नगरपालिकाप्रति कृषकको गुनासो
पूर्णपुष्टि/उदयपुर, असार १३
उदयपुरको चौदण्डीगडी नगरपालिकाले दुध तथा मासु उत्पादनतर्फ कृषकमैत्री कार्यक्रम नगरेको र पशुपंक्षी विकास शाखातर्फ विनियोजित बजेटसमेत हिनाहिना भएको आरोप कृषकहरुले लगाएका छन् ।
बुधबार बेल्टार बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कृषकहरुले नगरपालिकाले कृषकहितमा काम गर्न नसकेको गुनासो व्यक्त गरे । नगरपालिकाको पशुपन्छि शाखाका कर्मचारीबाट चार लाख जति रकम हिनामिनासमेत गरेको आरोप लगाएका छन् । ३४ लाख ५२ हजार ९६० रुपैया मध्ये करिब २४ लाख रकम खर्च गर्दा चारलाख अनियमितता भएको र अव करिब १० लाख रुपैया बाँकी रहेको जनाइएको छ ।
अनियमितताको बारेमा नगरपालिकाको तर्फबाट गरिएको छानविन प्रतिवेदन सार्बजनिक गर्दै अगुवा कृषक केशब अधिकारीले अनियमितताको छानविन गरी बाँकी रहेको रकम कृषकको माग अनुसार खर्च हुनुपर्ने माग राख्नुभयो । अर्का कृषक इन्द्रविनोद घिमिरेले चौदण्डीगडी नगरपालिकाले...








