को “मेरी ज्यानु....” बोलको मौलिक नेपाली लोक झ्याउरे गीत र भिडियोले बजारमा चर्चा बटुलेको छ । रंगपत्रकारितामा विगत डेढ दशकदेखि कलम चलाउँदै लामो समयदेखि नेपाली कलाक्षेत्रमासमेत सक्रिय चन्द आफ्नो नविनतम प्रस्तुति ‘मेरी ज्यानु’ लिएर आएपछि बजारमा चर्चा बटुलेको हो । चन्दको मेरी ज्यानुले नेपाली साँगितिक बजारमा तताएर चर्चामा आउन सफल भएको छ । रंग पत्रकारिताबाट चन्दले गीत लेखनमासमेत हात हालेका हुन् । लोकलयमा गीत लेख्न रुचाउने उनको तामाङ सेलो गीत र झ्याउरे लयको मेरी ज्यानु बोलको गीत रेकर्ड भैसकेको र एउटा लोकलयको गीत रेकर्डिङको तयारीमा रहेको छ । चन्दको नविनतम लोकलयको यो ‘मेरी ज्यानु’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । उनको यो प्रस्तुति नेपाली गीत संगीतको क्षेत्रमा पृथक किसिमको रहेको बताइन्छ ...
निकुञ्जका गैँडा पसे शहर

निकुञ्जका गैँडा पसे शहर

समाचार
राष्ट्रिय निकुञ्ज चितवनका गैँडाहरु केहि दिन देखी नारायणगढ छेउछाउको शहर बजारमा देखिन थालेको छ । वनमा बस्ने गैँडाहरु केहि दिने देखि रात पर्ना साथ नारायणगढको बाक्लो बस्ती तथा शहर बजारमा गैँडा देखिन थालेपछि स्थानीयवासीहरू त्रासित बनेका छन् । प्राय जसो रातको समयमा १÷२ वटा गैँडा बजार वरपरि देखिने स्थानियहरुले बताए । स्थानीयको अनुसार वैशाख देखि गैँडाको बथान नै बजार पस्ने गरेको छ । उनीहरुले भने साँझमा आउँछ विहान जंगल नै फर्कन्छ । बजार एरियामा गैँडा पस्न थालेपछि साँझामा वा बिहानी पख हिँड्डुल गर्न गाह्रो भएको छ भने कुनै समयमा गैँडासँग जम्काभेट पो हुने हो कि भन्ने डर स्थानियमा छाएको छ । बजार नजिकै रहेको निकुञ्ज, नरायणी नदी, सामुदायीक वन र नगर वन भएपनि अरुबेला भने गैँडा बजार पस्दैनथ्यो । बजारमा गैँडा आउन थाले पछि संरक्षणमा चनाखो हुनु पर्ने स्थानियबासिन्दाको भनाई रहेका छन् । निकुञ्जमा...
नेपालले कोप २४मा जलवायु परिवर्तनको मुद्दा उठाउने

नेपालले कोप २४मा जलवायु परिवर्तनको मुद्दा उठाउने

संसार
कोप २४ सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको असरको मुद्दा उठाउने भएको छ । पोल्याण्डमा आइतवार देखि शुरु हुने जलवायु परिवर्तन सम्बन्धी कोप २४का सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको असरको मुद्दालाई मुख्य विषयको रुपमा उठाउने भएको हो । राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २४ औँ सम्मेलनमा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नेपाली टोली सहभागीहुने भएको जनाएको छ । नेपालमा पनि अव बन्ने विकास निर्माणको योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने विषेश प्रणालीहरूको व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमालयका हिमशिखर पग्लेर काला पत्थर निस्कने हिमतालहरू भरीने वा सुक्ने जस्ता असरहरू देखिन थालेको विषयमा कुरा उठाइने जनाईएको छ । भने सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र वन तथा वातावरण मन्त्री शक्ति ...
जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

खेलकुद, समाचार
उदयपुर, मंसीर १५ गते । उदयपुरको गाईघाटमा आयोजित जिल्ला व्याड्मिन्टन प्रतियोगिताको फाईनलमा भोटराज राई र बसन्त कटुवालको जोडी र लक्षजंग ठकुरी र लुमिनी कार्कीको जोडीले प्रबेश गरेको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको क्वाटर तथा सेमी फाईनल खेलमा प्रतिष्पर्धीहरुलाई पछि पार्दै उक्त दुईजोडी फाईनलमा प्रवेश गरेको हो । भोटराज र बसन्त जोडीले इमाहाङ र मनोजको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने लक्षजंग र लुमिनी जोडी पनि गोविन्द र ललितको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । ४० जोडीले भाग लिएको प्रतियोगिताको तेस्रो स्थानमा गोविन्द थापा र ललित नायकको जोडी तथा इमाहाङ र मनोज खड्काको जोडी रहेका छन् । फाईनलखेल भने आगामी मंसीर २८ र २९ गते हुने १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुने आयोजकले ज...
उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

