एकाएक हराएका टम्पसेर, यस्तो अवस्थामा देखिए -(भिडियोसहित)
पूर्णपुष्टि/उदयपुर, असोज २० गते ।
एकाएक उदयपुरबाट गायव युवा टम्पशेर राई काठमाडौंमा टुप्लुक्क भेटिए । पछिल्लो समय विभिन्न सांगीतिक कोसेलीका साथ मिडियामा उदाउदै गरेका उनी जति व्यस्त देखिए, त्यति उत्साही पनि ।
काठमाडौं पसेको दुई महिनाको छोटो समयमै दर्जनौ गीत र भिडियोहरु प्रस्तुत गरिसकेका उनको काठमाडौं र सांगितिक क्षेत्रको अनुभूति गज्जव सुनाए ।
राजेश पायल राई, दिपक लिम्बु, मौसमी गुरुङ, रुपकुमार राई, मेलिना राई लगायतका लोकप्रीय र स्थापित गायकहरुका लागि गीत कम्पोज गर्नसम्म भ्याईसकेका उनले चर्चीत तथा स्थापित मोडेलहरु पुस्पल खड्का, रिमा विश्वकर्मा, अस्मिता राई, कमलसिंह ठकुरी, सुस्मा कटुवाल लगायतसंग काम गरिसकेका छन् ।
सायद नेपालको राम्रो कान्छो कम्पोजर भन्दा खासै फरक नपर्ने उनको कम्पोजप्रति विशेष धारणा पनि रहेछ । भविष्यमा राम्रो संगीतकार बन्ने लक्षका साथ मेहनत गरिरहेको उनले बताए ।
सक...









