Thursday, May 28News That Matters

Author: पूर्णपुष्टि खबर

सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई नछाडिने

सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई नछाडिने

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख २० गते -सत्ता र शक्तिको दुरुपयोग गर्ने जो कोहीलाई नछाड्ने चेतावनी पत्रकारहरुले दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहिबार प्रभातफेरी गरेका जिल्लाका पत्रकारहरुले जनप्रतिनिधिहरुलाई लक्षीत गर्दै यस्तो चेतावनी दिएका हुन् । जनप्रतिनिधिहरु जनताको हितमा काम भन्दा पनि आफु अनुकुलको काम, गतिविधिमा लिप्त हुदै गएको गुनासाहरु आइरहेको भन्दै पत्रकारहरुले त्यसप्रति सचेत रहन सुझाए । जनताको काम गर्ने भनेर सत्ता र शक्तिमा गएकाहरुले जनतालाई अलिकति पनि धोका दिननहुनेमा जोड दिए । सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुलाई जनताकै सामु नंग्याउने उद्घोष उनीहरुले गरेका छन् । गाईघाटको पिपलचौकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी सोही ठाउँमा आएर कोणसभा भएको थियो । प्रेस स्वतन्त्रता सेनानी, पत्रकार महासंघ शाखा उदयपुरका पूर्व अध्यक्षहरुसमेतको सहभागिता रहेको कार्यक्रमलाई...
ठूलामाछाका अगाडी सानामाछा भइदिए भूमिहिन, गरिबहरु

ठूलामाछाका अगाडी सानामाछा भइदिए भूमिहिन, गरिबहरु

Breaking News 1
ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उखान नै छ । उखान झै भूमिहिन, गरिब र निम्नबर्गका मानिसहरु परेका छन् । जिल्ला भूमि अधिकार मञ्च उदयपुरका जिल्ला संयोजक फुर्तीमान राईको अनुभव र अध्ययनबाट आएको अभिव्यक्ती ठीक यस्तै छ । (भिडियोसहित) https://www.youtube.com/watch?v=lwpJhbbaX4Q&t=30s
हात्तीले मकैबाली नष्ट

हात्तीले मकैबाली नष्ट

समाचार
सारा राई (प्रशिक्षार्थी पत्रकार)/ तपेश्वरी, बैसाख १८ गते -उदयपुरको बेलका नगरपालिका २ तपेश्वरीको बानडाँडामा गएराती हात्तीले मकैबाली नष्ट पारेको छ । नजिकैको निकुञ्जबाट निस्केको दुई हात्तीले जमरा लागेर घोगा लगाउदै गरको मकैबाली माडेर नष्ट पारेको हो । हात्तिले करिब १० कठ्ठा खेतमा हिडेर मकैबाली नष्ट पारेको कृषकहरुले बताएका छन् । स्थानीयहरुका अनुसार हरेक वर्षमा मकैंको सिजनमा हात्तिले गाउँ पसेर बाली नष्ट गर्ने गरेको छ ।...
टेबुलटेनिसमा सुनसरीको एकलौटी जीत यात्रा, गर्ल र वाईज सिंगल खेल जारी

टेबुलटेनिसमा सुनसरीको एकलौटी जीत यात्रा, गर्ल र वाईज सिंगल खेल जारी

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख ११ गते -उदयपुरमा सञ्चालन भएको पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिताको मंगलबारससम्मको खेलमा सुनसरी जिल्लाको एकलौटी जीत यात्रा कायम छ । पहिलो दिन सोमबार टिम इभेन्ट्स मेन्सतर्फ प्रथम स्थान हाँसिल गरेको सुनसरीले मंगलबार टिम इभेन्ट्स उमन र मेन्स डबल्स इभेन्ट्सतर्फ पनि प्रथम स्थान हाँसिल गरेको हो । पुरुष डबल्सतर्फ सुनसरीका गणेश तामाङ र महावीर चौधरीको जोडीले प्रथम स्थान हाँसिल गरेका हुन् । सुनसरीकै अनमोल वि.क र प्रतिक थापाको जोडी दोस्रो भए । उमन र मेन्स टिम इभेन्ट्सको दुबै खेलको दोस्रो स्थानमा मोरङ जिल्ला रहेको छ । मेन्स टिम इभेन्ट्सको तेस्रो स्थानमा झापा र तेह्रथुम रहेका छन् । उमन टिम इभेन्ट्समा झापा र इलाम परेका छन् । भने मेन्स डबल्स खेलको तेस्रो स्थानमा मोेरङका बोदित डिसी र राहुल साहको जोडी तथा मोरङकै सन्तोष काप्mले र रोसन श्रेष्ठको जोडी सफल भएका छन...
किराप उपत्यका समन्वय समितिमा नयाँ नेतृत्व

