मस्कोको नियन्त्रणमा नौसैनिक जहाज
रुसको एक टापु क्राइमिया नजिकको समुन्द्रमा युक्रेनका तीन नौसैनिक जहाजलाई हमला गरि नियन्त्रणमा लिएपछि दुई देश विच तनाव बढेको छ ।
युक्रेनी नौसैनिक जहाजमा हमला गर्दा चालक दलका सदस्य घाईते भएका छन् । युक्रेनी दुई वटा गनबोट र एक टग बोटलाई रुसी फौजले नियन्त्रणमा लिएको हो ।
तनाव बढे सँगै रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी जहाजहरु अवैध तरिकाले प्रवेश गरेको आरोप लगाएको छ भने दुवै देशले एक अर्कालाई दोष लगाई रहेका छन् ।
उक्त घटनालाई रुसले उद्दण्ड कार्य गरेको युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेको छ । सैनिक कानुनको प्रयोग गर्न संसदलाई आग्रह समेत गर्ने युक्रेनी राष्ट्रपति पोरोसेन्केले बताएको छ ।
कर्च स्ट्रेटमा आवगमन गर्न रुसले स्वतन्त्रतालाई कायम गर्नु पेर्ने युरोपेली युनियनले आह्वान समेत गरेका छन् । तर युक्रेनी जहाजले आफ्नो जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप रुसले...