समाचार, साहित्य
उदयपुर, मंसीर १५ गते । राष्ट्रब्यापी खुल्ला कविता प्रतियोगिता २०७५ मा उदयपुरका युवा साहित्यकार जीवन आरोहीले प्रथम स्थान हाँसिल गरेका छन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त २४८ कवितामा उत्कृष्ठ २० मा छनौट हुदै शनिबार भएको अन्तिम छनौट प्रतियोगितामा आरोही प्रथम भएका हुन् । वाचनसहितको कविता प्रतियोगितामा प्रथम भएसंगै उनले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता प्रस्तुत गरेका थिए । विद्यालयकालदेखि नै साहित्यमा राम्रो दक्खल राख्दै आएका आरोहीले राष्ट्रव्यापी कवितामा उत्कृष्टता देखाउदै आप्mनो मात्र नभई जिल्लाको नाम उचो पारेका छन् । नुवाकोटको सदरमुकाम बिदुरस्थित याङ्ग्रा होटलमा भएको प्रतियोगितामा द्वितीय बाग्लुङका बिवस बाबू, तृतीय दोलाखाकी देवकी अभिलाशी र रामेछापका जीवन खत्री भएका छन् । ...
धुमधाम मनाए एड्स दिवस

धुमधाम मनाए एड्स दिवस

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर १५ गते । उदयपुरमा विश्व एड्स दिवस भब्य ¥यालिको साथ मनाएको छ । ¥यालिले बजार परिक्रमा गरि जनस्वास्थ्य कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो । त्रियुगा नगरपालिकाको आयोजना तथा मोर्डन ईन्स्टिच्युटको सहोगमा ¥यालि सहित “एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ” भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो । एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए । उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म मजाले बाच्न सक्ने यादवले बताए । एचआईभी रोगको निःशुल्क औषध...
मंसीर २० मा गाईघाटमा १० दिने घरेलु औद्योगिक महोत्सव हुने

मंसीर २० मा गाईघाटमा १० दिने घरेलु औद्योगिक महोत्सव हुने

आर्थिक, समाचार
उदयपुर, मंसीर १५ गते । “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसीर २० देखि २९ गतेसम्म गाईघाटमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवले १ नं. प्रदेशका दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्याउने उद्देश्य लिएको अध्यक्ष मधुकर थापाले बताए । शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिदै अध्यक्ष थापाले गतबर्षदेखि बार्षिकरुपमा थालिएको महोत्सवलाई निरन्तरता दिदै यो दोस्रो महोत्सव गरिने भएको हो । महोत्सवमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहने जनाइएको छ । स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकार...
कलाकार गहना होइनन्, देशका खम्बा हुन्, खम्बा || Artist Amarkrishna Chanda

कलाकार गहना होइनन्, देशका खम्बा हुन्, खम्बा || Artist Amarkrishna Chanda

मनोरञ्जन
भिडियो छोटो कुराकानी कृपया, सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला ।
सडकको वालबाट लडेर मृत्यु

सडकको वालबाट लडेर मृत्यु

समाचार
तेह्रथुम मंसिर १४ गते । तेह्रथुमको म्याङ्लुङमा एक युवा सडकको वालबाट लडेर मृत्यु भएको छ । म्याङ्लुङ नगरपालिकाको सडकमा लगाईने ग्याविन जालीको वालबाट लडेर एक युवाको मृत्यु भएको हो । म्यानपा वडा नं ९ निबासी १८ वर्षीय महेन्द्र तामाङ मंगलबार राती ११ बजे वालबाट लडेर गम्भिर घाईते भएको थियो । घर नजिकैको सडकमा हिड्दै गर्दा बाटो छेउमा लगाईएको जालिको वालबाट करिब १५ फिट तल लडेर झरेको प्रहरीले जनाएको छ । घाईतेलाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा शुक्रबार विहान ३ ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
जेसिवी दुर्घटनामा दुई घाईते

जेसिवी दुर्घटनामा दुई घाईते

समाचार
उदयपुर मंसिर १४ गते । उदयपुरको उदयपुरगढीमा एक जेसिवी दुर्घटना हुदा दुई जना गम्भिर घाईते भएको छ । उदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा जेसिवी दुर्घटना हुँदा चालक र सहचालक गम्भिर घाइते भएका हुन् । जेसिवी सडकको काम गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा कटारी नगरपालिका वडा नं ५ निबासी चालक ४० वर्षीय महोन तामाङ र चौदण्डी नगरपालिका हडियाका निबासी २५ वर्षीय सहचालक नविन राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा ना २ क ९५३१ नम्बरको डोजर सडक देखि २ सय मिटर तल खसेको थियो । वडा अध्यक्ष राउतको पार्टनरसिपमा रहेको आरआरके मेन कन्ट्रक्सन प्राईभेट लिमिटेडको जेसिवी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि काठमाण्डौ लगिएकोे प्रहरीले जनाएको छ ।...