किराप उपत्यका समन्वय समितिमा नयाँ नेतृत्व

समाचार
काठमाडौं, वैशाख ११ गते – किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समितिको सोमबार सम्पन्न अधिवेशनले प्रकाश चाम्लिङको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । समितको उपाध्यक्षमा कृष्णजीत राई, सचिवमा शान्तिराज राई र कोषाध्यक्षमा शुसिला राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नुनुता राई, प्रवीण कुलुङ, चन्द्रकला राई, इन्द्र जिजिबिसा र विद्या राई रहेका छन् । केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यक्ष प्रकाश चाम्लिङ, उपाध्यक्ष कृस्णजित राई, सचीव शान्तिराज राई, नुनता राई र प्रविण कुलुङलाई चयन भएका छन् । किरात राई पत्रकार संघका केन्द्रिय अध्यक्ष दिपेन्द्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङ, सचिव अवतार राई, सचिव बुद्धवीर बाहिङ र सचिव सन्दिप राईको उपस्थितिमा प्रज्ञाप्रतिस्थान, कमलादीमा नयाँ कार्यासमिति चयन भएको हो । आमी बैशाख २८ र २९ गते धरानमाहुने केन्द्रिय अधिवेशनलाई मध...
माओवादी मजदुर पार्टीको अभियान पुरा

माओवादी मजदुर पार्टीको अभियान पुरा

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख १० गते -चैत २४ गतेदेखि सञ्चालन गरेको माओवादी मजदुर पार्टीको एक महिने प्रचार अभियान आज पुरा भएको जनाएको छ । पार्टीले सोमबार विज्ञप्ती जारी गर्दै उदयपुर, खोटाङ र ओखलढुंगामा अभियान सञ्चालन गरिएको जनाएको छ । अभियानको क्रममा ती जिल्लाहरुमा नारा भित्तेलेखन, पम्प्लेट, अपिल वितरणसंगै संगठन विस्तारसमेत गरेको जनाइएको छ । पार्टीका केन्द्रिय महासचिव हिमालसिंह राई र अभियान टोली केन्द्रिय संगठन विभागका नरबहादुर तामाङको अगुवाईमा अभियान सञ्चालन गरी आइतबार पुरा भएको घोषणा गरेको हो ।...
टेबुलटेनिसको टिमतर्फ सुनसरी प्रथम, अन्य इभेन्ट्सका खेल जारी

टेबुलटेनिसको टिमतर्फ सुनसरी प्रथम, अन्य इभेन्ट्सका खेल जारी

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख १० गते -सोमबारदेखि उदयपुरमा सञ्चालन भएको पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगितामा मेन्स टिम इभेन्ट्सतर्फ सुनसरी जिल्लाले प्रथम स्थान हाँसिल गरेको छ । पहिलो दिनको सो खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेका छ भने तेस्रो स्थानमा झापा र तेह्रथुम सफल भएका छन् । त्यस्तै महिला टिम इभेन्ट्सतर्फ मोरङ र सुनसरी फाईनल राउण्डमा छन् भने तेस्रो स्थानमा झापा र इलाम परेका छन् । पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुदको संयोजनमा सञ्चालित प्रतियोगिता तीनदिनसम्म सञ्चालन हुने छ । मंगलबार विहान महिला टिम इभेन्ट्सतर्फको फाईनल खेलपछि पुरुष डबल्स, महिला सिंगल र पुरुष सिंगल इभेन्ट्स खेल प्रतिष्पर्धा हुने टेबलटेनिस कोच शिव श्रेष्ठले जानकारी दिनुभयो । बोक्सेस्थित व्याड्मिन्टन कवर्डहलमा सौहाद्रपूर्ण र भव्यरुपले सञ्चालन भईरहेको प्रतियोगितामा पूर्वाञ्च...
आयुर्वेद उपचार भरपर्दो उपचार, अव गाईघाटमै पञ्चकर्म, षट्कर्म, योगा र अकुप्रेशर सेवा

