मदन बचाऊ अभियानद्वारा ९ लाख ६५ हजार संकलन
पूर्णपुष्टि/उदयपुर, साउन ३० गते ।
दुबै मृगौला फेल भएका मदन राईको सहयोगार्थ छ महिना अघि बनेको मदन राई बचाउ अभियान समितिको पहलमा ९ लाख ६५ हजार ३ सय ९१ रुपैया संकलन भएको छ ।
समितिका सदस्य कमल राना मगरका अनुसार संकलित रकम दुई चरण गरी परिवारलाई हस्तान्तरण गरिएको छ । पहिलोचरणमा गत जेठमा ८ लाख ५४ हजार ७१ रुपैया र हालै एकलाख १० हजार ८२० रुपैया मदनकी श्रीमती पम्फा राईलाई हस्तान्तरण गरिएको हो ।
नाजुक आर्थिक अवस्थाका कारण उपचार गराउ समस्या परेका राईलाई देश विदेशका नेपालीहरुले सहयोग गरेका हुन् । समितिका अभिलेख अनुसार मिलन राई र प्रसाद राईको अगुवाईमा यु.के. खोटाङ सेवा समाजबाट चारलाख ११ हजार ८१०, धुर्व तामाङ र ज्ञानेन्द्र राईको अगुवाईमा एकलाख २७ हजार, मंगल राईको अगुवाईमा मकाउबाट ७० हजर ८२०, उदयपुरको विभिन्न व्यक्ति, संघ संस्थबाट एकलाख ८४ हजर २६१, उदय राईको नेतृत्वमा काठमाडौंबाट ८३ हजार ४४०, किर...