आयुर्वेद उपचार भरपर्दो उपचार, अव गाईघाटमै पञ्चकर्म, षट्कर्म, योगा र अकुप्रेशर सेवा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, बैसाख ४ गते -सगरमाथा अञ्चल आयुर्वेद औषद्यालयले सेवा विस्तार गर्दै पञ्चकर्म, योगा, षट्कर्म र अकुपे्रसर सेवा मंगलबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । केही दिनयता सञ्चालनमा रहेको विस्तारित सेवाहरुको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले उद्घाटन गरेसंगै औपचारिकता पाएको हो । प्रमुख अतिथि परियारले पछिल्लो समय सर्बसाधारणले आयुर्वेदीक चिकित्साको महत्व र फाईदा बुभ्mदै गएको बताउनुभयो । आयुर्वेदिक चिकित्सा परम्परागत उपचार पद्धति पनि भएकाले यसका असर कम र फाईदा धेरै हुने भएकाले यसको विस्तारमा राज्यले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले विरामीले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताउनुभयो । औषद्यालय सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् त्रियुग...
अधिकारकर्मी संस्थाहरुद्वारा बम विष्फोटको विरोध

अधिकारकर्मी संस्थाहरुद्वारा बम विष्फोटको विरोध

समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख ३ गते -एक बालक घाइते हुनेगरी उदयपुरको गाईघाटमा भएको बम विष्फोट घटनाप्रति स्थानीय अधिकारवादी संघसंस्थाहरुले ध्यानाकर्षण भएको सोमबार विज्ञत्तीमार्फत जनाएका छन् । घटनाले बालबालिकाको स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउने अधिकार हनन् भएको ठहर गर्दै जो कोहीले घटना घटाएपनि घोर आपत्तिजनक रहेको विज्ञप्तीमा जनाइएको छ । घाइते बालकको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुले आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र राज्यले दोषीलाई पत्ता लगाई कडा कारवाही गर्न माग गरेका छन् । संयुक्तरुपमा विज्ञप्ती जारी गर्नेहरुमा उदयपुर स्थित गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ शाखा, मानवअधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, नेस्पेक (बाल हेल्प लाईन), बाल विकास समाज नेपाल, जाल्पा एकिकृत विकास समाज, विकास सहजिकरण सञ्जाल, पेशोक, हुरेण्डेक, सेतो गुराँस र जिल्ला वालक्ल...
५ लाख पुरस्कारसहित पाँचौं उदयपुर गोल्डकप हुने (संयोजक किरण राईको भिडियोे अन्तरवार्तासहित)

५ लाख पुरस्कारसहित पाँचौं उदयपुर गोल्डकप हुने (संयोजक किरण राईको भिडियोे अन्तरवार्तासहित)

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, बैसाख ३ गते -आगामी बैसाख २२ देखि २९ गतेसम्म पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप मुल आयोजक समितिले सोमबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै भव्यरुपले पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने जनाएको छ । संयोजक किरण राईले विगतको अनुभव र नयाँ व्यवस्थापनबाट गोल्डकपको पाँचौ संस्करण आयोजना गरिएकाले भव्य हुनुका साथै खेलाडी र दर्शकहरुका लागि विशेष हुने बताउनुभयो । २ लाख देखि बृद्धि गरी ५ लाख प्रथम पुरस्कार राखिएको यो संस्करणमा विदेशी खेलाडीहरुसमेत रहने राष्ट्रिय स्तरका ए डिभिजनका राम्रा फुटबल टिमहरुको सहभागिता रहने बताइएको छ । आप्mनै रंगशाला थरुहट रंगशाला गाईघाटमा सञ्चालन हुने प्रतियोगितामा सम्भावित टिमहरुमा मनाङ मस्यांदी क्लव काठमाडौं, संकटा क्लव काठमाडौं, रुपन्देही ११, नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर १...